Techie IT
शनिबार, कात्तिक ६,२०७८

कोरोनाले शैक्षिक क्षेत्रमा परेको असर र उब्जाएको नवीनतम मार्ग


सुमित्रा लुईटेल

सम्पूर्ण मानव जातिलाई नै चुनौती दिइरहेको कोरोना भाइरसको प्रभाव शिक्षा क्षेत्रमा व्यापक रूपमा पर्दै छ र अझै निकट भविष्यमा झन् बढी पर्दै जाने सम्भावना प्रवल छ । कोरोना भाइरसका कारण देशका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द भएका छन् ।

कोभिड (१९ का कारण १ अर्व ३० करोड विद्यार्थी प्रभावित हुनेगरी विश्वभरका विद्यालय बन्द भएको कुरा युनेस्कोको विद्यालय पुन स् सुचारु गर्ने प्रारूप (२०२० मा उल्लेख गरिएको छ । त्यसै गरी नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुनेगरी विद्यालय बन्द भएको छ ९नयाँ पत्रिका स् २१ जेठ, २०७७० । त्यसै गरी देशभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय क्रमशः स २७७२८, २६०६ र ११२१ गरी कुल ३५०५५ विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ ९फ्ल्यास रिपोर्टस्२०१८ १९ ० ।

अर्कोतर्फ माध्यमिक शिक्षा परीक्षाको पूर्वयारीमा जुटेका करिब चार लाख पचासी हजार परीक्षा दिने अवसरबाट वञ्चित भएका विद्यार्थी अहिलेपनि अन्यौलपुर्ण अवस्थामा रहेको देखिन्छ । माथि उल्लिखित तथ्य र तथ्याङ्कलाई मात्र आधार मान्ने हो भनेपनि नेपालको इतिहासमा ठुलो शैक्षिक क्षति भएको सहजै अनुमान लगाउन मिल्छ जुन तत्काल न्यूनीकरण भइहाल्ने अवस्था पनि देखिँदैन ।

नेपालमा पछिल्ला दिनहरूमा कोरोनाको फैलावट जिल्लागत र सङ्क्रमित सङ्ख्यागत रूपमा बढ्दो क्रममा फैलिएको अवस्था महामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि महामारी सँगै हाम्रा दैनिकीलाई समायोजित गर्दै पहिचान पहुँच, प्राथमिकता र प्राप्यता जस्ता सन्दर्भको बुद्धिमत्तापूर्ण उपयोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बिचबाट सञ्चालन गराई विद्यालय शिक्षालाई जीवन्त राख्नुको विकल्प छैन ।

आज कोरोनाले हाम्रा विद्यालयलाई भर्चुअल कक्षाहरूमा जानै पर्ने पाठ सिकाएको छ । अब सरकार र विद्यालयहरूले प्रविधिलाई नकार्न नसक्ने भएका छन् । भाइबर, मेसेन्जर, फेसबुक, गुगल, जुम सबै प्रयोग गरिन थालिएका छन् । यिनीहरूको प्रभावकारिता कतिको भएको छ, त्यो बेग्लै कुरा भयो तर यस्ता कक्षाहरू सुरुवात गरिदिने कोरोन भाइरसले शिक्षामा नयाँ आयाम थपिदिएको मान्नुपर्ने हुन्छ । आज शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू प्रविधिमैत्री भइरहेका छन् ।

भर्चुअल कक्षा कहिल्यै पनि कक्षा कोठाको विकल्प हुन सक्दैन । अहिलेको वैज्ञानिक युगमा कक्षा कोठाहरू पनि भर्चुअल कक्षाको अभावमा अपूरा थिए । भर्चुअल कक्षा र कक्षाकोठा एकअर्काका परिपूरक हुन सकेमा शिक्षामा ठूलो परिवर्तन ल्याउन सकिन्छ, जसको जग कोरोना भाइरसले बसाइदिएको छ ।अब बनाइने शैक्षिक नीति, नियमलाई भर्चुअलमैत्री बनाएर कार्यान्वयन गर्नुपर्ने बाटो कोरोनाले देखाइदिएको छ । सबै विद्यालय र सबै बालबालिकाहरूलाई इन्टरनेटको सहज सुविधा पुर्‍याउनै पर्ने चुनौती सरकारमाथि थपिदिएको छ भने शिक्षक र अभिभावकहरूलाई समेत प्रविधि सिक्न प्रोत्साहन गरेको छ ।

