Techie IT
शनिबार, कात्तिक ६,२०७८

राष्ट्रिय बाल दिवस सन्दर्भ , बालअधिकार र औचित्य


काठमाडौं । नेपाललगायत संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् १९८९ नोभेम्बर २० तारिखका दिन बालअधिकारसम्बन्धी महासन्धि (सीआरसी) मा हस्ताक्षर गरेका थिए । नेपालले पनि यो महासन्धिलाई सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेर बाल अधिकारका नीतिगत तथा कानुनी व्यवस्थामा बाल अधिकारको सम्मान , सर्वाेतम हित , सर्वाङ्घण विकास ,सहभागिता जस्ता सिद्धान्तको प्रतिपादन गरेर अति ठुलो र महत्वपूर्ण प्रयास गरेकाले हरेक वर्ष भदौ २९ लाई राष्ट्रिय बालअधिकार दिवसका रुपमा मनाउन थालिएको हो ।

बालबालिकाका चौतर्फी विकासका लागि प्रतिपादान गरिेएका यिनै सिद्धान्तमा आधारित भई बालमैत्री स्थानीय शासनको एक रणनीतीक अवधारणा तयार पारियो । जसले बालबचाउ, बालसंरक्षण ,बालविकास र अर्थपूर्ण बालसहभागिता जस्ता बालअधिकारको सवाललाई अगाडि सा¥यो । यसले बालमैत्री स्थानिय शासनको परिभाषा भनेको बालबालिकाको लागि योजना ,बालबालिकाको लागि लगानी ,स्थानिय शासन प्रकृयामा बालबालिकाको अर्थपूर्ण सहभागिता र बालबालिकाको आवाजको सम्मान गर्नु हो भन्ने कुरालाई स्पष्ट पार्ने काम ग¥यो । बालबालिकाले आधारभूत रुपमा प्राप्त गर्नु पर्ने माथिका यि चारवटै समुहभित्रको अधिकारलाई नै बालअधिकार भनिन्छ ।

नेपालमा बालअधिकारका सम्बन्धमा नेपालको अन्तरिम संविधान , २०६३ , स्थानिय स्वायत्त शासन ऐन , २०५५ , बालबालिका सम्बन्धि ऐन ,२०४८ , बालश्रम निषध र नियमित ऐन , २०५६ , तीन वर्षे अन्तरिम योजना २०६४÷०६५— २०६६÷०६७, जस्ता थुपै्र ऐन ,योजना ,कार्यविधि लगायतका राष्ट्रिर तथा अन्तराष्ट्रियमा निकै स्तरिय प्रयासहरु हुनुका साथै नेपालको संविधान २०७२ ,को धारा ३९ ले बालबालिकाको हकको सुनिश्चिित गरेको छ । संविधानको धारा ३९ मा बालबालिका सम्बन्धि १० वटा उपधार समावेस गरिएको छन् । ती उपधाराहरुमा निम्न अधिकार उल्लेख गरिएको छ —

हाम्रो संविधानको उपधारामा आधारित बालअधिकार सम्बन्धि हकको संक्षिप्त रुप
उपधारा :

१) आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक
२ ) परिवार तथा राज्यबाट शिक्षा , स्वाश्थ्य , पालन पोषणको हक
उचित स्याहार ,खेलकुद मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक ।
३) प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक ।
४) कलकारखाना ,खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन नपाईने ।
५)बाल विवाह ,गैरकानुनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न नपाईने ।
६) सेना , प्रहरी वा सशस्त्र समुहमा भर्ना गर्न ,सांस्कुतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्याम वा प्रकारले दुव्र्यव्हार , उपेक्षा वा शारीरिक ,मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाईने ।
७) घर ,विद्यालय वा जुनसुकै स्थान वा अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने ।
८) बाल अनुृकुल न्यायको हक हुने ।
९) असहाय ,अनाथ ,अपांगता भएका द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने ।
१०) उपधारा ४ , ५ , ६ र ७ विपरीतका कार्य कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

यसरी संविधानमा नै बालअधिकारको सुनिश्चिताले आजका सुन्दर कोपिलाहरुलाई उचित बातावरणमा फक्रिन दिइ चारैतिर सुमधुर बास्ना छर्ने सुन्दर फूल बनी राष्ट्र सजाउने उपयुक्त र उचित वातावरण तयार त गरिदिएको छ । तर अब हामी सबै यसप्रति प्रतिबद्ध हुनै पर्दछ र सत प्रतिशत व्यवहारमा उतार्ने प्रयास गर्नु पर्दछ ।

आजको दिनले हामीलाई आफ्नो बालापनको स्मरणसँगै बालबालिकाप्रति हाम्रो दायित्व र कर्तव्यलाई स्मरण गराउँदछ । हरेक बाबुआमालाई आफ्ना बालबालिका असल र संस्कारी बनुन भन्ने चाहाना हुन्छ । उनिहरुका आवश्यकता जसरी तसरी भएपनि पुरा गराउन बाबुआमा लागी परेका हुन्छन । तर बालाबालिकालाई चाहिने भन्दा बढी कार्य पुरा गरिदिनु हुँदैन। सानैदेखि उनिहरुको क्षमताले भ्याउनेसम्मका काम आफै गर्न दिनु पर्छ । यसो गर्दा उनिहरुको शारीरिक व्यायामका साथै स्वावलम्बी बन्न सहयोग पुग्दछ । उनिहरुमा भएको ज्ञान , क्षमता र रुचिलाई ध्यान दिनुका साथै सीप आर्जन गर्ने र प्रतिभिा प्रस्फुटन गर्ने वातावरण पनि अभिभावकले बनाईदिनु पर्छ ।

बालबालिकाका निर्दाेष र निश्चल अनि कलिलो बालमस्तिस्कमा माया , प्रेम उर्जा र उत्प्रेरणा भरिदिनु पर्छ । यस जगतका अनुपम उपहार बालबालिकाहरुलाई असल र सरल मान्छे नै राम्रा मान्छे हुन भनि सिकाउनु पर्छ । उनिहरुका गल्ती र कमजोरी स्वीकार गर्न सिकाउँदै निर्मल र दुरदर्शी बन्न सघाउनु पर्छ । नयाँ नयाँ ठाउँको भ्रमण गराउने रचनात्मक र रुचिकर सोखहरु पुरा गर्न सहयोग गर्ने र समयको महत्वबारे उनिहरुलाई बुझाइदिने गर्नु पर्दछ । ११/१२ वर्षमाथिका बालबालिकाहरुलाई सामाजिक कार्यमा पनि सहभागी गराउने हो भने उनिहरुले बार्तालापमा शिष्टता, व्यवहारमा शालिनता । सम्बोधनमा आत्मियता ,स्पष्टबादीता र व्यक्तित्व विकासमा समेत ध्यान राख्नु पर्ने कुराहरु पनि सिक्न थाल्दछन।

आजको सूचना तथा प्रविधिमा आएको क्रन्तिले गर्दा बालबालिकाहरुमा भर्चूअल दुनियाँमा रमाउने बानीको विकास हुँदै गएको छ । इन्टरनेटलाई प्राविधिक ज्ञानका लागी सिकाइको माध्याम बनाउन प्र्रेरित गर्नु अति आवश्यक छ ।नकी यसको नसा र लतमा लागेर जीवन बर्बाद बनाउने साधन । तसर्थ बालबालिकाका पढाईलाई सहायक हुने ,बौदिक विकासका लागि उपयोगी हुने वेवसाइटहरु मात्र प्रयोग गर्न सिकाउनु पर्दछ । अहिलेको कोभिड–१९ जस्ता विषम परिस्थितमा उनिहरुलाई जोगाउँदै अपनाउनु पर्ने सुरक्षात्मक उपाय र बालमस्तिस्कमा पर्न सक्ने नकारात्मक असरबारे अभिभावक निकै सचेत बन्नु पर्दछ ।

बालबालिका जहाँ हुन्छन् त्यहीबाट नै बालअधिकारका सवालहरु सम्बोधन हुनु आवश्यक छ । बालबालिकाकाको हक र चौतर्फी विकासका लागि भनेर बनेको संविधान र बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति , २०६८ र कार्याविधि, २०६८ पुर्णरुपमा कार्ययान्वयनमा ल्याई हरेक व्यवहारमा उतार्नु आवश्यक छ । भने हरेक गाउँपालिका , नगरपालिका र महा— नगरपालिकाले आफ्ना आवधिक र वार्षिक योजनाहरुमा समावेस गरेका लक्ष्य हासिल गर्न र नतिजामूलक सूचकहरुलाई ८० प्रतिशत मात्र नभइ सत प्रतिसत नै हाँसिल गर्ने गरि कार्याव्यनको प्रकृया अगाडी बढाउनु पर्दछ ।

तब मात्र आजका असल बालबकालिका भोलिको असल राष्ट्र निर्माणका बलिया आधार स्तम्ध बन्न सक्छन र राष्ट्रिय बालअधिकार दिवस मनाउनुको पनि औचित्य हुने छ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #अर्चना भण्डारी, #राष्ट्रिय बालअधिकार दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार