Techie IT
बुधबार, कात्तिक ५,२०७७

समाज र वैदिक ग्रन्थ


लक्ष्मण वेलबासे

मानव समाज को उत्पत्ति र विकास क्रमिक घटित घट्नाको इतिहास बनेको छ। कैयौ कालखण्ड पार गर्दै संसार एक्काइसौं शताब्दी को सामना गरिरहेको छ।विभिन्न ठाउँ अनुसार आफ्नै खालका सभ्यता , संस्कार संस्कृति र धर्म को पनि विकास गर्दै अगाडि बढेको पाइन्छ।भूगोलको नाभिमा सीमा कोरेर मानव जातिले क्षेत्र विभाजन गर्दै आफ्ना आफ्नै राष्ट्र निर्माण गरेका छन्।र नाम पनि दिएका छन्।

आफ्ना आफ्नै संस्कार र संस्कृति को विकास गरेका छन्।स्त्री जाति र पुरुष जातिको रुपमा अस्तित्वमा आए को मानव जातिले विभिन्न कालखण्डमा मानवजाति मै विभेद र विभाजनको रेखा पनि कोरेको छ।लिंगको आधारमा जातको आधारमा,छालाको आधारमा तथा कुनै क्षेत्र वा भूगोलको आधारमा पनि विभेद र विभाजन गरेको छ।पूँजी र धर्म को विकास सँगै विभेदको आकार पनि बढेर अधिक भएको छ।हाम्रो देश पनि यसबाट अछूतो रहने कुरा भएन।

यहाँ पनि परम्परा देखि नै परम्परा कै नाममाधेरै विभेद हुने गरेका छन्।मूलतः जाती,लिंग ,क्षेत्र र वर्ण हेरेर हुने विभेद अधिक रहेको छ।एक्काइसौं शताब्दीमा पूँजी प्रमुख कारण बनेको छ।पुँजीले धेरै कुरा निर्धारण गर्न थालेको छ।बसी खाने सम्मानित हुने र गरी खाने अपमानित हुने सामाजिक नियमले निरन्तरता पाइरहेको छ। परम्परा काल देखी एक्काइसौं शताब्दी को आजको विश्वले पनि यहि कुराको सामना गरिरहेको छ।धर्म विश्वास हुनेले मात्र मान्ने विषय हो।तर पनि विश्वास अधिक हुँदै जाँदा अन्धविश्वास ले जरा गाडिसकेको छ।समाज र सभ्यताको विकास सँगै ज्ञान विज्ञानले ठूलो फड्को मारेको छ।तरपनि संसार अहिले पनि आस्तिक र नास्तिक दुई ध्रुव मा विभाजित नै रहेको छ।

हिन्दू धर्मलाई नै आफ्नो धर्म मान्ने नेपालीको संख्या अधिक रहेको छ।अधिक हुनु कै कारण अधिक नेपालीको घरमा गीता रामायण र महाारत जस्ता धार्मिक ग्रन्थ हुन्छन् नै।सबैले यी ग्रन्थ भित्रका कुरा कथाको रुपमा समाजलाई सिकाउन खोजेका धेरै कुरा भेटिन्छन्।यिनै कथालाई आधार मानेर जीवन शैली बनाउने नेपाली पनि थुप्रै रहेका छन्।जीवनशैली कै आधार बनेका यी ग्रन्थहरू महत्तोपूर्ण रहेका छन्।व्यक्ति तथा समाजलाई सहिमार्गमा हिँडाउन सबै धर्मका यस्ता ग्रन्थ को उद्देस्य रहेको पाइन्छ। मुख्य त हिन्दू धर्म ग्रन्थ मा समाजमा हुने विभेद र सामाजिक व्यवस्था को अन्तरसंघर्ष का कथा पनि धेरै पाइन्छ।

 

 

