Techie IT
मंगलबार, मंसीर १३,२०७९

तारकेश्वर पुरानो गुह्येश्वरीको मल्लकालीन फूलपाती परम्परा


असोज, काठमाडौं । बडादशैँमा फूलपातीका दिन हनुमानढोका दशैँ घरमा फूलपाती भित्र्याउने प्रचलन छ । यो परम्पराको सुरुवात् कहिले भयो भन्ने स्पष्ट मिति यकिन नभए पनि यो परम्परा मल्ल कालदेखि नै चलिआएको हो भन्ने तथ्य इतिहासमा पाइन्छ ।

वि.सं. १८२५ मा इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले कान्तिपुर विजय प्राप्त गरेपछि त्यस बेलादेखि नै फूूलपाती, फागुपर्व आदिमा आफ्नो प्रभुत्व दर्साउन प्रयास गरेका थिए । सोहीअनुरुप त्यसै सालदेखि नै गोरखाबाट धादिङको जीवनपुर हुँदै विजयपश्चात् पुरानो गुह्येश्वरीबाट हनुमानढोका दशैँघरमा भित्र्याइने फूलपाती परम्परा हिजोआज आझेलेमा पर्न पुगेको देखिन्छ ।

मल्लकालमा दशैँघरमा भित्र्याइने फूलपाती काठमाडौँको उत्तर भेगमा रहको गोलढुङ्गाको फुलबारी भन्ने हालको तारकेश्वर न.पा.–४ स्थित पुरानो गुह्येश्वरीबाट लैजाने गरिन्थ्यो । पुरानो गुह्येश्वरीबाट क्षेत्रपाटी पु¥याई हनुमानढोका कडेलचोक भगवती पीठमा भित्र्याइने यो फूलपाती परम्परा मल्लकालीन भएको तथ्य इतिहासमा पाइन्छ । यो गोरखाबाट धादिङको जीवनपुरबाट जमलमा सरकारी तामझामका साथ ल्याइने फूलपाती परम्पराभन्दा निक्कै पुरानो परम्परा हो ।

देवेन्द्र अर्याल ‘आँसु’

पुरानो गुह्येश्वरीबाट ल्याइएको फूलपाती पहिला नभित्र्याईकन जीवनपुरबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छैन । कडेलचोक भगवती मन्दिरका पुजारी पुरानो गुह्येश्वरीबाट ल्याइने फूलपाती हिजोआज सङ्कटमा परेको बताउँछन् । आर्थिक अभावका कारण पुरानो गुह्येश्वरीबाट सोहख्रुट्टे क्षेत्रपाटी हुँदै भुँडेगणेश इखा पोखरीमा ल्याई पु¥याउने यो फूलपाती हिजोआज आर्थिक समस्याका कारण ल्याउन समस्या परेको छ । त्यतिमात्र होइन यसलाई सञ्चालन गर्न पनि नसकिएका कारण यसको मौलिक अस्तित्व सङ्कटमा परको प्रतीत हुन्छ ।

नागार्जुनस्थित नेपाली सेनाको श्री कालीध्वज गणले विधिवत् रुपमा हवन तथा पूजापाठ, तोप बढाई र बली चढाएर फूलपातीलाई पुरानो गुह्येश्वरी मन्दिरबाट सेनाको ब्यारेकमा लैजाने र त्यहाँबाट अर्को टोलीले लैजाने चलन छ । यद्यपि गुरुज्युूको पल्टन र सेनाको गणले निशानसहित क्षेत्रपाटीमा यो फूलपातीको परम्पराबमोजिम स्वागत गरी कडेल चोक भगवती पीठमा भित्र्याइन्छ । फूलपाती भित्र्याउँदा दिइने वली हाँस, पूजाखर्च, फूलपाती बोकेर ल्याउनेलाई दिने ज्याला नभएका कारण यो परम्परा सङ्कटमा पर्दै आएको पुजारी बताउँछन् । उहिल्यै सबै खर्च सरकारबाट प्रबन्ध भएको कारण सञ्चालनमा कुनै अप्ठेरो थिएन तर क्रमशः यो परम्परा ओझेलमा परेको पुजारीको भनाइ छ ।

पुरानो गुह्येश्वरीबाट ल्याइएको फूलपाती पहिला नभित्र्याईकन जीवनपुरबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छैन । कडेलचोक भगवती मन्दिरका पुजारी पुरानो गुह्येश्वरीबाट ल्याइने फूलपाती हिजोआज सङ्कटमा परेको बताउँछन् । आर्थिक अभावका कारण पुरानो गुह्येश्वरीबाट सोहख्रुट्टे क्षेत्रपाटी हुँदै भुँडेगणेश इखा पोखरीमा ल्याई पु¥याउने यो फूलपाती हिजोआज आर्थिक समस्याका कारण ल्याउन समस्या परेको छ । त्यतिमात्र होइन यसलाई सञ्चालन गर्न पनि नसकिएका कारण यसको मौलिक अस्तित्व सङ्कटमा परको प्रतीत हुन्छ ।

अहिले राज्यले फूलपाती परम्परालाई हेँला गरेको छ । विक्रम सम्वत् २०७२ वैशाखको भूकम्पका कारण त्यसवर्ष गोरखाबाट फूलपाती ल्याइएन तर पनि विगतका वर्षहरुकै तौरतरिकाबाट हनुमानढोका दशैँ घरमा फूलपाती भित्र्याइयो । जुन फूलपाती पुरानो गुह्येश्वरीबाट लगेर त्यहाँ भित्र्याइएको थियो । बालाजू फूलबारीबाट ३३ थरिका फूल र पातलाई फूलपातीसँगै भित्र्याइने प्राचीन परम्परा इतिहासमा पाइन्छ ।

त्यसो त यहाँ विभिन्न जातका फूलको खेती गरिने कुरा भीमसेन थापाले फूलबारीका चिताइयातलाई पोत मिनाह गरी लेखिदिएको लिखतबाट पनि प्रष्टिन्छ । पुरानो गुह्येश्वरीको फूलपाती परम्परा मल्लकालीन परम्परा भएका कारण यसको अस्तित्व लोप हुन नदिन सम्बन्धित निकाय वा सरोकारवाला र संस्कृतिविद्हरु पनि बेलैमा सचेत हुन जरुरी छ ।

स्थानीय पाठ्यपुस्तकमा फूलपाती परम्पराको अध्ययन

त्यसो त तारकेश्वर नगरपालिकाको स्थानीय पाठ्यपुस्तक कक्षा ६ को हाम्रो तारकेश्वरमा पनि यहाँको फूलपाती परम्परालाई पाठपुस्तकमा समावेश गरिएको छ । त्यस्तै, यस पङ्तिकारद्वारा लेखिएको तारकेश्वर नगरपालिकाबाट प्रकाशित सम्पदा, जात्रा र परम्परा नामक पुस्तकमा पनि यहाँको फूलपाती परम्पराको बारेमा उल्लेख गरिएको छ ।

        


क्याटेगोरी : विचार/बहस
ट्याग : #देवेन्द्र अर्याल ‘आँसु’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Fair
6:36 am5:08 pm +0545