Techie IT
शुक्रबार, असोज ९,२०७७

कोरोना भन्दा नि संचार आतंकले ग्रसित छ दुनिया


केशवराज चौलागाईं

कोरोना भन्दा नि संचार आतंकले ग्रसित छ दुनिया। सात समुन्द्र पारी मान्छे मर्दा गुफामा लुकेको छ मान्छे।आखिर मान्छे नमरेका कहाँ थिएररुरु यसो विचार गरौं त।कम्तिमा एउटा जिल्लामा एक जनाको मृत्यु हुंदा पनि देशमा दिनको ७७ जना ,भवितव्य र अकाल समेत गर्दा दिनको १०० जनाको मृत्यु भाकै छ। फेरि यो व्यथा लागेका विरामी वांच्नेहरुकै संखया ९०५ भन्दामाथि छ न औषधी छ ।

उपचार त प्रयास मात्र हो। मृत्यु अलि बाक्लो भयो भन्ने मात्र न हो। किन यति आंत्तियो मान्छेरुरु त्यसको कारण संन्चार माध्यम हुन।पर्सामा यो व्यथा लागेको मान्छे भेटियो भन्दा हिमालमा मान्छे लुकेको छ। अहिले विश्वमा ,भुमण्डलमा नकारात्मक उर्जा उत्सर्जन भाको छ।त्यसको संप्रेशन संचारमाध्यमहरुले गरि रहेका छन।जब मानवले प्रकृतिलाई चुनौति दियो।तब प्रकृतिले प्रतिरोधात्मक उर्जा पैदा गर्छ।

नाग मार्दा पहिरो जाने,वन मास्दा खंडेरी भने झै।विकासका नाममा प्रकृतिको दुरुपयोगको नतिजा हो यो प्रकोप।यो रोग हैन प्रकोप हो।प्रकोप आफ्नो आफ्नो अवधी लिएर आउने गर्छ ।यसको अवधी कति हो कसैलाई थाह छैन।आखिर निश्चित समय पश्चात् यो आफैं हराउने छ जस्तो लाग्छ मलाई। मौसम नियमित क्रममा छैन ।

गोल गन्जीमा वस्नु पर्ने समयमा ज्याकेट कोट लगाउनु परेको छ।कहिले हुनु पर्ने वर्षा कहिले हुन्छ। वातावरणमा आमुल परिवर्तन हुँदै गएको देख्दा निकै मान्छे छिमल्छ जस्तो छ पृथ्वीले।मृत्युहुनेहरुको औसत उनेर सुन्दा काल मृत्यु नै आएको भन्न सकिन्छ।अझै अकाल मृत्यु त खासमा आएकै छैन।त्यो पनि कुनै न कुनै समयमा व्यहोनु छंदै छ।तर यति विघ्न खुट्टै तान्नु पर्ने अवस्था चाहिँ संन्चार आतंकले गर्दा सृजना भएको हो।

व्यथा फैलाएको आरोप (प्रत्यारोपले गर्दा जातीय द्वन्द ,धार्मिक,र साम्प्रदायिक द्वन्द सृजना भै रहेको छ।कुनै न कुनै रुपमा यो मर्त्यमण्डलमा मृत्यु मडारिरहेको छ।उपचारको प्रयास कर्तालाई नै आक्रमण गर्ने यो प्रकोपसंग कतिन्जेल भाग्ने कतिन्जेल लुक्नेरुरुरु

ढिकुटी बलियो हुनेहरु त केही समय लुकेर बस्लान।अरुले के गर्लानरुरुत्यसैले यति धेरै तर्सिनुले खास अर्थ राख्छ जस्तो लाग्दैन।तर संन्चार माध्यमले मान्छेलाई तर्साईरहेको छ। ईतिहासको विभिन्न काल खण्डमा लाखौं मान्छेहरु यस्तै प्रकोपले मरेका थिए भनिन्छ ।

सायद त्यो समयमा यति सारो आतंकित थिएन होला मानव जगत।किनकि संन्चार माध्यमको पहुंच यति थिएन। यसरी मान्छे सायद कामेको थिएन होला११रु अलि अलि मात्रै भएपनि सकारात्मक सोच पैदा गर्ने संसारका सबै धार्मिक स्थलहरुमा तगारो लागेको छ।मन स्थिर गराउने मनोरन्जनात्मक गतिबिधि ठप्प छन्।

