Techie IT
शनिबार, मंसीर १३,२०७७

कोरोना पछिको कृषिमा आउने क्रान्ति


 

–भवानी काफ्ले

कोरोनाको महामारी विश्वभर चलिरहेका बेला विश्व समुदायको लागी अर्को उस्तै चुनौती थपिदैछ छ त्यो हो अवको अर्थव्यवस्था कस्तो हुने ? कुनै पनि देशले आफ्नो अर्थ व्यवस्था लाई कसरी मजबुद एवं आत्मर्निभर बनाउने भन्ने चुनौती कोरोना कहरले सिकाउने निश्चित छ ।
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दूरगामी असर पर्ने कुरा निश्चित छ । यस महामारीले विश्व आर्थिक मन्दी निम्त्याउने विश्व बैंकले प्रक्षेपण गरेको छ । अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रमा ३ प्रतिशत खुम्चन सक्ने पर्ने प्रक्षेपण समेत गरेको छ । उस्ले विश्व अर्थतन्त्र १९३० यता नै खुम्चन सक्ने प्रक्षेपण सार्वजानिक गरेको छ । कोरोना कै कारण १ अर्ब बढिको रोजगारीमा समेत प्रभाव पर्ने आँकलन अन्तराष्ट्रिय श्रम संगठनले गरेको छ । पछिल्लो समय विश्व व्यापार तथा लगानीका स्रोतहरु समेत न्युन हुने देखिन्छ । कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यस पश्चात् आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रो जस्तो उदीयमान अर्थतन्त्रलाई गहिरो धक्का दिने देखिएको छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशत सम्म खुम्चन सक्ने आँकलन समेत गरेको छ । एसियाली विकास बैंक एडिबिले समेत नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सिमित हुने प्रक्षेपण सार्वजानिक गरेको छ ।

फ्रान्सको राजनीतिक नेतृत्वको आत्महत्या प्रकरण, इटालीले आफ्ना जनतालाई संक्रमण बाट जोगाउन बाँकी विश्व समक्ष गरेको आत्मसर्मपण लगाएत थुप्रै विश्व परिवेश हेर्दा खाध्यान्न संकटको अवस्था नआउला भन्न सकिन्न । तर नेपालजस्तो कृषीमा आधारित अर्थतन्त्र भएको मुलुकका लागि भने कोरोनाको प्रभावलाई अवसरको रुपमा विकास गर्न सकिने देखिन्छ । यस अवस्थामा सिंचाई, जमिन र जंगलको राम्रो संग उपयोग गर्न सकियो भने नेपाल आत्मनिर्भरताको यात्रामा रहने देखिन्छ ।
भनिन्छ, संकटले संभावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतिलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नुपर्छ । यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिङ्गो विश्वलाई र हामीलाई पनि बेस्सरी घच्घच्याएको छ । विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्नसक्ने जोखिममा रहेका र मुलुकभित्रै वेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइनु पर्दछ । कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त लगानी बढाउनुका साथै रोजगारीका नयाँ संभावनाहरु खोजी गरि सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सार्नपर्ने अहिलेका टट्कारो आवाश्यकता देखिएको छ ।

कृषीको प्रविधि र आधुनिकीकरणमा जोड दिने

नेपालको हाल कृषी प्रणाली निर्वाहमुखी कृषी प्रणाली रहेको छ । यस समयमा विभिन्न खाली रहेका सम्पूर्ण सरकारी एवं नीजि जग्गाहरुमा सरकारी लगानी र प्रयासमा खेती गर्नुपर्ने देखिएको छ । यस्तो समयमा कृषीको प्रविधिगत विकासमा जोड दिनुपर्ने तथा युवा पुस्तालाई कृषीमा आकर्षित गर्नुपर्ने देखिन्छ । हामी सँग भएका प्राकृतिक स्रोत मध्ये पिउने पानीको निर्यात गरेर थुप्रै पैसा आर्जन गर्न सकिन्छ ।

स्वदेशमा उत्पादन गर्ने नसकिने अत्यावसयक सामाग्री बाहेकका सवै प्रकारका उत्पादनमा राज्यले नागरिक सँगको सहकार्यमा अभियान नै चलायर आत्मर्निभरताको युद्ध छेडनु आवस्यक देखिन्छ । जमिन भएका मानिसहरु परिवारमा एक जना कम्तिमा पनि कृषि कर्ममा संलग्न हुने नीति ल्याएर अगाडि वढ्न सकिन्छ ।

नीजि व्यक्ति वा सँस्थाले उत्पादन गरेका कृषि उपज सरकारले किन्ने ग्यारेन्टी गर्नु पर्छ र उत्पादन मुखी अर्थ व्यवस्था अंगाल्नु अहिलेको मुख्य आवस्यकता हो । नेपालको सन्र्दभमा हामी सँग आत्मर्निभर रहनका लागी धेरै कुराहरुले भाग्यमानी छौ हामी । सहि योजना र सहि नेतृत्व भईदियो भने कोरोना पछिको नेपालको अर्थतन्त्र झनै सुखद बनाउन सक्ने थुपै्र आधारहरु हामीले र्निमाण गर्न सक्छौ । यसका लागि योजना र्निमाण र राजनीतिक बहस थालौ अनि उत्पादनमुखी अर्थतन्त्रको महाअभियानको सुरुवात गरिहाल्नु पर्ने अहिलेको प्रमुख आवाश्यकता हो ।

युवालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन

यस अवस्थामा अव विश्वमा नै महामारीको रुपमा आएको कोरोनाका कारणले वैदेशिक रोजगारम गएका तमाव युवा पक्कै नै फर्केने छन् । ति देशमा पनि आर्थिक मन्दी भएपछि आआफ्नो मुलुकमा जाऔं भनेर पक्कै नै भन्नेछन ।

अनि ति युवा नेपाल फर्कनुको विकल्प नै हुदैन । अनि तिनीहरुले यहाँ आएर गर्ने भनेको पेशा भनेको कृषि नै हो । नेपाल कृषि मुलुक भएकोले पनि त्यहाँबाट आएका युवालाई कृषिमा नै आकर्षित गर्नुको विकल्प छैन । महामारीको पाठ सिकेर हामीले कृषिलाई नै व्यवसायिकता बनाउनु आजको आवश्यकता रहेको छ । अहिले करिव चार लाख युवा वैदेशिक रोजगारमा बाहिर गएका छन् ।

भोेलिका मुलुक बनाउने ति युवा विदेश जादा यहाँको उर्वरभूमि बाझो रहेको छ । यहाँको उर्वरभूमि बाझो रहेका भारत लगायत अन्य देशबाट आयात गरेर हामी खाद्यान्न पदार्थको उपभोग गरिरहेका छौ । खाद्यान्नबाट हाम्रो बर्षेनी अर्बाै रुपिया जाने गर्दछ । यसबाट मुलुकलाई ठूलो नोक्सान भएको छ ।

हो यहि कोरोनाबाट पाठ सिकेर हामी आफ्नो उर्वरभूमिमा सुन फलाउन सक्दछौ । अहिलेका कृषिमन्त्रीको पनि ध्यान यसमा जाने छ भन्ने हामीले विश्वास लिएका छौ । हामी आत्मनिर्भर हुने यहि राम्रो मौका रहेकोले सरकारको ध्यान जान जरुरी रहेको छ । त्यसैले सरकारले पनि कृषि गर्ने युवालाई केही सहुलियत दिएर आर्कषण गराउनु आजको आवश्यकता रहेको छ ।


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #भवानी काफ्ले


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545