“तिमी छाल म बगर “

“तिमी छाल म बगर “
तिम्रा जस्तै छन् मेरा चाहना
तिम्रा जस्तै छन् मेरा वेदना
तिम्रा जस्तै छन् आकांक्षा
अनि संगालेका उमंग
उस्तै छन् बनावट र रहर
तर तिमी छाल म बगर ।।
तिम्रा याद जतन गरेर राखेको छु
आफुबाट टाढा फालेको छैन ।
मन् त छ नि उज्यालोमा बस्न
तर तिम्रो तस्बिर बालेको छैन।
सम्हालेर राखेको छु मैले त
मुटुको ढुकढुकिमा तिमीलाई
तिम्ले झै क्षणिक अङ्गालेको होइन ।।
भावना एउटै थियो हाम्रो
सपना झन् रंगिन थिए हिजो
आज तिमीले ती सपनालाई
ब्ल्याक एन्ड व्हाईट बनायौ
र त हिजोको त्यो रंगिन सपना
आज तिमीलाई फिक्का लाग्यो
छालले जति चुमेपनि हेर यहाँ
बगर त तृप्त हुन नसक्दोरहेछ
पर्खाइमा कुर्दाकुदै यो जिन्दगी
प्रिय एक्लै एकदिन जानु नै छ
फरक यति हो माया भो जहर
तर तिमी छाल म बगर ।।
क्याटेगोरी : विचार/बहस
ट्याग : #तिमी छाल म बगर
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्