नकारात्मकताको विगविगी गुणात्मक रुपमा बढीरहेको छ।यसको संवहन सन्चार माध्यमहरुले गरिरहेका छन्। जसरी हामी अन्य प्राकृतिक प्रकोपलाई सहज स्वीकार गर्छौ ,त्यसै गरि यो व्यथालाई पनि प्रकोपको रुपमा स्वीकार्न सके भु–मण्डलमा सकारात्मक उर्जा पैदा हुन सक्छ।साथै क्षति न्युनिकरण गर्न बल पुग्दछ। विश्र्व स्वास्थ्य संगठनले लुक्ने विधि सुझाएको छ।तर कति समय लुक्ने जसको समय सिमा छैन।

यो विधिले भविष्यमा निम्त्याउने ठुल्ठुला जोखिमको विषयमा खासै महत्व दिएको देखिदैन। त्यसैले लकडाउनको विकल्प खोज्नु पर्ने देखिन्छ। हामीले त केवल लक डाउनलाई लकडाउनको लागि मात्रै उपयोग गरेका छौं।वास्तवमा लकडाउन त मान्छे लुकाउन हैन प्रकोपले भेटेका मान्छेहरुलाई अलग्याउन प्रयोग गर्नु पर्थ्यो।प्रकोप ग्रसित मान्छेलाई अलग्याउने काम केही कठिन भए पनि कालन्तरमा यो विधि धेरै लाभदायक हुन्छ।

देश बाहिर धेरै नागरिक अलपत्र छन।प्रकोपले भेटेका मान्छेहरुको यात्रा ईतिहासलाई विदेशबाट आएको चर्चा आवश्यक्ता भन्दा बढी चर्चा संन्चार माध्यमहरुले गर्ने गरेकाले समाजमा एक प्रकारको घृणा र छुवाछुत पैदा भएको छ जसका कारण व्यथा लुकाउने बाध्यता सृजना हुँदै गएको छ।

हुटिट्याउंले आकाश थेगेको जस्तो प्रकोप रोक्न सकेको जस लिने लालसाले देश बाहिर रहेका नेपाली हरुलाई सरकारले अनागरिक बनाउंदै छ।हामी जोगियौ भने केवल हाम्रो रहनशहन,धर्मसंसकृति र नेपाली वातावरणको नश्ल भन्दा अरु केही होईन।प्रकृतिसंग लम्पसार पर्नुको कुनै विकल्प छैन।

त्यसैले अलपत्र नागरिकलाई नि संकोच मुलुकमा ल्याउने ब्यवस्था तुरुन्तै गर्नु पर्दछ। जब मान्छे मृत्युको सत्यलाई सहश्र स्वीकार गर्दछ,तब मान्छे वीर हुन्छ।वीरताका अगाडि मृत्यु पराजित भएका धेरै परिघटनाा छन संसारमा।हामी त वीरका सन्तान हौं।सामना गर्न छोडेर अनिश्चित यात्रा तिर भागीरहेका छौं। शरीरको जुन जुन भागमा घाउ लागेको छ त्यही त्यही ठाउंमा चिराफारा गरेर बांकी शरीरको रक्षा गर्नु पर्दछ।

हात भांचिएको मान्छे खुट्टा पलास्टर गरेर हिडडुल नै बन्द गर्ने मुर्खताको अवधी अब लम्व्याउन हुन्न। मेरो विचारमा,अब लकडाउन खोल्नु पर्छ।मर्नु भन्दा पहिला नै मरिरहनु भन्दा बांचुन्जेल बांचेर परिस्थितिसंग सापेक्ष हुन तयार हौं।मरिएछ भने के भो तरुरु अजम्वरी त होईनौं नि१।त्यसैले विश्वास नलागेका मान्छेसंग दुरी कायम गर्दै आफ्ना दैनिक कृयाकलापहरु चालू गरौं।

सत्ताधारीले पनि राजाका अगि बाबाकी दुहाई जस्तो अनावश्यक स्वांग गर्नु पर्दैन। विज्ञानले पराजय भोगिरहेको यो समयमा त्राश र आतंक फैलाएर मान्छेहरुलाई अदमरो बनाउनु हुन्न यो प्रकोपले आफ्नो अवधि आफै भुक्तान गरेछ भने गरिहाल्यो अन्यथा दुनियाले हार्ने छ।

त्यसैले हिजो वितिसक्यो,आज राम्रै छ,भोलि हाम्रो बुतामा छैन भन्ने भगवान श्रीकृष्णको वाणीलाई आत्मासाथ गर्दै बार बारे तिल जोगिन्छ भन्ने हाम्रा पुर्खाहरुको उक्तिलाई मध्यनजर गर्दै , सकेको सावधानी अपनाउंदै अगाडि बढौं।प्रकोप सामना गरौं।संन्चार आतंकबाट बचौं।

लेखक :  दोलखा जिल्ला नेपाली काङ्ग्रेसका चर्चित नेता हुन्र् ।


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #काङ्ग्रेस, #केशवराज चौलागाईं, #दोलखा


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!