संस्कृत भाषा कसैको पनि हुन छोडेको पनि धेरै भइसकेको छ।यी ग्रन्थहरूको पढाइ र बुझाइमा पनि समस्या देखिन थालेको छ।आफू अनुकूल व्याख्या हुन पनि थालेको छ।धेरै को बुझाइमा धर्म पनि विभेदको एउटा स्रोत भएको ठम्याइ रहेको छ।धर्मको नाममा विश्वास भन्दा अन्धविश्वास बढ्दै जाँदा र यसैको उपयोग पुँजीले गर्दै जाँदा विभेद झाँगिदै र विभिन्न रुपमा देखिने गरेको पक्कै हो।अझै यस्तो समाजको चरीत्र समग्र सत्तामा समुल देखिन थाल्दछ।अन्तत समाजको चरित्र सत्ता र सत्ताको चरीत्र समाजको बन्दै जान्छ र यो भयानक हुँदै जान्छ।

महाभारत कालीन समयमा पनि महामुनी व्यास पनि यही यथार्थको व्याख्या गरेका छन्।सुद र लोहरलाई लडाएर क्षेत्रियहरुले मचाउने लुटमा उनी पनि अनिष्ट देखेका छन्।शोषण को प्रतक्ष्य प्रभावित बालक जब न्यायको लागि प्रयत्न गर्न थाल्दछन्।महमुनी सत्ताको मालिक लाई सचेत गराउँदै भन्छन्।जुन देशमा न्यायको लागि एउटा बालकले प्रयत्न गर्नु परोस् त्यो सत्ताको अन्त्य निश्चित छ र यही प्रयत्न नै अनिष्ट र अन्त्यको शुरुआत हो। उनी भन्छन् सत्य युगमा गुणवान नागरिक अधिक थिए।राजा धर्म र सामर्थ्य दुवैले युक्त थिए।अधिकार र सम्मान सबै वर्णमा बराबर थियो।

विभेदको कुरानै रहेन।ज्ञान र सामर्थ्य शसकमा थियो विभेद हुने कुरै भएन।त्रेता युगमा ज्ञान खुम्चिएर सीमित क्षेत्रमा खन्डित भयो। जनकपुर र अयोध्या केन्द्र हुन थाले।अहिले द्वापर युगमा राजामा ज्ञान र सामर्थ्य हराउँदै गएको छ।शारीरिक रुपमा मात्र हैन मानसिक रुपमा पनि अन्धा राजा हुन थालेका छन्।त्यसैले देशमा शोषण ,दमन र विभेद बढ्दै गएर उत्कर्षमा पुग्न थालेको छ।एउटा बालक समेत न्यायको लागि प्रयत्न गर्नु परेको छ भने समग्र देशको अवस्था के होलारु प्रश्न गर्दछन्।शास्त्र धारी नै शोषण र दमनमा लिप्त भएका छन्।राजा तनले मात्रै हैन मनले पनि अन्धा भएका छन्।

सत्यनिष्ठ ,परपरका पालक भीष्म भन्छन् अनकुशले अनुशासन र अनुशासनले न्याय सम्म पुर्याउँछ।सामाजिक व्यवस्था सामाजिक न्याय कै लागि बनाइएको हो।राजाले न्याय दिन सक्नुपर्छ यही परम्परा हो।परम्पराले सबैलाई शस्त्र उठाउने अधिकार दिन पनि त दिँदैन। व्यास मुनि भन्छन् जब रक्षक नै भक्षक भएर आउँछन् । शस्त्र धारी क्षत्रिय हरु नै शास्त्रको बलमा व्यवस्थाको दुरुपयोग गर्न थाल्दछन् र दमन बढाउँछन्।तब जहाँ दमन हुन्छ न्यायको लागि त्यहाँ न्याय को लागि विद्रोह अनिवार्य हुन्छ।मुनि भन्छन्।न्यायको लागि बालक र स्त्रीको प्रयत्न यसैको प्रतिरूप हो।भीष्म विकल्प खोज्दछन्।

