Techie IT
बुधबार, असोज ७,२०७७

जलविद्युत: नेपालको समृद्धि र बिकासको एउटा आशा


विवेक पनेरु

हाम्रो देश विश्वसामु प्रकृतिको एउटा सुन्दर उपहारको रुपमा चिनिएको छ। हिराझैँ टलक्क टल्की रहने हिमाल, हिमालबाट बाह्रै महिना कलकल बगी रहने खोला नाला, हरिया बन जंगलले ढाकेका पहाड तथा अन्न भण्डारको रुपमा रहेको तराई, विभिन्न जैविक बिबिधता, संस्कृति,रितिरिवाजले हाम्रो देशलाई साँचिकै विश्वसामु प्रकृतिको सुनौलो टुक्राको रुपमा चिनाएको छ। प्राकृतिक श्रोत साधनलाई प्रकृतिको अमुल्य बरदान मानिन्छ। यसलाई पूर्ण रुपले प्रयोग गर्न सके कुनै पनि देशलाई सित्तैमा पाएको ठुलो उपहार साबित हुने छ।

विश्वमा धेरै मुलुकहरु छन् जसले प्राकृतिक सम्पदा र श्रोतलाई पूर्ण रुपमा उपयोग गरेर देशको विकास गरिरहेका छन्। यसको उदहारणको रुपमा अरबका देशहरुलाई हेर्न सकिन्छ, ति देशहरुले प्रकृतिमा भएको तेल, ग्यास तथा अन्य खनिज पदार्थलाई उत्खनन गरि संसारसामु बेची रहेका छन् र खरबौ रकम कमाएर देशलाई समृद्धिको बाटोमा अगाडी लागि रहेका छन्। यस्तै अफ्रिकन देशहरुले सुन तथा हिरा जस्तो अमुल्य खनिज पदार्थ उत्खनन गरि विश्वबजारमा बेचेर बिस्तारै आफ्नो देशलाई समृद्धिको बाटोमा डोराउदै लगेको छन्। त्यसैले प्रकृतिलाई कुनै पनि देशको आर्थिक बिकास र भौतिक बिकासको रुपमा हेरिन्छ।

नेपालको कुरा गर्दा नेपाल पनि प्रकृतिक श्रोतले भरिपूर्ण देश हो। नेपालको जमिनमुनि अनेक किसिमका खनिज पदार्थ जस्तै फलाम, चादी, तामा, युरेनियम, ग्यास, तेल पाइन्छ तर राज्यले त्यसको उत्खन गर्न सकेको अवस्था छैन। यति मात्र नभई अन्य प्राकृतिक सम्पदाले भरिपुर्ण छ। त्यस मद्द्य एउटा प्रमुख प्राकृतिक श्रोत हो नेपालको जलश्रोत। नेपाललाई जलश्रोतमा बिस्वकै दोश्रो धनि देशमा गनिन्छ। हिमालको काखबाट पहाड हुदै बग्ने तिब्र बेगको उर्जा सहितको खोला नालाले नेपाललाई बिस्वमा जल श्रोतको धनि देशको रुपमा चीनाएको छ।

नेपालको खोलानालाको पानि पिउनको लागि सुद्द हुनका साथै कृषिको लागि र जलबिधुत उत्पादनको लागि एकदमै महत्वपुर्ण मानिन्छ। नेपालको जलश्रोतबाट करिब ८३००० मेगावाट बिजुली उत्पादन गर्न सकिने प्र्क्ष्यपन गरिएको छ। उत्पादन गर्दा प्रकृतिलाई कुनै पनि नकारात्मक असर नगर्ने भएकाले जलबिधुतलाई हरित उर्जा समेत भन्ने गरिन्छ। जलबिधुत उत्पादनको खर्च महँगो भएता पनि यदि बिधुतको माग बढ्नु र त्यहि अनुसार खपत हुने हो भने यसले देशलाई भबिस्यमा राम्रो प्रतिफल दिनेछ। नेपालमा जलबिधुत उत्पादन सन् १९२२ बाट सुरु भएको थियो।

५०० किलोवाट क्षमता रहेको नेपालको पहिलो तथा एसियाको दोश्रो जलबिधुत आयोजनाको रुपमा फर्पिंग जलबिधुत निर्माण भएको थियो। अहिले सम्मको तथ्यांक हेर्दा नेपालमा हाल ८४ वटा आयोजना बाट बिधुत उत्पादन भैरहेको छ। यस आयोजनाको उत्पादन क्ष्यमता ११९५ मेगावाट रहेको छ। यस्तै राष्ट्रिय लाइनमा जोडिन हालसम्म २१७ जलबिधुत आयोजनाले अनुमति पत्र पाइसकेको छ र यीनिहरुको क्षमता ७६०० मेगावाट रहेको छ।

यसरि हेर्दा हाम्रो देशमा माग भएको भन्दा बढी बिजुली उत्पादन हुने देखिएको छ। केहि बर्ष अगाडीसम्म लोडसेडीङ्गको चपेटामा परेको देश अहिले २४ घण्टा बिजुलीको उज्यालोले घेरिएको छ, तर हिउदमा उत्पादन कम हुने भएको कारण अहिले पनि माग अनुसारको आपूर्ति गर्न सकिएको छैन। नेपाल लोडसेदिंग मुक्त हुन भारतबाट आयातित बिजुलीले मुख्य भूमिका खेलेको छ। लोडसेडिंग घट्नुको मुख्य कारण हाम्रो आफ्नो क्ष्यमता नभई भारतबाट आयातित उर्जाले गर्दा रहेको छ र अर्को कारण भनेको नेपाल बिधुत प्राधिकरणको सफल नेतृत्वपनि रहेको छ।

लोडसेडिंग हट्नु राम्रो कुरा त हो तर अरबौ रुपया बिधुत आयातको लागि खर्च गर्नु परेको छ। अहिले भने बिस्तारै बिधुतमा लगानी बढ्दै गएको कारणले नेपाल बिधुतमा आत्मानिर्भर हुदै गएको देखिन्छ। नेपालमा बिजुलीको उत्पादन बढ्दै गए खपत भन्दा उत्पादन बढी हुने देखिन्छ। यसै गरि एउटा सर्बेक्षनको अनुसार नेपालमा अबको तिन देखि चार बर्षमा यदि बिधुतको खपत नबढे र अन्तरास्ट्रिय बजार नपाए करिब १० खर्बको बिजुली खेर जाने देखिन्छ। बिगतमा गरिएको एउटा अद्द्यनले २०२० सम्ममा २००० मेगावाट बिजुलीको माग हुने देखिएको थियो तर त्यस अनुसारले माग भने बढ्न सकेको छैन। हामीकहा उत्पादित बिजुलीको ठुलो हिस्सा घरेलु प्रयोगकर्ताले प्रयोग गर्नु, उद्योग कम हुनु, नयाँ वा घरेलु बिधुत प्रयोगकर्ता धेरै थपिन नसक्नु र ग्रामिण भेगमा बिजुली नपुग्नुक जस्ता कारणले खपत कम भएको छ। यसले गर्दा भबिस्यमा नेपालको बिजुली खेर जाने त हैन भन्ने प्रश्न मनमा उठिरहेको छ। तर, यदि बैज्ञानिक हिसाबले बिधुत खपत बढाएर अन्तरास्ट्रिय बजारमा बेच्नसके देशले आर्थिक बिकासमा ठुलो फड्को मार्ने छ।

त्यसो भए जलविद्युतलाई कसरि देशको समृद्धि र आर्थिक बिकासको लागि प्रयोग गर्ने त ? नेपालको मापदण्ड अनुसार १ मेगावाटसम्मकोलाइ लघु जलबिधुत, २५ मेगावाटलाई साना, १०० मेगावाट सम्मकोलाई मझौला, १००० मेगावाटलाइ ठुला र १००० भन्दा माथिकोलाई बृहत लघुवित्त आयोजनाको रुपमा बर्गिकरण गरिएको छ। यस्तै परियोजनाको आधारमा नेपालमा बिजुली उत्पादन भईरहेको छ, त्यसैले अब लघु जलबिधुत परियोजनालाई खोलाको श्रोत भएको ग्रामिण ठाउँमा देशब्यापी रुपमा प्रयोगमा लेराइ स्थानीय जनताकोको लगानीमा बिजुली उत्पादन गर्ने र त्यस बिजुलीलाई प्रसारण लाइन मार्फत नेसनल ग्रिडमा जोडेर त्यसबाट आएको नाफालाई त्यहाको स्थानीय जनतालाई आम्दानीको रुपमा दिन सकिन्छ।

यस्तै त्यहाबाट भएको नाफालाई उद्योग, कलकारखाना खोलेर त्यहाको स्थानीय जनतालाई रोजगार प्रदान गर्न सकिन्छ। यसले गर्दा जनताको आर्थिक स्तर पनि बढ्छ र बिधुत पनि खपत हुन्छ। यसका साथै १ मेघवाट भन्दा माथीको परियोजनामा साधारण जनतालाई शेयर निष्काशन मार्फत लगानी गराउने र जनताको लगानीमा जनताको बिजुली अभियानलाई सार्थकतामा ल्याउन पर्ने देखिन्छ। यसले पनि आम जनताले आफ्नो लागानिको प्रतिफल पाउने छन् र जनताको जिबन स्थर र आर्थिक स्थर पनि बढ्ने छ। त्यस्तै देशमा उत्पादित भएको बिजुलीको खपत बढाउनको लागि नयाँ उद्योग कलकारखाना खोल्न सहज बाताबरण बनाउने र उद्योगमा बिजुली खपत गर्दा लाग्ने खर्च युनिटको दर घटाउने, यसले गर्दा नया लगानीकर्ता भित्रिनुका साथै अन्तरास्ट्रिय उद्योग, कलकारखाना पनि उत्पादन खर्च कम हुने सोचाइमा नेपालमा लगानी गर्ने छन् र देश आर्थिक हिसाबले सबल हुदै जाने छ र बिजुलीको खपत पनि देश भित्र बढ्ने छ।

त्यस्तै घराएसि प्रायोजनमा खपत बढाउनको लागि बिधुतिय साधन जस्तै बिधुतिय हिटर, फ्रीज,पानि तान्ने मिसिन जस्ता उपकरण जति बढी प्रयोग गरे त्यति छुट दिन सकिन्छ। अर्को मुख्य भनेको अब राज्यले बिधुतिय गाडीमा बढी कर छुट गराई, ठाउँ ठाउमा चर्जिंग स्टेसन खुलाई बिधुतिय गाडीलाई प्रोत्सहान दिनु पर्ने हुन्छ। यसले गर्दा बार्षिक रुपमा ग्यास र पेट्रोलमा भई रहेको खर्बौ रुपया खर्च जोगिने छ। यस्तै लकडाउनले थला परेको होटेल र साना तथा मझौला उद्योगलाई बिधुत खर्च मिनाहा गराई दिन सक्यो भने थला परेको ब्यबसाय केहि हदसम्म माथी उठ्ने छ। हाम्रो देश पृथ्बीको बढी घनत्वो भएको बिशाल चिन र भारत बीच रहेको छ।

यस देशमा औधोगीकरण पनि तिब्र रुपले बढी रहेको छ। यस्तो अवस्थामा राज्यले उचित पहल गरेर छिमेकि देशसंग बिधुत ब्यापारको सम्झौता गर्न सकेमा नेपालको बिधुतले बंगलादेश, म्यान्मारहुदै ठुलो बजार पाउने छ । त्यसैले अब नेपालले ढिलो नगरी जलबिधुतमा लगानी बढाएर देशमा खपत बढाएर र अन्तरास्ट्रिय बजारमा बिजुली बेच्नु पर्ने हुन्छ। यस्तो भएको खण्डमा देशको अर्थतन्त्रमा जल्बिधुतले ठुलो टेवा पुराउने छ र देश बिकासको लहर आउने छ। नेपाल विकासबाट पछी रहेको अवस्थामा अब समृद्ध नेपालको लागि देशमा भएको प्राकृतिक श्रोतलाइ भरपूर्ण रुपले प्रयोग गर्नु पर्ने छ।

राज्यले जलविद्युत लागानी भित्राउन सकेमा देशमा स्थानीय रुपमा रोजगार सिर्जना हुने छ , जनताले लागनी गरेर आम्दानि कमाउन सक्ने छन्, जनताको जिबन स्तर बढ्ने छ, आर्थिक हैसियत बढ्ने छ, स्थानीय स्तरमा भौतिक विकास जस्तै बाटो घाटो पुग्ने छ, उद्योग कलकारखाना खुल्ने छन्।

यसले गर्दा हाम्रो देश बिस्तारै विकास उन्मुख देशमा उक्लने छ,अर्थतन्त्र बलियो हुदै जाने छ र विश्वमा नेपालले आफ्नो छुट्टै पहिचान बनाउने छ। त्यसैले अब हाम्रा देशका प्रधानमन्त्रीले परिकल्पना गरेका “सुखी नेपाली, समृद्ध नेपाल “अभियानमा पनि जलविद्युतलाई देशको मुख्य आर्थिक श्रोतको रुपमा समावेश गरि देश बिकासको बाटो कोर्नु पर्ने हुन्छ।


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #जलविद्युत, #विवेक पनेरु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!