Techie IT
सोमबार, जेठ ३१,२०७८

कहरका बिच अस्ताएका सपना


विबेक पनेरु

भनिन्छ, “समय बलवान छ”। समयलाई कसैले न त छेकेर छेकिन्छ, न त रोकेर रोकिन्छनै। यो एऊटा चक्र हो, भुमरि हो जहा मानब जिवन आफ्नो गतिले अगाडी बढि रहेको छ र घुमिरहेको छ।

मानब सभ्यता सुरु भएदेखीनै मानब समुदायले बिभिन्न काल खण्ड पार गर्दै आयो। ठूला ठूला प्रक्रतिक बिपत् होस या पहिलो र दोस्रो विश्व युद्ध,मानब ईतिहास कहिले पछाडि फर्केन, समय अनुसार अगाडि बढी रहयो। समयसँगै मानव जिबन आधुनिक सभ्यता, बैज्ञानिक आबिष्कार, आर्थिक परिवर्तन,राजनितिक परिवर्तनसँग रम्दै आयो।

यसरि एउटा समय चक्रमा चलिरहेको मानब समुदायमा अचानक कोरोना भाइरस नामक कहरले जन्म लियो। सन २०१९मा  चिनको ऊहान प्रान्तबाट फैलिएको यस भाइरसले एउटा गतिमा चलिरहेको मानब समुदायलाई ब्रेक लगाइदियो। यो यस्तो कहर बनेर आएको छ जसले पृथ्बीको कयौ मानिसका सपनालाई अस्ताइदिएको छ।

यस कहरले ठूलो-सानो राष्ट् भनेन, असल-खराब देखेन, धनी-गरिब हेरेन। पैसाको बिटोमा सुत्ने हुन् या झुपडिमा, आफ्नो म्रत्यु पश्चात त्यहि प्लाष्टिकमा पोको भएर संसारबाट बिदा लिनु परिरहेको छ। लाग्छ, कोरोनाले कुनै लिङ्ग, उमेर, जात, धन,मन नहेरि सबैलाइ समान ब्यबहार गरिरहेको छ।

के कोरानाले मृत्युको समान सिद्धान्तलाई प्रतिवादन गर्दै यस मानब सभ्यता मास्न खोजेकै हो त? विकसीत देश होस् या अविकसित, सबै यस कहर सामु घुडा टेक्न बाध्य भएका छन्। अहिले मानब जिवन एउटा कहाली लाग्दो अवस्थाबाट गुज्रि रहेको छ। कोहीले आफ्नो परिवार गुमाइरहेका छन त कोहि स्वयम् अस्पतालको शैयामा एक मुठि सासको लागी छट्पटाई रहेका छन्।

कयौको घरबार उजाड भएको छ, आफुले देखेका सपनाहरु दिनदिनै मरिरहेका छन, आज हासिखुशी बोलि रहेका आफ्नो नातागोता, साथीभाइहरुलाई अचानक सामाजिक सन्जालमा “हार्दिक श्रद्धान्जलि”, “शिघ्र स्वास्थ लाभको कामना “ भन्दै लेख्न परिरहेको छ। नेपालकै कुरा गर्ने हो भने हाल सम्म सात हजार भन्दा माथीले आफ्नो अमुल्य ज्यान गुमाइसकेका छन्, लाखौ बेरोजगारि र चरम गरिबीको अवस्थामा धकेलिएका छन्। लाखौ बिद्धार्थी, मानब पुँजीको भबिष्य अन्योलता तर्फ पुगेको छ।

राज्य पनि आफ्नो जनतालाइ जोगाउन निरिह देखिएको छ। राज्यसँग न त उचित स्रोत साधन छ न त बैज्ञानिक ब्यवास्थापननै। देशको आर्थिक अवस्था रिणनात्मक हुदै गहिरहेको छ।  कोरोना कहरले समाजमा रहेको धनि र गरिब बिचको खाडललाई झन गहिरो बनाइ रहेको छ। आखिर यस्तो अवस्था कहिले सम्म रहला?

नेपालीहरुको निराशामा आशा देख्ने बानि छ भनिन्छ। यस कहरका बिच अब हामीले देखेको सपनालाई त्यसै अस्ताउन दिनु हुँदैन।  समय बलवान छ, समयलाई हराउन त सकिदैन तर समयसँगै हिड्नत सक्छौँ।

अब यस कहर र आहातलाई शक्तिमा बदल्नु पर्ने बेला भएको छ। यस ‘गर वा मर’को स्थितीमा सरकार र नागरिकले आ-आफ्नो ठाँऊबाट पहलकारि भुमिका खेल्न जरुरि छ।

राज्यले आफ्नो जनतालाई यस महामारिबाट जोगाउन आफ्नो सम्पुर्ण श्रोत साधनलाई अझ प्रभाबकारिका साथ परिचालन गर्नु पर्ने बेला भएको छ। यस कहरको मुख्य औषधीनै कोरना बिरुद्धको भ्याक्सिन भएकाले राज्यले आफ्नो मित्र राष्ट्रसँग कुटनितिक पहल गरि भ्याक्सिन छिटो भन्दा छिटो ल्याउनु पर्ने छ र ७० प्रतिशत जनतालाई लगाउनु पर्दछ।

महामारीबाट थलिएको अर्थतन्त्र र व्यबसायलाई उकास्न राहतका कार्यक्रम र निती तथा योजना ल्याउनु पर्दछ।

कहरका बिच समाजमा बढ्दै गएको धनि र गरिब बिचको खाडललाई पुरेर एकात्मक र बिकसित समाज निर्माण गर्नु पर्नेछ र प्रधानमन्त्रि के.पि वलिले देख्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपनालाई पनि सार्थकतामा परिणत गर्नु पर्दछ।

 


क्याटेगोरी : विचार/बहस


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
22°
Mostly Cloudy
05:0719:00 +0545