Techie IT
बिहीबार, कात्तिक ४,२०७८

जबजको सिद्धान्त सम्बन्धि केही बिचारहरु


शोभा तामाङ

समाजवाद भन्नाले राज्यको अर्थतन्त्र वा राजनैतिक व्यवस्था सबै सरकारमा निहित हुने सामाजिक व्यवस्थालाई बुझिन्छ। यस्तो व्यवस्थालाई अङ्गिकार गरि अनुसरण गर्नेलाइ समाजबादी भनेर चिनिन्छ। यसको उदय हुनुको प्रमुख कारण गरिबी, सामाजिक असमानता, भ्रष्टाचार, अव्यवस्था जस्ता बिकृत व्यवस्थालाई मान्न सकिन्छ। यस्तै व्यवस्था जुन पूंजीवादी व्यवस्थाले गर्दा निम्तिन्छ भने पूंजीवादी व्यवस्थालाई पुर्णत गलत भन्न सकिँदैन तर यसले निम्त्याउने सामाजिक असमानता र बिकृत व्यवस्थाको विकल्प भने समाजबादनै हो।

समाजबादमा पनि पुर्णत केन्द्रिकृत शासन प्रणाली हुने र सबै व्यवस्था सरकारमा केन्द्रित हुने हुनाले यसमा पनि व्यापक सुधारको आवश्यकता हुन्छ जसको उचित बिकल्प हो जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्त।

थुप्रै दलहरु अस्तित्वमा रहि सरकार बनाउन दलहरु बिचको प्रतिस्पर्धाबाट गठन हुने राजनीतिक शासन प्रणालीसहितको सत्ता हुने व्यवस्थालाई जनताको बहुदलीय जनवादी व्यवस्था भनेर बुझिन्छ। २०४६ को एतिहासिक संयुत जनआन्दोलनको सफलतापछी पार्टीको संयोजक मदन भण्डारीद्वारा प्रतिपादित जबजको सिद्धान्त २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनबाट पारित भएको थियो।

जबजका थुप्रै बिशेषताहरु :

१.राज्यको कुनै पनि संरचना तथा ब्यक्तीविशेषमा शाक्ती केन्द्रिकृत हुनु हुदैन भन्ने सिद्धान्तलाई जबजको सिद्धान्तले अनुसरण गर्ने हुँदा यसले अधिनायकवाद र सामन्तवाद जस्ता बिकृत व्यवस्थाको बिलकुल विपक्षमा वकालत गर्दछ।

२.संविधान बमोजिम विभिन्न सिद्धान्तहरु बोकेका दलहरुबिच स्वतन्त्र प्रतिस्पर्धा हुने व्यवस्था पर्दछ जसले गर्दा कुनै एक पार्टीको एकाधिकार रहदैन।

३.राज्यभित्र बसोबास गर्दै आएका हरेक नागरिकको मौलिक अधिकारको संविधानले संरक्षण गर्दछ भने सम्पुर्ण नीति नियम संविधानमा उल्लेख भएअनुसार हुने हुनाले संविधानको सर्वोच्चता कायम हुन्छ।

४.हरेक नागरिकको बोल्न पाउने, सोच्न पाउने जस्ता लोकतान्त्रिक अधिकारको व्यवस्था हुन्छ र खुला स्वतन्त्र समाज निर्माणमा अहम भुमिका निर्वाह गर्दछ।

५.निश्चित समयावधिमा जनतालाइ आफ्नो नेतृत्व छान्न पाउने अधिकार हुन्छ। जसको लागि निश्चित समय समयमा चुनावको व्यवस्था हुन्छ।

६.चुनावि प्रतिस्पर्धामा वहुमत ल्याउनेले सरकार बनाउछ भने अल्पमत ल्याउनेले प्रतिपक्षमा रहि सरकारलाई खबरदारी गर्न पाउने अधिकार सुरक्षित हुन्छ।

७.संविधान मातहत रहि बिधिको शासन हुने भएकोले राज्यमा कानुनी राज्यव्यवस्था रहन्छ। जसले गर्दा कोहि कसैले पनि स्वेच्छाचारी ढंगले काम गर्न पाउदैनन् ।

८.बिदेशी पूंजी र प्रविधि भित्र्याउन संविधान र ऎन कानुनको सिमाभित्र रहेर त्यसको संरक्षण र उपयोग गर्ने उचित वातावरण सिर्जना गर्न पहलकदमी लिने व्यवस्था हुनु।

९.भुमिहिनहरुलाइ भुमिमाथिको अधिकार दिलाउन पहलकदमी लिने व्यवस्था हुनु।

१०. मानव अधिकार सम्वन्धी हक सम्बिधानमै उल्लेख गरिने हुनाले मानव अधिकार मानव अधिकार आयोग गठन गरि मानव अधिकारको सुनिश्चितताको व्यवस्था हुनु यी आदि केही विशेषताहरु माथी उल्लेख गरिए पनि यसका फाइदा तथा विशेषताहरु निक्कै फराकिलो छन् ।

किनभने पुरानो अतिवादी तथा यथास्थितिबादी व्यवस्थालाई परिमार्जन गरि नयाँ समाज निर्माणमा जबज सिद्धान्तले आन्दोलनको भुमिका बहन गर्दछ ।अधिनायकबादको बिरोध गर्ने यस सिद्धांतले जनताको लागी जनताद्वारानै शासनव्यवस्था भन्ने सिद्धान्तलाई भरण पोषण गर्दछ ।

राज्यमा आर्थिक , सामाजिक , राजनैतिक र सास्कृतिक साथै अन्य विविध पक्षको बिकासमा योगदान दिन सबैलाई अभिप्रेरित गर्ने हुनाले यो सिद्धांत समय सापेक्षीक रहेको छ र येस्तै परिस्थितिमा भोलि पनि रहनेछ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #जबजको सिद्धान्त, #शोभा तामाङ, #समाजवाद


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार