नार्फा भूमि गाउँमा छिटै सडक पुग्छ -अध्यक्ष मिङ्गमा छिरिङ्ग लामा

पुकार तिमलसिना / रामेश्वर ढकाल
मनाङ जिल्लाकै अत्यन्त बिकट मानिएको नार फू मा केही बर्ष भित्रै सडक पुराउन स्थानिय जनप्रतिधिहरु लागी परेका छन ।हिमालमुनीको सुन्दर गाँउ नार र फूमा पुग्न कोदोबाट करिब २ दिन पैदलयात्र गर्नेपर्ने बाध्यता रहेको भने अति आबश्यक खाध्य सामाग्रीहरु खचड र भरियााहरुलाई बोकाउनु पर्ने याहाँका स्थानिएको बाध्यता रहेको छ । यतिसम्मकी केही बिरामीपर्दा हेलीकप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको छ । कमजोर आय श्रोत भएका जनतालाई त झनै जटिल रहेको छ । केहि ब्यतिहरु त महंगो ढुवानीमा उपचार गराउन नसकी मृत्यूसमेत हुने गरेको स्थानिय बताउछन ।
यो जटिल अवस्थालाई हटाउन याहाँको जनप्रसितहरु लागी परेका छन । स्थानिय सरकारको निर्वाचन पछि गाउँले बिकाशको गति लिन थालेको नार्पा भूमि गाउँ पालिकाको अध्यक्ष मिङ्गमा छिरिङ्ग लामा बताउछन । गत बर्ष ११ करोड बजेट पहिलो पल्ट गाउँमा आएको र सो बजेटले नारको समग्र बिकाश गरिने उनी बताउछन ।
स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि करिब ७० लाखमा पालिकाको भवन एवं कार्यलयको स्थापना गरिएको , हाल कोदो देखी सुदिखोला सम्म र महेन्द्र पुलबाट छोरतेन सम्ममोटर बाटो निर्माण भइरहेको र सो कार्य प्रयेक आर्थीक बर्षको बजेटमा बिशेष महत्वमा राखी केही बर्षभित्र नार्फा भूमीमा मोटर कुदाउने सपना रहेको उनि बताउछन ।
बिकाशको मेरुदण्ड सडक भएकाले टे«किङ्ग रुटको समेत ब्यवस्थीत गरि पर्यटनलाई प्रोत्साहन गरिने उनको योजना छ । नार गाउँ बाट उतपादन भएको ४५ किलोवाट बिजुली मेथा सम्म पुराउने कार्य धमाधम भइरहेको साथै च्याखुको मुर्चु खोलाबाट ९७ किलोवाट बिजुलि निकाली नार पू लाई सर्बद्ध बनाउन गाउँपालिका अहोरात्र लागीपरेको उनि बताउछन ।
कृषिको बिकाश गुम्बाको निर्माणमा पालिकाको निर्माणमा पालिकाको बिशेष चासो र प्राथिमकता रहेको उनको भनाई छ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #नार फू, #नार्फा भूमि, #मनाङ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्