Techie IT
मंगलबार, मंसीर १३,२०७९

गणतन्त्रका योद्धा विष्णुभक्तको चुनावी परीक्षा, साझा र निष्कलंक छवी मतमा बदलिएला ?


 

गणतन्त्र संस्थागत भएता पनि संघियताप्रतिको वितृष्णा कतै बढ्दै गएको त हैन भन्ने चिन्ता यतिबेला गणतन्त्रबादीहरुमा देखिन्छ । पाँच वर्षिय पहिलो कार्यकालमा प्रदेश सदनले आफ्नो नामाकरण गर्ने बाहेक यसको महत्व खासै जनतामा दर्शाउन नसक्नुका कारण एउटै हो, त्यति बेला कम्युनिष्ट एकताको छायाँमा परेका कयौं संघीयता र गणतन्त्रबादी विष्णुभक्त तिमल्सिना जस्ता नेता सदनमा पुग्न सकेनन् । अब पनि यस्तै खालका कमजोरी जनताको मतबाट हुने र संघियता र गणतन्त्रको पक्षधर निर्वाचित गराउन नसके संघियतामाथि उठेके प्रश्न पेचिलो बन्ने पक्का छ ।

आफ्नो जित भन्दा पनि संघियताको जीतका लागि उम्मेदवार बनेका विष्णुभक्त तिमल्सिना यति बेला जसरी पनि सदन छिरेर आफुले वकालत गरीरहेको संघियतालाई स्थापित गराउने उदेश्यका साथ चुनाबी परिक्षामा होमिएकाछन् । २०४७ सालको आन्दोलनबाट अघि बढेका तिमल्सिना तत्कालिन काठमाडौं क्षेत्र नं ४ मा गणेशमान पुत्र प्रकाशमान सिंहको चुनाबी प्रचार प्रशारका लागि दिलो ज्यान दिएर लागि परेका चुनाबी कमाण्डर हुन् । झोर देखि मंकाल सम्म झण्डा पार्क देखि बस पार्क सम्मका मतदाताको रोजाईमा पर्न सके, तिमल्सिनाले यस पटक बाग्मती प्रदेशको हेटौडामा यो क्षेत्रको प्रतिनिधित्व मात्र गर्ने छैनन् कि राष्ट्रिय राजनीतिको पनि बहस गर्नेछन्।

हुनत राजनीति नीति र सिद्धान्तबाट निर्देशित हुन्छ । त्यही नीति र सिद्धान्तबाट स्थापित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर एकाएक गोरखामा चुनाव लड्न पुगे । उनले चुनावको मुखमा भुगोल फेरेकाले हाम्रो देशमा अझ पनि भुगोलकै आधारमा निर्वाचित हुने संस्कार कायमै रहेको प्रष्ट हुन्छ । झण्डै सयको हाराहारीमा नेताहरु माननीय बन्नका लागि भुगोल परिवर्तन गरेर चुनावी प्रतिस्पर्धामा होमिएकाछन् ।
काँठको आफ्नै खालको राजनीतिक संस्कार छ । पञ्चायत फाल्दादेखि माओवादीले काठमाडौंमा आधार खोज्दा पनि शरण दिने ठाउँ काँठनै हो । २०६२÷०६३ को आन्दोलनबाट प्रताडीत भएकाहरु पनि सुरक्षित हुन काँठ नै पस्ने गर्दथे । त्यसो त २०७२ सालको महाभुकम्पका बेला जिउँज्यानको रक्षाका लागि पनि भत्किएका घर छेउको काठँको बारीका पाटानै धेरैको लागि आश्रय स्थल बनेका थिए ।

राजनीतिक चेतनाको हिसवाले सधै आगाडि रहेको काभ्रेस्थली र धर्मस्थलीले सबै पार्टीका कार्यकर्ता पंति जन्माएपनि नेतृत्व जन्माउने सवालमा भने पछि नै परेको छ । शहरीकरणमा लम्किएको काँठले विभिन्न कालखण्डमा नेतृत्व जन्माउने कोशिस नगरेको भने हैन । कोहीले पार्टीको उच्चपंतिमाआफ्ना मान्छे नहुँदा क्षमता भएर पनि अवसर पाएनन् । कांग्रेस र कम्युनिष्ट विचारधारामै राजनीति घुमेपनि नेतृत्व उत्पादन गर्ने सवारलमा दलहरु अझै उदार बन्न सकेका छैनन् । तर चट्टान फोडेरै पिपल उम्रन्छ भनेझै ०६२ ÷६३ को जनआन्दोलनको अग्र मोर्चामा देखिएका जोशिला र आटिला गणतन्त्रका प्रखर लडाकुका रुपमा नेपाली राजनीतिमा विष्णुभक्त तिमल्सिनाको उदय भएको थियो ।

गणतन्त्रको आन्दोलनलाई दैनिकी बनाएर घाइते भएका तिमल्सिना जुन सुकै बेला प्रहरीबेला नालबाट निस्किने गोलीको निसानामा पर्नसक्ने अवस्थामा पनि देशको व्यवस्था परिवर्तनको लागि निरन्तर संघर्ष गरे । त्यस समयमा धर्मस्थली बजार मात्र हैन, फुटुङ र साङ्लासम्म पनि उनको ज्यानको विषयमा चिन्ता लिएर घर परिवारलाई रोक्नका लागि अनुरोध गर्नेहरु प्रशस्तै थिए ।

