Techie IT
बुधबार, मंसीर १७,२०७७

कोरोना संक्रमण नियन्त्रणमा गरिएको Contact Tracing के हो ?


SARS-COV-2  एउटा positive-strand RNA virus  हो जसको alpha र beta genera ले मानिसलाई संक्रमण गर्दछ । हाल सम्म एक लाख अठाइस हजार  भन्दा बढीको ज्यान लिइसकेको यस संक्रमणले जनस्वास्थ , दैनिक कृयाकलाप , अर्थतन्त्र आदिमा असर परेको सर्बबितिद छ ।

नेपालमा १६ जना संक्रमित भएको र पश्चिम नेपाल बढी जोखीममा रहेको हुनाले सरकारले नियन्त्रणका लागि लकडाउन ,contact tracing, स्वाप परिक्षण , आदि गर्दे आएको छ ।

Contact भन्नाले के बुझिन्छ ?

त्यस्ता ब्यक्ती जसले निम्म उलेखित कुनै एक वा बढी प्रकारका exposure  संकास्पद वा संक्रिमित ब्यतीबाट अनुभव गरेका हुन्छन ।

  •  संकास्पद वा संक्रमीत ब्यक्तीसंग एक मिटरको दुरी भित्र आमने सामुने भएको
  • संकास्पद वा संक्रमीत ब्यक्तीसंग प्रत्यक्ष शारीरीक सम्पर्क भएको
  •  संकास्पद वा संक्रमीत ब्यक्तीलाई बिना पिपिई प्रत्यक्ष हेरचाहा गरेको

Contact का प्रकारहरु

उच्च जोखीम

त्यस्ता ब्क्तीहरु जसलाई रोग सर्ने जोखीम धेरै हुन्छ जस्तै :

  •  बिरामीको खकार ,सिगान , र्याल , थुक, रगत ,बान्ता , पिसाव आदि छोएमा, समातेमा वा सम्पर्कमा आएमा
  •  बिना पिपिई बिरामीको सम्पर्कमा आएमा
  •  प्रत्यक्ष शारिरिक सम्पर्क राखेमा
  •  बिरामीको कपडा , खाएको भाडा कुडा , तन्दा ब्याकेट , समातेमा वा सफा गरेमा
  •  एउटै कोठाभित्र संगै बसेमा
  •  एउटै गाडीमा एकमिटरको दुरीभित्र बसेर यात्रा गरेमा , आदि

 कम जोखीम

  •  एउदै Transit बाट यात्रा गरेमा तर उच्च जोखीम exposure नभएमा
  •  खुल्ला चौरमा संगै भएमा तर उच्च जोखीम exposure नभएमा आदि

के हो Contact Tracing ?

संकास्पद वा संक्रमीत ब्यक्तीसंग सम्पर्कमा आएका सबै मानिसहरु जस्तै सामाजिक, पारिवारीक , ब्यवसायीक , स्वाथ्यकर्मी, सुरक्षाकर्मी ,यात्राका सहकर्मी आदी ब्यक्तीहरुको पहिचान गनेु र निम्नकुराहरु रेकर्ड गर्नेु हो

  • नाम , सम्पर्क नम्बर , जनसंखीक विवरण
  •  संकास्पद वा संक्रमीत ब्यक्तीसंग सम्पर्क भएको मिति
  •  ज्वरो खोकी , स्वास फेर्न गारो भए वा नभएको र यदि भए सुरु भएको मिति

बिभिन्न देशहरुले बिभिन्न तरिका र पद्धतीबाट Contact Tracing गरेकोको पाइएको छ । जस्तै Mobile Apps, सामुदायीक संर्बेक्षण आदि ।  Contact Tracing एक उपयुक्त र आवश्यक जनस्वाथ औजार हो जसले कोरोना संक्रमणलाई नियन्त्रण गर्ने मदत गर्दछ ।


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #Contact Tracing, #रमेश तिमिल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545