Techie IT
बिहीबार, माघ २६,२०७९

माओबादि पार्टी अध्यक्ष प्रचण्डलाई खाडिबाट पत्र, अब माओबादि सच्चिने कि सक्किने?


 

आदरणीय ‘कमरेड’ पुष्पकमल दहाल प्रचण्ड ज्यु लाल सलाम,

अस्ति २०७९ साल मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणामलाइ हेर्दा तपाईं लगायत केही नेताहरु बिजय भएर खुसी मनाए पनि समग्रमा माओबादी पार्टिप्रती आस्था राख्ने म र म जस्ता लाखौ कार्यकर्ताहरु खुसी हुने ठाउँ कत्ती पनि देखिदैन।किनकी तपाईहरु ब्यक्तिले जितेपनी समग्र माओबादी आन्दोलनले हारेको छ,हजारौ शहिदहरुको सपना पराजित भएर मुर्छित भएको छ,सिङ्गो कम्युनिस्ट आल्दोलन पराजय भोग्न बाध्य भएको छ।अङकगणितिय रुपमा केही ब्यक्तिले जित्नुलाई मात्र कदापी सफलता मान्न सकिँदैन,जब हिजो आफ्नो ज्यानको बाजि लगाएर जनयुद्दमा आफ्नो बलिदानी दिने महान योद्दाहरुको उदेश्यहरु पूरा हुने स्थिती आउदैन २०६४ सालमा प्रत्यक्षमा ५०% र समानुपातिकमा करिब ३२% जनमत लिएर उदाएको पार्टी १५ बर्षभित्रै प्रत्यक्षमा २८ र ३० % (गठबन्धनको बलमा) र समानुपातिकमा १२ र १३% को जनमतमा खुम्चिनु भनेको कम्युनिस्ट आन्दोलनप्रती लागेको ठुलो धक्का हो। यसलाई कसरी बुझ्ने र  कुन रुपमा हेर्ने हामी माओबादी कार्यकर्तालेरुहामी कहाँ चुक्यय,के कस्ता गल्तिहरु भए समीक्षा गर्ने कि नगर्ने ?

जब प्रत्येक पल्ट पार्टी ओरालो लाग्दै गरेको चुनाबी नतिजा आउँछ तब हामी केही गम्भीर भए जस्ता देखिन्छौ,केहि बिग्रीएको महसुस गर्छौ,त्यसपछी हामी जब सत्ताको स्वाद चाख्न थाल्छौ तब त्यो गम्भिर्यता  हराउदै जान्छ र पार्टि र आन्दोलनप्रती ध्यान दिदैनौ अनि फेरि चुनाब आउनै लाग्दा  कहिले बाम त कहिले वामलोकतान्त्रीक गठबन्धनको नाममा अरुको शाहरा लिएर चुनाबमा जान्छौ।बिचार मिल्नेहरु बिचको गठबन्धनलाई ठिकै हो जसलाई २०७४ मा जनताले अनुमोदन त गरे तर त्यसलाई टिकाउन सकेनौ।त्यसको परिणामस्वरुप अहिलेको परिस्थिती आएको कुरा स्विकार गर्नै पर्छ।बाम गठबन्धन नटिक्नुमा प्रत्यक्ष गल्ती प्रतिनिधिसभा बिघटन गर्ने केपि ओलिको देखिए पनि अदृष्य रुपमा त्यसको जिम्मेवार सबै नेता र नेतृव हुन भनेर भन्न हिच्किचाईराख्नु पर्दैन।

‘कमरेड’ प्रचण्ड 

जनयुद्दमा लाग्दै गर्दा आफैले देखाएको आशा र बिश्वासलाई पूरा गर्न नसक्नु,हिजो लोभ लालच मोह सबै त्यागेर जनताको सत्ता स्थापना गर्न ज्यानको समेत बाजि लगाएर हिडेका नेता र नेतृत्वहरु संसदिय राजनितिमा आएपछी धेरै स्वार्थी भएको,सबैले आफ्नै आफ्नै डम्फु बजाउदै पार्टि ५ र ७ टुक्रामा बिभाजित भएको,नेतृत्वमा रहने नेताहरु नाताबाद र कृपाबादतर्फ उन्मुख भएको,त्याग र बलिदानी दिने नेता कार्यकर्ताभन्दा चाकरि गर्नेहरु अनि धन र डन् प्रबृत्ती भएका ब्यक्तिहरु  नेता र नेतृत्वको सबैभन्दा नजिक र प्यारो बन्दै गएको,पटकपटक तेस्ता प्रबृत्ती भएका अवसरबादिलेहरुले अवसर पाएको,नेताहरुको जिवनशैलि  १८० डिग्री फड्को मारी सभ्रान्त र सुकिलामुकिलाहरुसङ्ग प्रतिस्प्रधा गर्ने खालको भएको ,नेताहरु गाउ र दुरदराजभन्दा बढी शहरकेन्द्रीत भएको,जनताको समस्याहरुको ब्यबस्थापन गर्न भन्दा आफ्ना नातागोता र आफन्तको ब्यबस्थापन गर्नतर्फ तल्लिन भएको,हिजो जनयुद्दमा मारिएका शाहिद परिवारप्रती बेवस्ता गरिएको, घाईते अपाङ्गहरुको ब्यबस्थापनमा खासै ध्यान नदिएको,नेताहरु देशको उच्च तहमा पुगेपछी आफु कालो सिसाले छेकिएको महङ्गो गाडिमा सरर हिड्दै गर्दा हिजो युद्ध लडेका र तपाईहरुलाई बचाउन आफ्मो ज्यान थाप्ने हजारौ योद्धाहरु आफ्नो परिवार पाल्न र जिविका चलाउनकै निम्ति आज खाडी धाएका र हिजोका सारथिहरुलाई नेताहरुले चिन्न छोडेको,पद पैसा र सुबिधाको निम्ति जस्तो सुकै गलत कार्य गर्न पनि पछि नपर्ने प्रबृत्ती बढ्दै गएको,जस्ता कैयौ कारणहरुले आज माओबादिलाई जनताले घृणा गरेको हुनाल्व हामी यो अवस्थामा आइपुगेको कुरा नचाहेर पनि स्विकार गर्नै पर्छ।दुनियाले माओबादिलाई अनेकथरी भनेको र आरोप लगाएको सुन्दा मन भारी भएर आउछ,दुख लाग्छ पिडित हुन्छौ प्रतिबाद गर्न खोज्यो कुनै शब्द भेटिदैन,एक दुइवटा राम्रा कामको उदाहरण दिएर माओबादी आन्दोलनलाइ राम्रो भनी प्रमाणित गर्न खोज्दा उनिहरुले दर्जन गलत कामको फेहरिस्त सुनाईरहेका हुन्छन।हामी त्यसको प्रतिबाद कसरी गरौ ?

‘कमरेड’ प्रचण्ड 

अबपनि हामी नसुध्रीने हो भने,माओबादी आन्दोलनप्रती आएको ह्रासलाई गम्भीर रुपमा लिएर यसको पुनस्थापनाको निम्ति गम्भीर कदम नचाल्ने हो भने नेता र नेतृत्वले आत्मसमिक्षा नगर्ने हो भने नेपालको माओबादी आन्दोलन सङ्गै सिङ्गो कम्युनिस्ट पार्टिकै अस्तित्व धरापमा पर्ने स्थिती देखिदैछ।त्यसैले कमरेड प्रचन्ड अझै पनि केही आश मरेको छैन,अलिअली बिग्रीएको हो जसलाई सुधार्न चाह्यो भने सुध्रीन सक्छ,अबको पाँच बर्ष सत्ताभन्दा बाहिर बसौ,जनताको समस्यालाई घनिभुत रुपले संसदमा उठाउ,महङ्गो रहनसहन र जिवनशैलिलाई त्यागेर हिजोको जस्तै सामान्य जिवनशैलिमा फर्कने प्रयत्न गरौ।लोभ मोह त्यागौ,आफ्ना नातागोता आफन्त  र चाकडिबाजहरु भन्दा जनयुद्द जनआन्दोलनप्रती प्रतिबद्द भएका र संकटमा पनि पार्टी नछोडेर पार्टीमा निरन्तर लाग्ने इमन्दार कर्तब्यनिष्ठहरुलाई पार्टिमा अवसर दिने गरौ।सकिन्छ भने टुटफुट भएर गएका पुराना सहयात्रीहरुलाई जोड्ने प्रयत्न गरौ।अब माओबादी सच्चिने कि सक्किने आफै निर्धारण गरौ।अन्यथा भिरमा जाने पशुलाई राम राम्म्भन्ने धेरै भेटिन्छन काध थाप्ने कोहि भेटिदैन।लाल सलाम।

नवराज सिंखडा (जिज्ञासु)
गोरखा (हाल दोहा कतार)


क्याटेगोरी : विचार/बहस, समाचार
ट्याग : #breaking, #नवराज सिंखडा 'जिज्ञासु', #माओबादि पार्टी अध्यक्ष प्रचण्डलाई खाडिबाट पत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Partly Cloudy
6:45 am5:50 pm +0545