नयाँ शैक्षिक सत्रको सुरुवात भैइसके पनी सरकारले जारी गरेको लकडाउनको कारण विद्यालयहरु बन्द छन् । विद्यार्थी भर्ना कार्यक्रम,पाठ्यसामग्री हरुको वितरण,शैक्षिक सामग्री निर्माण, शैक्षिक योजना निर्माण ,शैक्षिक संस्थाको आगामी कार्यदिशा र समग्र शैक्षिक कामकारबाही संचालित हुन सकिरहेको छैन। कोरोना भाइरसको कारणले शैक्षिक दृष्टिकोणबाट मुलतः तीन ओटा पक्षहरुमा असर पर्ने देखिन्छ।

विद्यार्थी शैक्षिक संस्था

विद्यार्थी शैक्षिक संस्था एवम् विद्यालय भन्नासाथ विद्यार्थी अनिवार्य रूपमा आइहाल्छन्। ।शैक्षिक हिसाबले कोरोनाको असरको केन्द्रीय पात्र विद्यार्थी नै हुन् ।लकडाउनको कारणले बिद्यालय बन्द रहेको अवस्थामा नियमित रूपमा शिक्षण सिकाइ क्रियाकलाप हुन सकिरहेको छैन। विद्यार्थीहरु सहजै रूपमा शिक्षा पाउन बाट बन्चित छन् ।जसको कारण उनीहरुमा मनोबैज्ञानिक असर पर्न सक्द्छ। अध्ययनको लागि शैक्षिक सामाग्रीको अभाव,विद्यालय तथा शिक्षक सँगको दुरिको कारणले विद्यार्थीहरुमा पढ्ने बानी बिस्तारै हराउँदै जान सक्छ। लकडउनको कारण घरमै बसिराख्नु पर्दा मानसिक तनाव , हीनताबोध ,अल्छिपना एवं त्रास पैदा हुनु स्वाभाविक नै हो। तसर्थ कोरोनाले विद्यार्थीलाई निकै असर पुर्याएको छ।

 विद्यालय ,समाज र राष्ट्र

कोरोनाले विद्यालय ,समाज र राष्ट्रलाई नै दीर्घकालीन रूपमा असर गर्ने निश्चित देखिन्छ । संक्रमितको संख्या थपिदै जाँदा विद्यालय कहिले खुल्छ भन्ने विषय अन्योलमा छ। शैक्षिक हिसाबले हेर्दा विद्यालयको शैक्षिक गुणस्तर ,सिकाई उपलब्धि ,पाठ्यक्रमले निर्दिष्ट गरेको उदेश्य हाँसिल गर्नी,एवं भावी योजना र कामकारबाहीमा असर पर्ने देखिन्छ। शिक्षा सम्बन्धि तर्जुमा गरिएका राष्ट्रिय निति तथा कार्यक्रमहरु पनि प्रभावित भएका छ्न भने शैक्षिक क्षेत्रमा अझ धेरै लगानी गरेर अगाडी बढ्नु पर्ने देखिन्छ ।

शिक्षक

विद्यार्थी समक्ष ज्ञान प्रदान गर्ने सहजकर्ता एवं पथप्रदर्शक नै शिक्षक हुन् ।कोरोनाको कारणले आफ्नो नियमित शैक्षिक कामकारबाही बन्द भएको कारणले शिक्षकलाइ पनि समस्या परेको छ।कोरोनाको जोखिममा बढ्दै जादा शिक्षकहरुमा मानसिक तनाव उत्पन्न हुन थालेको छ भने उनीहरु पनि कोरोना संक्रमणको उच्च जोखीममा छन्।विशेषगरी निजि विद्यालयमा अध्यापन गराउने शिक्षकको तथा सामुदायिक विद्यालयको पनि विद्यालयको आन्तरिक स्रोतमा सेवा सुबिधा पाइरहेका शिक्षकको सेवा सुबिधा तथा तलब भत्ता यो विषम परिस्थितिमा दिने वा नदिने भन्ने कुराले पनि शिक्षकमा तनाव पैदा गरेको छ।

कोरोना भाइरसको असरलाई अवसरका रूपमा परिवर्तन गर्दैै सोहीअनुरूप नीति–नियम तर्जुमा गरी समयसापेक्ष आवश्यकीय पूर्वाधार तयार गर्न–गराउन निजी शैक्षिक व्यवसायीलाई प्रोत्साहन गर्दै शिक्षा क्षेत्रमा व्यापक लगानी गरी स्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा नेपालमा सर्वसुलभ खर्चमा उपलब्ध हुने वातावरण सिर्जना गर्ने हो भने विश्वबजारका लागि नेपाल शैक्षिक गन्तव्य हुने सम्भावना पनि त्यत्तिकै छ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #कोरोनाले शैक्षिक क्षेत्र, #सुमित्रा लुईटेल


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार