Techie IT
सोमबार, वैशाख २७,२०७८

कोभिड–१९ अर्थात कोरोना भाइरस रोगविरुद्धको खोप भनेको के हो ?


डा.बाबुराम पाण्डे

के हो भ्याक्सिन ?
भ्याक्सिनले शरीरलाई कुनै बिमारी, भाइरस वा संक्रमणसँग लड्नका लागि तयार गर्छ ।भ्याक्सिनमा कुनै जीवका केही कमजोर वा निस्क्रिय अंश हुन्छन्, जो बिरामीको कारणबन्छन् । यो शरीरमा इम्युन सिष्टम ९प्रतिरक्षा० प्रणालीको संक्रमण ९आक्रमणकारी
भाइरस० पहिचान गर्नका लागि प्रेरित गर्छ । भाइरसका विरुद्ध शरीरमा एन्टीबडीबनाउँछ, जो बाहिरी आक्रमणसँग लड्न हाम्रो शरीरलाई सहयोग गर्छ । भ्याक्सिनलगाउँदाको नकारात्मक असर कमै मानिसहरुमात्रै हुने गर्छ । तर, केही व्यक्तिहरुलाईयसको साइड इफेक्टको सामना गर्न पर्न सक्छ । हल्का ज्वरो आउनु सामान्य दुष्प्रभाव हो। भ्याक्सिन लगाइसकेपछिको केही बेरमै उक्त रोगसँग लड्ने इम्युनिटी विकसितभइसक्छ । अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)काअनुसारभ्याक्सिन धेरै शक्तिशाली हुन्छ किनभने यो अधिकांश औषधिको विपरित, कुनैबिरामीको उपचार गर्दैन्, तर त्यो बिरामी हुनबाट जोगाउँछ ।

के भ्याक्सिन सुरक्षित छ ?

भ्याक्सिनको एक प्रारम्भिक रुपलाई चीनका वैज्ञानिकहरुले १० औं शताब्दीमा पत्तालगाएका थिए । तर, १७९६ मा एडवर्ड जेनरले पत्ता लगाएकी हल्का ठेउलाको संक्रमणकोएक खुराकले गम्भीर संक्रमणबाट सुरक्षा दिन्छ । उनले यसमाथि अध्ययन गरे । आफ्नो
सिद्धान्तको परीक्षण गरे र उनको निष्कर्षलाई दुई वर्षपछि प्रकाशित गरे । त्यसपछिभ्याक्सिन शब्दको उत्पत्ति भएको हो । भ्याक्सिन ल्याटिन भाषाको ख्बअअब शब्दसँगजोडिएको छ, जसको अर्थ गाई हो । भ्याक्सिनलाई आधुनिक विश्वमा सबैभन्दा ठूलोचिकित्सकीय उपलब्धिमध्ये एक मानिन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसारभ्याक्सिनका कारण हरेक वर्ष करिब २० देखि ३० लाख मानिसको ज्यान जोगिन्छ ।
सिडिसीकाअनुसार बजारमा ल्याउनुपूर्व भ्याक्सिनलाई गम्भीरतापूर्वक जाँच गरिन्छ ।सुरुमा प्रयोगशालामा र त्यसपछि जनावरमा यसको परीक्षण गरिन्छ । त्यसपछिमानिसमा भ्याक्सिनको ट्रायल गरिन्छ । अधिकांश देशमा स्थानीय औषधि नियमांकबाटअनुमति मिलेपछि मात्रै मानिसलाई भ्याक्सिन लगाइन्छ । भ्याक्सिनिकरणमा केहीजोखिम जरुर हुन्छ । तर, सबै औषधिजस्तै यसका फाइदाका अगाडि त्यो केही पनि होइन्। उदाहरणका लागि बाल्यकालमा हुने केही बिरामी, जो एक पुस्ता अगाडि एकदमैसामान्य थिए, भ्याक्सिनका कारण चाडै लुप्त भए । ठेउला जसले लाखौं मानिसहरुकोज्यान लियो, त्यो अहिले पूर्ण रुपमा खतम भइसकेको छ । तर, यो सफलता प्राप्त गर्नका
लागि अक्सर दशकौ लाग्न सक्छ । वैश्विक भ्याक्सिनिकरण अभियान सुरु हुनुभन्दालगभग ३० वर्षपछि अफ्रिकालाई पोलियो मुक्त देश घोषित गरियो । यो एकदमै लामोसमय हो । विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोभिड—१९ विरुद्ध संसारभर पूर्णतयाभ्याक्सिनिकरण गर्न महिनौ वा वर्ष लाग्न सक्छ । त्यसपछि मात्रै हामी सामान्यअवस्थामा फर्किन सक्नेछौं ।

भ्याक्सिन कसरी बनाइन्छ ?

जब एक नयाँ रोगजनक ९पैथोजन० जस्तो कि एक जीवाणु, विषाणु, परजीवि र फंगसशरीरमा प्रवेश गर्छ त शरीरको एक उपभाग जसलाई एन्टीजेन भनिन्छ, त्यो उससँगलड्नका लागि एन्टीबडीको उत्पादन सुरु गर्छ । एक भ्याक्सिनमा कुनै जीवको केही कमजोर वा निस्क्रिय अंश हुन्छन्, जो बिमारीको कारण बन्छन् । यो शरीरको इम्युन सिष्टम ९प्रतिरक्षा प्रणाली०लाई संक्रमण ९आक्रमणकारी भाइरस०लाई पहिचान गर्नकालागि प्रेरित गर्छ । र, त्यो भाइरसका विरुद्ध शरीरमा एन्टीबडी बनाउँछ, जो बाहिरीआक्रमणसँग लड्न हाम्रो शरीरलाई मद्धत गर्छ । पारम्परिक भ्याक्सिन शरीरलाई बाहिरीआक्रमणसँग लड्ने क्षमता विकसित गर्छ । तर, भ्याक्सिन विकसित गर्नका लागि अबनयाँ तरिकाहरु उपयोग गर्न थालिएको छ । कोरोनाका केही भ्याक्सिन बनाउन पनि यीनयाँ तरिकाहरु अपनाइएको छ ।विश्वभर करोडौंलाई संक्रमित र लाखौंको ज्यान लिइसकेको कोभिड–१९ महामारी रोकिनेसंकेत अहिलेसम्म देखिएको छैन। तर सन् २०२० को अन्त्यतिर आएर विश्वले राहतकोश्वास फेर्ने मौका पायो। विश्वका केही कम्पनीले कोभिड–१९ विरुद्धको खोप तयार पारेकासमाचारहरु सनिए।त्यति मात्र होइन, केही कम्पनीले परीक्षणका सम्पूर्ण चरण समेत पार गरेर उत्कृष्ट नतिजाहरु हात पार्न सफल भए। साधारणतयाः कुनै भ्याक्सिन बन्न करिब १० देखि १५वर्ष लाग्ने भए तापनि कोरोना भाइरस विरुद्घको भ्याक्सिन १ वर्ष नपुग्दै निर्माण भएरजनतासम्म आइपुग्नु विज्ञानको निकै ठूलो चमत्कार मान्नु पर्छ।विश्वभरका वैज्ञानिकहरु लागि पर्नु, पछिल्लो दशक जीवविज्ञान क्षेत्रमा ठूलो फड्को मारेर उत्कृष्ट प्रविधिहरुको आविष्कार हुनु, विश्वविद्यालय, रिसर्च सेन्टर र औषधि उत्पादककम्पनीहरुबीच सहकार्य हुनु, सरकार र संघ संस्थाहरुले हृदयदेखि आर्थिक सहयोग गर्नु,
यी सबै कुराहरुको तालमेल मिलेको हुनाले यति छोटो समयमा भ्याक्सिन बन्न सफल भएको हो। आजको दिनसम्म करिब ६० देशमा भ्याक्सिन प्रयोग सुरु भइसकेको छ।नेपालमा पनि २०७७ साल माघ ८ गतेका दिन भारत सरकारको अनुदान स्वरुप १० लाखडोज कोभिसिल्ड भ्याक्सिन भित्रिएको छ। यसै सन्र्दभमा विभिन्न खोपका बारेमा संक्षिप्तजानकारीका साथै नेपालको सन्र्दभमा कुन भ्याक्सिन उपयुक्त छ भन्ने कुराको चर्चागरिएको छ।
फाइजर र बायोन्टेक भ्याक्सिन कोभिड–१९
फाइजर र बायोन्टेक संयुक्त राज्य अमेरिकाको फाइजर र बायोन्टेक कम्पनी मिलेरनिर्माण गरेको यो भ्याक्सिन विश्वमै पहिलो पटक प्रयोगमा आएको एम–आरएनएप्रविधिमा आधारित छ। यो आनुवंशिक तत्वमा नवशरीरमा प्रवेश गरेपछि भाइरसकोप्रोटिन बनाउँछ, जसको विरुद्घ मानव शरीरमा एन्टिबडी बन्छ। त्यही एन्टिबडीलेहामीलाई कोरोना भाइरसबाट बचाउँछ।यो प्रविधिको विकास विज्ञानको ठूलो फड्को सावित भएको छ। करिब ४३ हजार जनामागरिएको परीक्षणमा यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी पाइएको छ। संयुक्त राज्यअमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्टे«सन एजेन्सीले सन् २०२० को डिसेम्बर ११ का दिनआपतकालीन प्रयोगको लागि अनुमति दिएको यो भ्याक्सिनलाई विश्व स्वास्थ्यसंगठनले पनि डिसेम्बर ३० का दिन अनुमति प्रदान ग¥यो। यो भ्याक्सिन कोभिड–१९विरुद्घ प्रयोगको अनुमति पाउने पहिलो भ्याक्सिन बन्न पुग्यो।संयुक्त राज्य अमेरिका, बेलायत, बेल्जियम र क्यानडाका साथै विश्वका विभिन्नमुलुुकमा यो भ्याक्सिन प्रयोगमा आइसकेको छ। प्रभावकारिता उत्कृष्ट भए पनि योभ्याक्सिन माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकोले नेपाल जस्तो देशको रोजाइमापर्दैन। नेपालमा माइनस ७० तापक्रममा डिग्री कायम गर्नसक्ने क्षमता कमै भएकालेकोल्डचेनमा समस्या हुन्छ।

मोर्डना भ्याक्सिन कोभिड–१९
अमेरिकाको मोर्डना कम्पनीले विकास गरेको यो भ्याक्सिन पनि फाइजर बायोन्टेक जस्तैएम–आरएनए प्रविधिमा आधारित छ। करिब ३० हजार जनामा गरिएको परीक्षणमा योभ्याक्सिन ९४ प्रतिशत प्रभावकारी पाइएको छ। फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एजेन्सीले सन् २०२० को डिसेम्बर १८ का दिन आपतकालीन प्रयोगको लागि अनुमति प्रदान गर्‍यो।अमेरिका, बेलायत र युरोपका विभिन्न देशमा यो भ्याक्सिनको प्रयोग सुरु भइसकेको छ।यो भ्याक्सिन माइनस २० डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ। नेपाल सरकारले विभिन्नस्थानमा माइनस २० डिग्री तापक्रम भएको भण्डारण केन्द्र बनाउन सुरु गरेकाले यो भ्याक्सिन पनि नेपालको सीमित भूभागमा प्रयोग गर्न सकिन्छ।

अक्सफोर्ड एस्ट्रेजेनिका भ्याक्सिन कोभिसिल्ड

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरेको योभ्याक्सिनको उत्पादन भने भारतको सिरम इन्स्टिच्युटले गरिरहेको छ। यो भ्याक्सिनकोरोना भाइरसको तत्वलाई अर्को निर्जीव भाइरसमा विकास गरिने पुरानै प्रविधिमाआधारित छ। बेलायत र ब्राजिलमा १२ हजार जनामा गरिएको परीक्षणमा यो भ्याक्सिन६२ देखि ९० प्रतिशतसम्म प्रभावकारी पाइएको छ।बेलायतको फुड एण्ड ड्रग एडमिनिस्टे«सन एजेन्सीले ३० डिसेम्बर २०२० का दिनआपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। यो भ्याक्सिनलाई भारत सरकारले
१ जनवरी २०२१ का दिन अनुमति प्रदान गरेको थियो भने नेपाल सरकारले पनि १५जनवरी २०२१ का दिन अनुमति प्रदान ग¥यो। यो भ्याक्सिन २–८ डिग्री तापक्रममा राख्नसकिने भएकाले फाइजर बायोन्टेक र मोर्डना भ्याक्सिनजस्तो कोल्डचेनमा समस्याहुँदैन। छिमेकी मुलुक भारत पनि साझेदार रहेको यो भ्याक्सिन सन् २०२१ कोअन्त्यसम्ममा ३ अर्ब डोज उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ। भारतमा यो
भ्याक्सिन धमाधम प्रयोग भइरहेको छ।