गणतन्त्रमा होमिएका उनका पुस्ता तिमिल्सिनालाई देखेर नै आफुमा आँट बढ्ने गरेको तर्क गर्थे । यति बेला त्यही युवा पुस्ता राजनीतिमा आफ्नो मात्रै हैन, आफ्नो भेगको विकास निर्माण र सुशासनका लागि राजनीतिमा होमिरहेको छ । संघ र प्रदेशको नेतृत्वमात्रै हैन कुनै दिन आफ्नो भेगको माटोमा हुर्किएका व्यक्ति मन्त्रीसम्म बन्न सक्लानी भन्दै आसा बोकेरहिडिरहेको छन् ।तर यति बेला त्यो आसा र भरोसालाई पूरा गर्ने वाहकको रुपमा विष्णुभक्त तिमल्सिना देखिएका छन् ।

काठमाडौं ६ प्रदेश (ख) मा नेपाली कांग्रेसको तर्फबाट विष्णुभक्त तिमल्सिनालाई दोस्रो पटक पार्टीले उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले यदि अहिले पनि उनलाई निर्वाचित गराउन नसके भोलि त्यही भुगोलमा अर्को कोहीलाई उम्मेदवारी बनाउला भन्ने आस मात्र टुट्दैन कि नेतृत्वमा गलत सन्देशसमेत जान सक्छ । यति बेला साझा र निष्कलंक छवी बनाएका विष्णुभक्तको लोकपृयतालाई मतमा बदल्न नसके विष्णुभक्तमात्र हैन यो आस्था बोक्ने अरुधेरै युवाहरुको राजनीतिक भविष्य अन्योलमा पर्न सक्छ ।
घर परिवार भन्दा पनि समाजलाई प्राथमिकता दिएको र पार्टीमा लोकप्रियभई प्रदेश सभापति बनेका तिमल्सिना कांग्रेस नेतृत्वमाझ पनि लोकप्रीय छन् ।काग्रेस र एमालेबाट सधै कि बाहिरको कि त बजारकोले अबसर पाएर निर्वाचित हुँदै आएपनि यतिबेला काँठले निर्वाचित हुने अवसर पाएको छ । सायद त्यहि भएर होला आज भोलि धेरैको चिन्ता तिनै तिमल्सिनालाई कसरी निर्वाचित गराउने भन्नेमा देखिन्छ ।

लोकतन्त्रमा जनताको मन तित्नेनै निर्वाचित हुने हो । जो उम्मेदवारले मन जित्छ उहि निर्वाचित हुन्छ । राष्ट्रिय राजनीतिमा पहँुच बनाइसकेका तिमल्सिना कृष्ण सिटौला निकट नेता हुन् । महामन्त्री गगन थापासँगै काठमाडौंमा गणतन्त्र प्राप्तीको आन्दोलनमा होमिएका कारण उनको राजनितीक भविष्य यति बेला मत को तराजुमा मंमिर ४ गते जोखिएला तर यो परिणामले सिंगो भेगकोनै राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा दोस्रो हारको तितो अनुभवका साथमा तेस्रो पटक निर्वाचनमा होमिदैछन् । राजनीति गर्ने व्यक्तिको लागि हार जितसामान्य कुरा हो । जुन विश्वप्रकाश आफै उदाहरण हुन् ।

तर यति बेला विष्णुभक्तले जनताको जनमत गुमाउने पर्ने अवस्था आयो भने सिंगो नेतृत्वले यो भुगोललाई हेर्ने दृष्टीकोण बदलिन सक्छ । जसका कारण काँठमा मौलाउँदै गरेका, राजनीतिमा आफ्नो भविष्य खोजेका धेरै युवा पुस्ताको भविष्य थप कष्टकर बन्ने निश्चित छ । आयातित नेतृत्वलाई मतदान गर्दै नेतृत्वमा पुराएर सासितभई रहेका हामीहरु थप केही वर्ष सासित हुने अवस्था नआउला भन्न सकिन्न् । बस मेरो चिन्ता यति हो, लोकतन्त्रमा मनले राजेको व्यक्तिलाई मतदान गर्ने हो। मैले पनि त्यही गर्दै आएको हो। हजुरले गर्दै आएको पनि त्यही हो । तर परिवर्तन खोज्ने मत परिवर्तन गर्न हिच्किचाउन हुँदैन ।

सानातिना समस्यालाईनै राजनीतिक समस्याकै रुपमा अथ्र्याउने व्यक्तिगत या पार्टीगत रिस राँग अब पनि मतमा पोख्ने काम भयो भने मुखैमा आएको भाग आजका लागि मात्रै हैन भोलिका लागि पनि खोसिन सक्छ । मत मागेको हैन, मेरो विचार हजुरहरु माझ राखेको हो,विबेकको मताधिकार प्रयोग गर्न आग्रह मात्र गरेको हो ।


क्याटेगोरी : विचार/बहस, दृस्टी कोण
ट्याग : #विष्णुभक्तको चुनावी परीक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Fair
6:36 am5:08 pm +0545