रारातालमा डुबेकी प्रेक्षा र दासढुंगामा खसेका मदन भण्डारी ज्यूँदै …

© स्वागत नेपाल
अचेल राराताल देख्दा
प्रेक्षाजस्तै डुबेर मर्न मन लाग्छ
आत्महत्या होइन मलाई
हाराकिरी गर्न मन लाग्छ
दासढुंगा भएर ओहोरदोहोर गर्दा
नारायणहिटीको तारो शितलनिवास सरेको देख्छु
मरेकाहरु सबै बाँचेको र,
बाँचेकाहरु सबै मरेको देख्छु ।
थाहा छैन समस्या
मनमा छ
कि मुटुमा छ,
डाक्टर टाउको
र पाइताला छाम्छ,
थाहा छैन उसलाई पनि
मलाई किन
गाडी झर्ने भीरहरुले
बोलाएजस्तो लाग्छ,
मेरो खुट्टाले
‘त्यता नजा त्यता नजा’ भन्छ
तर मनले किन उतैउतै ठेल्छ
थाहा छैन समस्या
मनमा छ कि मुटुमा छ
थाहा छैन समस्या
मेरो पेटमा छ
कि पित्तमा छ
रोग पिसाबमा भेटिन्छ
कि चित्तमा छ
डाक्टरलाई पनि थाहा छैन
ऊ रगत
र पिसाब जँचा भन्छ
थाहा छैन उसलाई पनि
मलाई किन
घडीको टिक्कटिक्क आवाजले
दिक्क लाग्छ
फ्यान झुण्डिएको फलाम देख्दा
आँखा नहटाई हेर्न मन लाग्छ,
यो कानमा के हो ?
एकतमासको आवाज
कतै नपढेको, नसुनेको,
अर्थ थाहा नभएको
शुरु शुरुमा सुन्नै डर लागेको
अहिले फेरि सुनिरहूँजस्तो
संसारको कसैले नसुन्ने
मैले मात्र सुनिरहने
अरु सबै आवाजलाई रोकिदिने
भूकम्पमा धर्ती कराएजस्तो
चिच्याहट पनि संगीतजस्तो
आक्रमण पनि पूजाजस्तो
आफैँलाई काट्दा पनि मायाजस्तो
आँसु पनि शीतल पानीजस्तो
किन मान्छेहरु गीत गाइरहँदा
म रुवावासी सुनिरहेछु
किन बाटोमा लास बोकेर
मलामीहरुले डाँको छोडिरहँदा
म मीठो संगीत बुझिरहेछु
किन मान्छेहरु खाना खाइरहँदा
म भोलि विहान
चर्पी जानुपर्ने दुःख सम्झिरहेछु,
किन निद्रालाई बीचबाटोमा भेटेर
गिडुँजस्तो लाग्छ
किन ट्युब लाइट र आगो टेकेर,
हिडुँजस्तो लाग्छ
किन आफ्नै आँखाहरु
सेकुवा पोल्ने राताराता झीरहरुले
घोचुँजस्तो लाग्छ ?
किन खसिरहेको पहिरोले पुरेको र
ढलिरहेको रुखले थिचेको मात्र
सोचुँजस्तो लाग्छ ?
थाहा छैन समस्या
मनमा छ कि मुटुमा छ
डाक्टर भन्छ
सिटी स्क्यान गर्नुपर्छ
किन प्रियजनहरु
आज मतिर
हतियार लिएर
आइरहेजस्तो लाग्छ
किन पूर्वजहरुका तस्वीर पनि
मेटाइदिऊँजस्तो लाग्छ,
किन औषधी बोकेर आउनेहरुलाई
मृत्युको सुई
लगाइदिऊँजस्तो लाग्छ
किन खुसी हुनु पर्ने कुरा हो भनेर
मान्छेहरुले मलाई दुःख हुने कुरा मात्र
सुनाउँछन्जस्तो लाग्छ
किन जन्म बेकार र मृत्यु सार लाग्छ ?
अचेल किन राराताल र दासढुंगा देख्दा
कयौँ प्रेक्षा र मदन भण्डारीहरुलाई
डुबेर मर्न मन लाग्छ
आत्महत्या होइन मलाई पनि
हाराकिरी गर्न मन लाग्छ
क्याटेगोरी : विचार/बहस
ट्याग : #दासढुंगा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्