स्पुटनिक भी भ्याक्सिन

यो भ्याक्सिनलाई रुस सरकारले सुरुवाती दिनहरुमा विश्वकै पहिलो कोभिड–१९विरुद्घको भ्याक्सिन भनेर प्रचार गरेको थियो। तथ्यांकहरु पर्याप्त नभएकोले विश्वकानियामक संस्थाहरुले अनुमति नदिएको भए पनि यो भ्याक्सिन रुस, अर्जन्टिना,बेलारुसका साथै विश्वका विभिन्न मुलुुकमा यो भ्याक्सिन प्रयोगमा आइसकेको छ। पुरानैप्रविधिमा आधारित यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणको नतिजा राम्रो भएतापनि तेस्रो चरणको परीक्षण पूरा भएको छैन। रसिया सरकारले नेपाललाई २।५ करोडडोज भ्याक्सिन उपलब्ध गराउने जानकारी दिएको छ। यो भ्याक्सिन पनि २–८ डिग्रीतापक्रममा राख्न सकिने भएकाले कोल्डचेनमा समस्या हुँदैन। तेस्रो चरणको परीक्षण पूरानभएको कारण यो भ्याक्सिन अहिले नै भित्र्याउनु बुद्घिमानी हुँदैन।साइनोफार्म भ्याक्सिनचीनमा विकास भएको साइनोफार्म भ्याक्सिन पनि कोभिड–१९ विरुद्घको भ्याक्सिनकोक्षेत्रमा अगाडि रहेको छ। यो भ्याक्सिन कोरोना भाइरसलाई नै निर्जीव बनाएर पुरानैप्रविधिवाट तयार गरिएको हो। कम्पनीका अनुसार भ्याक्सिनको प्रभावकारिता ७९प्रतिशत रहेको जनाइएको छ। विभिन्न देशमा भएका परीक्षणहरुमा यसको प्रभावकारिता
६० देखि ८६ प्रतिशतसम्म पाइएको छ। यो भ्याक्सिनले चीन लगायत पाकिस्तान, पेरु,अर्जेन्टिना जस्ता देशमा परीक्षणका साथै आपतकालीन प्रयोगको लागि पनि अनुमतिपाइसकेको छ। यो भ्याक्सिन पनि २–८ डिग्री तापक्रमा राख्न सकिने भएकाले नेपालकोनिम्ति उपयुक्त हुनसक्छ।

कोभ्याक्सिन
भारतको भारत बायोटेक कम्पनीले विकास गरेको भ्याक्सिनको पनि सुरुवाती नतिजाउत्साहजनक छ। तेस्रो चरणको परीक्षण पूरा नगरी भारत सरकारले ३ जनवरी २०२१ कादिन आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। समय अगावै अनुमति दिएकोले भारतकै वैज्ञानिकहरु पनि सरकार र भारत बायोटेक कम्पनीको यो कदमकोविरोध गरिरहेका छन्। कम्पनीका निर्देशकले भने आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेको रतेस्रो चरणका नतिजा पनि यही महिना भित्रमा आइसक्ने बताएका को छ

कोभिशील्डले कसरी काम गर्छ?

अक्सफर्ड(आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूटअफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो।यसले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ।कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीकोकमजोर पारिएको भाइरसमा आधारित छ। सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको
छ तर त्यसले सङ्क्रमण गर्दैन।खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले
गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्छन्।एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ रयसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ।त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिनसकिन्छ। यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ।फाइजर(बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ र धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि
चुनौतीपूर्ण छ

कोभिशील्ड कति प्रभावकारी छ रु

अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९०प्रतिशतसम्म प्रभावकारी देखिएको छ।तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्याङ्क उपलब्ध नभएकोबताइएको छ।तर अप्रकाशित तथ्याङ्क अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यतिप्रभावकारी हुने देखिएको छ।त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी
देखिएको बताइएको छ।

सिरम इन्स्टिट्यूटले ब्रजिल र यूकेमा गरिएको परीक्षणको तथ्याङ्क अगाडि सारेरकोभिशील्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ।
तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदैआएको छ।कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ। तर केही विज्ञले अन्य
देशमा गरिएको परीक्षण अनुसार काम नगर्ने सम्भावना कम भएको बताउँछन्।कोभ्याक्सिन के होरुकोभ्याक्सिन भारतमै विकसित खोप हो। भारत बायोटेक २४ वर्ष पुरानो खोप निर्माता होजसले १६ प्रकारका खोप निर्माण गर्छ र १२३ देशमा निर्यात गर्छ।यो कोरोनाभाइरसमा आधारित खोप हो जुन निष्क्रिय भएकोले शरीरमा हाल्न मिल्छ।कम्पनीले भारतको न्याश्नल इन्स्टिट्यूट अफ भाइरोलोजीले एक्लाएको कोरोनाभाइरसप्रयोग गर्छ।शरीरमा हालेपछि रोग प्रतिरोधी क्षमताले कोरोनाभाइरस चिनेर त्यस विरुद्ध सक्रियहुन्छ।यसको दुई मात्रा चार साताको फरकमा दिइन्छ र यो पनि २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा राख्न सकिन्छ।कम्पनीले आफूसँग दुई करोड मात्रा कोभ्याक्सिन भएको बताएको छ।

किन कोभ्याक्सिनमा शङ्का?

कोभ्याक्सिनलाई परीक्षणका चरणहरू नै पूरा नभई अनुमति दिइएपछि यो विवादमा छ।विज्ञहरूले परीक्षणमै रहँदा कसरी लाखौँ व्यक्तिलाई लगाउन आपत्कालीन अनुमतिदिन सकिन्छ भनेर प्रश्न उठाएका छन्।तर दुवै उत्पादक र नियामकले यसलाई सुरक्षित भएको बताएका छन्।

कुन कुन देशमा भारतीय खोप  ?

भारतले नेपाल, भुटान, मालदिभ्स, बाङ्गलादेश, म्यानमार र सेसल्समा यो खोप पठाइसकेको छ।श्रीलङ्का, अफगानिस्तान र मरिशसमा पनि त्यहाँको औषधि नियामकले अनुमतिदिएपछि पठाइने बताइएको छ।भारतले ब्रजिलमा व्यावसायिक निर्यात गर्न अनुमति दिएको छ।
भारतीय विदेश मन्त्रालयले देशभित्रको आवश्यकता र अन्तर्राष्ट्रिय माग हेरेर संसारभरिखोप पठाउने बताएको छ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका बारे आउनसक्ने केही जिज्ञासाबारे
जानकारी दिएको छ ।

१.के मैले कोभिड–१९ अर्थात कोरोना भाइरस रोगविरुद्धको खोप लिन जरुरी छ ? 
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ। खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ। साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ। नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ।

२. कति छिटो हामीले यो खोप पाउँछौं?

सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइनेछ। नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको
आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकिकरण गरिएको हो। यो प्राथमिकिकरण विश्व स्वास्थ्य संगठनको सिफारिशको आधारमा पनि गरिएको हो। पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई राखिएको छ । कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउने सक्ने
जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकोले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो। उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालकहरू, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, वृद्धाश्रममा कार्यरत कर्मचारीहरू, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरूलाई यसै प्राथमिकतामा राखिएको छ । दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा ुषहरूलाई राखिएको छ । यो उमेर समुहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ । साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ । दीर्घरोग भएका शरणार्थी र प्रवासी
कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ । तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका
सबैलाई खोप सेवा प्रदान गरिने छ। १८ वर्ष मूनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन।

३.के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?

पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुनसक्ने हुनाले खोप लगाउनुपर्छ। संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकि थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ।

४. यो खोप कुन उमेर समूहलाई दिइन्छरु
नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ।

५. यो खोप लिएपछि फेरि कोरोना संक्रमण हुन्छ ?
हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरूमा कोरोना संक्रमण हुनसक्छ। तर, खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ।

६. यो खोप कहाँ लगाउन पाइन्छ
यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ।

७. यो खोप कसले लगाउनु हुँदैन ?
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरूले लिनु हुँदैन। साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहँुदैन। यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो
खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन।

८. के स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ? 

हुन्छ। मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह ९सुगर०, शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ। कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ।

९.यो खोप कत्तिको सुरक्षित छ ?
सुरक्षित छ। यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो। विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो।

१०. यो खोपको कति मात्रा लगाउनुपर्छ ?
कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ।

११. यो खोप लगाएपछि के–के असरहरू देखिन सक्छन ? 
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस
हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन्। यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन्।

१२. के यो खोपको दीर्घकालिन असरहरू पनि छ ?
कोभिड–१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालिन असरहरूका वारेमा थप समयपछि मात्र थाहा हुन्छ। खुसीको कुरा, अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ।

१३. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं ?

पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ। पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ।

१४.यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ?

खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने
अझैपनि यकिन भएको छैन।

१५. यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ?

यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ।

१६. खोप सेवाका वारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?

आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था वा आमसञ्चारका माध्यमहरूमार्फत कोरोनाभाइरस रोगविरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ। यदि तपार्इं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस्।


क्याटेगोरी : विचार/बहस, स्वास्थ्य
ट्याग : #डा.बाबुराम पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्