मुनि भन्छन् अब परिवर्तनका मसिहा भगवान श्रीकृष्णको आवागमन को प्रतीक्षा निर्विकल्प उपाय बताउँछन्।यसै गरी उनी भन्छन् कलियुगमा यही वर्णाश्रम व्यवस्था शोषणको माध्यम बन्ने छ।सर्वत्र विद्रोहले जन्म लिनेछ।यसरी वैदिक काल द्वापर युग देखिनै जातीय विभेदले जरा गाडेको पाइन्छ।परापूर्व कालदेखि नै जात भित्र पनि अनेक जातिको सृजना गरेर जातजाति बीचमा नै आपसमा लडाएर शोषण गर्दै आएको पाइन्छ।द्वापर युगमा पनि कर्ण भन्ने पात्र सधैं यो विभेद को बिरुद्ध लडिरहे।

सत्ताको उच्च पदमा समेत आसिन हुन पुगे।अन्तत बलिदानको प्राप्त गरे।नयाँ अवतार लिएर अवतरित भएका कृष्ण भगवान पनि सधैं युग परिवर्तन मै लागिरहे।मानिस जन्मले हैन कर्मले मान्य हुने कुराको प्रशस्त व्याख्या पनि गरे। को कर्णको बलिदान पनि नयाँ व्यवस्था निर्माण र परम्पराको भंग कै लागि थियो।परम्पराका पालक र अनुयायी भीष्म मृत्यु शैया वाट पनि आफूले पाएको सजायको कारण खोज्दै थिए भने कृष्ण कारण बताउँदै थिए।युद्ध नायक कृष्ण भन्छन् अन्याय भएको देख्दा पनि मौन बस्नु उनको अपराध थियो।यसरी सबै अपराधीलाई दण्डित गर्दै परिवर्तन को शंख बजाएका कृष्ण अन्तत मद ,मदिरा र जुवालाई पनि अपराध को स्रोत मान्दछन्।

यिनै को प्रभाव मा मानिसले विवेक गुमाउँदा शासक पनि विवेक हिन बन्दै जान्छन् र विभेद र दमन मौलाउँदै जान्छ।यसरी कृष्ण विभेदको अन्त्य को घोषणा गर्दै नयाँ युगको घोषणा गरे पनि विभेदले कलियुग सम्मै निरन्तरता पाएको छ।मुनि वचन सत्य सावित भएको छ। नयाँ युगको शुरुवात को घोषणा गरेपनि अवस्थामा फेरि पनि युगान्त कारी परिवर्तन आउन सकेको छैन।पुँजीको विकास सँगै समृद्धि र सामर्थ्य निश्चित मान्छेमा केन्द्रित हुँदै जाँदा विभेद झनै मौलाउँदै गएको छ।यसरी निर्मित सत्ताले स्वीकार्यता पाउँदै जाँदा विभेद छोरी चेली आमा सम्मै वनमारा झार जस्तै मौलाउँदै गएको छ।

 

 

यसको विरुद्धमा आवाज उठ्दै नउठेको पक्कै होइन।द्वापर युग देखिनै प्रयत्न भएका छन्।तर पनि कर्ण जस्ता अदभुत योद्धा बेला बेला एक्लो पर्नु तथा कसैको स्वार्थको चंगुलमा परेर परिणाम दिन सकेका छैनन।समाज कै साथ नपाउनु एक्यबद्धतानहुँदा विद्रोही सधैं कमजोर हुने वा कसैको चंगुलमा पर्ने गरेका छन्।कर्ण पनि यसै गरी दुर्योधन का गोटि बन्न बाध्य भएका छन्।परिवर्तन युगान्तकारी हुन नसके पनि समाजको धारणामा शनै शनै परिवर्तन पक्कै आएको छ।यसरी हेर्दा हाम्रा वैदिक शस्त्र पनि समानता मैत्री नै पाइन्छन्।विभेद स्वीकार्न सिकाउँदैनन्।सधैं समानताका कुरा गर्ने वैदिक शास्त्रमा विभेदको बिरुद्ध हतियार उठाएका कथा पनि लेखिएका छन्।

विभेदकारी व्यवस्था र व्यवस्थापक का बिरुद्ध को अंतिम विकल्प सामूहिक रुपमा हतियार उठाउनु नै हुने गर्दछ भन्ने कुरा पनि सिकाएका छन्।आफूले हतियार नउठाउने प्रण लिएका कृष्ण अन्यायका बिरुद्ध अंतिम विकल्प हतियार उठाउनु हो भन्दै न्यायको लडाईको नेतृत्त्व गरेका छन्।तर पनि द्वापर युगको अन्त्य सँगै उनको भूमिका पनि सकिएको छ। परिवर्तन का नायक कृष्ण र कर्ण दुवैको समय सकिएको छ।समय सबै भन्दा बलवान भएको छ।द्वापर युगको अन्त्य सँगै उनको समय पनि सकिएको घोषणा गरेका छन्।युद्धको अन्त्यममा कर्ण छल वाट मारिएका छन्।मृत्यु पूर्व कृष्ण बताउँछन्।गन्तव्य एउटै भय पनि बाटो गलत हुँदा तिमी मारिएका छौं।दुर्योधन जस्ता पात्र लाई मित्र चयन गर्नु नै तिम्रो भूल थियो।दुर्योधन समानता हैन मात्र सम्राट हुन चाहन्थे। समयको अगाडि कृष्ण पनि बाध्य थिए।

 

उनको समय सकिनै लागेको थियो कालीको आगमन हुनै थालेको थियो।उनले ठाउँ खाली गर्नै पर्थ्यो।तर पनि गीता मार्फत संसार लाई विभेद रहित बनाउने प्रयत्न गरेका छन्।तर पनि कलियुगमा शोषण ले निरन्तरता पाइरहेको छ।फेरि पनि मुनि बच्चन सत्य सावित भएको छ।वर्ण व्यवस्था शोषण को माध्यम बनिरहेको छ।नत एक्काइसौं शताब्दीमा कृष्ण र कर्ण जस्ता पात्र विभेद पूर्ण सामाजिक व्यवस्था बदल्न आतुर युग नायक आएका छन्।नत तिनका जस्तै वीरता पूर्ण कथा रचाएका छन्।र पनि समय लडाइँ लड दै बढ्दा सती प्रथा र दास प्रथा जस्तो जघन्य सामाजिक अपराध वाट महिला तथा दास दासी मुक्त बने पनि ।यो एउटा सामाजिक धारणा मा आएको परिवर्तन को परिणाम हो ।

 

ठूला ठूला संघर्ष ले नै धारणा परिवर्तन गर्न बाध्य पारेका थिए।एकाएक आएको परिवर्तन पक्कै हैन।तर पनि अहिले पनि महिला अर्थात् महिला लाई उपभोग्य वस्तु मान्ने मानसिकता वाट समाज मुक्त हुन सकेको छैन।हिंजो दुर्गा र काली बनेर महिशसुर जस्ता देवलोक हल्लाउने स्त्री जाति हो।यिनै महिला को अवस्था एक्काइसौं सताब्दी मा आइपुग्दा झनै अवला प्रस्तुति देखिन थालेको छ।अझै पनि छोरी को जन्मलाई अपराध मान्दै सृष्टिलाई नै नजन्माउन अनुरोध गरेको पाइन्छ।नारीलाई अवला बनाएर प्रस्तुति दिनेहरू नै सचेत नारी हुने गरेका छन्।यहाँ प्रतिकार र प्रतिशोध अझै पनि सिकाइदैन । यहाँ बलात्कारी का लिंग छेदन र टेष्टिज अर्थात् मिर्गौला फुटाएका घटना सुनिँदैन।देखाई दैन्। सुनाइदैन।

पुरुषलाई नै संरक्षणको जिम्मा दिएको समाज भक्षण मा पनि मौन देखिन्छ।वीर विराङ्ना जन्माउने आमा सधैं अवला बनाइन्छ।झाँसी कि ढाडमा बच्चा बोकेर मैदान मा शत्रुलाई चुनौती दिन्थिन्।पासाङ सगरमाथा चढ्ने आँ ट गर्थिन्।कलियुग मा।फ्रांस मा टपलेस हुन पाउनु पर्छ भन्ने मागले सरकारलाई माग सम्बोधन गर्न बाध्य बनाएको समाचार बाहिरिएको छ।समुद्री किनारमा स्तन देखाएर सन् बाथ लिन पाउनु पर्ने माग को सम्बोधन भएको छ। ढुङ्गे युगमा सबै नांगै डुल्दा स्वाभाविक थियो होला।समाज सभ्य हुँदै जाँदा वस्त्र धारण गर्न थालेको हो।अहिले वस्त्र उसको पहिलो परिचय हुने गर्दछ।

तर पनि स्वतन्त्रता का पनि परिभाषा बदलिन थालेको छ।भीष्म महाभारत मा भन्छन्।अंकुश ले अनुशासन र अनुशासन ले सभ्य समाजको निर्माण हुने गर्दछ।र वस्त्र ले व्यक्ति को र व्यवहार ले व्यक्ति त्व को परिचय दिने गर्दछ।स्वतन्त्रता को नाममा गलत संस्कार ले वैधता पाउँदै जाँदा सभ्यता र सत्यता हराउँदै जाने गर्दछ।

 

 

स्वतन्त्रता र सम्मान किस्तीमा सजाएर कसैले टक्र्याउन वस्तु होइन ।स्वतन्त्रता र मुक्ति ले सधैं बलिदान माग्ने गर्दछ अनुनय हैन।सहनशीलताको सीमा नाघेर प्रतिशोध को माग गर्ने गर्दछ।हाम्रा वैदिक शास्त्र का नारी पात्र काली दुर्गा द्रौपदी यही कुरा सिकाउँछन्।हरेक अन्याय र विभेदको बिरुद्ध वीरता पूर्ण प्रतिवाद नै मुक्तिको मार्ग हो। महान दार्शनिक ऐरिस्टोटल ले दास प्रथा लाई स्वीकार मात्रै गरेका थिएनन्।उनले त्यसको पक्ष मा पैरवी समेत गरेका थिए।उनी महिलाको विषयमा पनि अनुदार नै थिए।उनी महिलाले राजकीय निर्णय गर्न सक्दैनन् भन्ने धारणा राख्दथे।समय बदलिएको छ।पुस्ता फेरिएको छ।तर पनि ऐरिस्टोटल जीवित छन्।चाहेर पनि कसैले मार्न सकेको छैन।

यारिस्तोटाल को बारेमा यतिमै मूल्यांकन गर्दा अन्यायनै हुने छ र उनी मर्ने पनि छन्।अहिले लैंगिक विभेद,महिला र मान्छे प्रतिको उनको विचार पथमा हिँड्न खोज्नु विपरीत दिशामा हिँड्नु नै हुनेछ।र पनि उनका समग्र दर्शन आज पनि स्कूल ,कलेज र विश्वविद्यालय मै पढाइन्छ।यो साभार यसका लागि गरिएको हो ।कसैका पनि राम्रा कुरा ग्रहण गर्दै जानु र नराम्रा छोड्दै जानु सभ्य र गतिशील समाजका राम्रा पक्ष हुन।छोरी भएर जन्मनु अपराध हैन।

बरु हरेक विभेद र अपराध का बिरुद्ध मौनता साँधेर बस्नु अपराध हो।हामीले धेरै कुरा सिकाउने वैदिक ग्रन्थ वाट मैन होइन मह खाने कोसिस गरौं।बहिस्कार हैन संरक्षण गरौं।

( बेलबासे पत्रकार माहसघ काठमाडौ शाखाका साधारण सदस्य हुन )


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #लक्ष्मण बेल्बासे, #समाज र वैदिक ग्रन्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!