Techie IT
मंगलबार, असोज १३,२०७७

राज्यको नेतृत्व तहमा युवा : अबको आवश्यकता


विवेक पनेरु 

मानव जिबनको हरेक चरण किताबको एउटा अध्याय हो। मानिस जन्मेपछि आफ्नो जिबनको हरेक चरण एउटा अध्याय जसरि पार गर्दै जान्छ। हामी निश्चित समयको लागी यस धर्तीमा आएका छौ। त्यसैले हामी जन्मे पछि आफ्नो जिबनकालको विभिन्न चरण जस्तै बालक,युवा, वयस्क र बृद्ध अवस्था पार गर्दै अन्त्यमा यस धर्तीबाट बिदा हुन्छौ।

 

यस्तै अमुल्य जिबनको एउटा महत्त्वपूर्ण चरण हो युवा अवस्था। युवा अबस्थामा जस्तो जोश, जागर, इच्क्षा शक्ति, उत्सुकता अरु उमेरमा पाइदैन। परिवारदेखी समाज, देश,राष्ट्रलाई युवाको एकदमै महत्त्व हुन्छ। त्यहि युवामा भएको जोश, जाँगर, इच्छाशक्ति अहिलेको हाम्रो राज्य नेतृत्वले खोजि रहेको छ। बर्षौदेखी पुरानो पुस्ता,परम्पराबादी सोच,सिद्दान्त, नीति,योजनाले चलेको हाम्रो राज्यले अब समृद्धि हासिल गर्नको निम्ति युवा नेतृत्वको खाँचो महसुस गरेको छ।

 

विश्वकै कम विकसित तथा कम्जोर अर्थतन्त्र भएको हाम्रो देशमा चरम गरिबी, बेरोजगारी,भ्रष्टाचार,गैर पारदर्शिता, अव्यबस्थित राज्य प्रणाली, राजनीतिक अस्थिरताले जरा गाडेको छ। कयौ राजनीतिक आन्दोलन,राजनीतिक द्वन्दको पात्र बनेको हाम्रो देश बिस्तारै राजतन्त्र फ्यालेर गणतन्त्र,लोकतन्त्र प्राप्त मुलुक बन्न सफल भयो ।

२००७सालबाट सुरु भएको पंचायत बिरोधि आन्दोलन होस् या २०६२र६३को जन आन्दोलन जनताले देशको परिवर्तन र समृद्धिकोलागि आफ्नो अमुल्य रगत बगाएका थिए। यसरी कयौ राजनीतिक आन्दोलन, राजनीतिक घटना ,जनताको त्याग ,बलिदानले गर्दा देशले बि सं २०७२ सालमा नेपालको संबिधान प्राप्त गर्यो ।यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान थियो।

 

संविधानले जनताको मौलिक हक हित र कर्तब्यलाई आत्मसात गर्दै देशलाई समृद्धि र बिकासको बाटो देखायो। त्यस लगत्तै २०७५ सालमा संबिधान सभाको चुनाब भयो, त्यस चुनाबमा अहिलेका प्रधानमन्त्री केपी ओलीले बि सं २०७२ सालमा भारतले गरेको नाकाबन्दीको खुलेर बिरोध गरेका कारण जनताको मत र विश्वास राम्ररी जितेका थिए ।

 

त्यहि मत र बिश्वासको आधारमा २०७५ सालमा ए।नेकपा माओवादी पार्टीसंग आफ्नो पार्टी नेकपा एमालेलाई एकीकृत गर्दै संबिधानसभाको चुनाबमा पहिलो पार्टी बनाउन सफल भएका थिए। त्यसैको आधारमा आफ्नो नेतृत्वमा दुईतिहाई बहुमतको सरकार बनाउन सफल भए। पहिले जनताको आशा र भरोसाको रुपमा बनेको यस सरकारले अहिले जनताको आशा र भरोसालाई निराशामा बदल्दै गएको देखिन्छ।

 

सुखी नेपाली समृद्ध नेपालू परिकल्पना गरेको अहिलेको सरकारले यसलाई सार्थकता दिन भने सकिरहेको छैन। यसको कारणले सरकार कतै नेतृत्व तहबाट चुक्दै गएको त छैन भन्ने आभास भएको छ। बिगतका अरु सरकार जस्तै भ्रष्टाचार, गैर पारदर्शिता, कम्जोर राज्य व्यवस्था प्रणालीले जरा गाड्न खोजेको जस्तो देखिदै छ। यसलाई अब राज्यको नेतृत्व तहले मनन गर्न जरुरि भएको छ। राज्य एकजनाले मात्र चलाउन सक्दैन,राज्य चलाउनको निम्ति बलियो सरकार चाहिन्छ।

 

त्यस सरकारमा रहनेहरु देशप्रति बिश्वासिलो, कर्तव्यनिष्ठ, दुरदर्शितायुक्त , कार्यदक्ष्यता तथा क्ष्य्मतावान हुनपर्दछ। देशको सम्रिद्धको लागि सरकार प्रमुखले मात्र परिकल्पना गरेर हुदैन, त्यसका लागि मन्त्री मण्डल,संसदीय सदस्य,राज्य व्यवस्था प्रणाली, प्रशासनिक प्रणाली, जनप्रतिनिधी, जनता सबैको साथ र७सहयोग चाहिन्छ।तर, हाम्रो राज्यको नेतृत्व तह यहि पक्ष्यमा चुकी रहेको छ। देशलाई एक ढिक्का भएर अगाडी लग्न सकिरहेको छैन ।

 

यस समस्या अहिले मात्र नभएर हाम्रो देशमा कयौ बर्ष आगाडीदेखि चल्दै आइराखेको छ। बर्षौदेखी आफुलाई नेता भन्ने बर्गले राज्यलाई आफ्नो पेट चलाउने भाडो बनाएका छन्। बृद्ध भत्ता खाने उमेर भएपनि राजनीतिलाइ बिराम दिन सकेका छैनन्।

 

राजनीतिलाई बिराम दिएर नया पुस्तालाई अवसर दिनु पर्ने बेलामा पनि राजनीतिक पार्टी र राज्यको नेतृत्व तहमा पुग्नको लागी होडबाजी चलिरहेको अवस्था छ । पुरानो सिद्दान्त , पुरानो राजनीतिक विचार, राज्य चलाउने रणनितीले राजनीतिक र राज्यको नेतृत्व तहमा प्रसय पाएको छ।

 

राजनिती र राज्य सन्चालनमा बिस्तारै समय र परिस्थिती बिस्तारै बदलिदै छ। यस्तो बदलिदो परिस्थितिमा पनि हाम्रो राज्यको नेतृत्वमा पुरानो पुस्ताले अझै ठाँउ ओगटेर बसेका छन्। समय बदलिएसंगै आधुनिक राज्य प्रणाली, आधुनिक समाजको परिकल्पना, नया राजनीतिक विचार, राज्य चलाउने नया तथा सैद्दान्तिक रणनिती देशलाई खाँचो भएको छ, तर पुरानो पुस्ताले नेतृत्व ओगटेको हाम्रो देशमा नया नेतृत्वले अवसर नपाएसम्म यसलाई पूरा गर्न असम्भब छ।

 

यसरि देश आधुनिक भौतिक पूर्वधार विकास, आधुनिक राजनीतिक सोच बिचार,बैज्ञानिक राज्य व्यवस्था प्रणाली जस्ता कुराबाट टाढा रहन्छ र राज्यको समृद्धिको परिकल्पना अधुरै रहन्छ। यसले गर्दा त्यसो भए अबको विकल्प केरु भन्ने जस्तो प्रश्न मनमा उठ्न सक्छ । यसको उत्तर खोज्न कतै जान पर्दैन, यसको उत्तर भनेकोनै राज्यको नेतृत्व तहमा युवा सहभागीता हो।

 

प्रत्येक देशमा युवा शक्तिलाई एक गतिशील, रचनात्मक र आशाबादी मानिन्छ। यदि देशको युवा निराश छन् वा राज्यले उनीहरुको शक्ति देशको लागी प्रयोग गर्न सक्दैन भने देश विकास र समृद्धबाट सधैँ टाढा रहने छ। युवा भनेको देशको भोलिका भबिष्य हुन। राज्यले यदि युवा जनशक्तिलाई सहि रुपमा सदुपयोग गर्न सक्यो भने देशको कायापलट हुन समय लाग्दैन। हाम्रो देशमा १६ देखी ४० वर्ष सम्मकोलाई युवाको परिभाषा दिने गरिन्छ।

 

सन२०११को राष्ट्रिय जनगणना अनुसार हाम्रो देशमा ४०।३ प्रतिशत युवा जनसंख्या रहेको पाइएको छ।तर ,बिडम्बना भन्नू पर्छ हाम्रो देशको राज्यको नेतृत्व तहमा युवा सहभागीता एकदमै न्यून छ। फ्रान्स, क्यानाडा, न्युजिल्याण्ड,नर्वे जस्ता बिकसित मुलुकमा अहिले राज्यको नेतृत्व युवाले गरेको देखिन्छ तर पुरानो पुस्ताको नेतृत्व हाबी रहेको हाम्रो देशमा युवा पुस्ताले अवसर पाउन एकदमै कठिन देखिन्छ।

 

त्यसैले अब युवा राजनीतिमा आएर आफ्नो हक हितको लागी राजनीतिक हस्तक्ष्यप गर्न जरुरि भएको छ। आफ्नो विचार मिल्ने राजनीतिक पार्टीमा आएर युवा सहभागीताको लागी आवाज उठाउन जरुरि भएको छ। युवाहरुको राजनीतिक बिचार, बिमर्श लिएर अब बहस चलाउनु पर्ने छ।

 

जबसम्म युवाको आवाज उठ्दैन तबसम्म हाम्रो देशको राजनीतिक नेतृत्व र राज्यको नेतृत्वमा पुरानो पुस्ता हाबी रहने छ । त्यसैले अब युवा राजनीतिक पार्टीमा आएर पद र हकको निम्ति आवाज उठाउनु पर्नेछ। यस्तै राजनीतिक पार्टीले राजनीत गर्नको लागी उमेर हद तोक्दिनु पर्ने हुन्छ र युवा सहभागीतामा जोड दिनु पर्ने छ। २० देखी ६५ बर्ष उमेरको बाहेक अरुलाई राजनीति गर्न नपाउने नियम बनाउनु पर्छ ।

 

युवाको लागी राजनीतिक पार्टीबाट चुनाबमा उठ्न कोटाको ब्यबस्था गर्नुपर्ने छ। यस्तै राजनीतिक पार्टीमा शिक्षा अनुसारको पदको व्यबस्था गरिनु पर्ने छ र सरकार गठन गर्दा ३० प्रतिशत युवा सहभागीता अनिवार्य गराउनु पर्ने छ। यसरी युवा बर्गलाई राज्यको नेतृत्वको लागी ढोका खुल्ने छ। यसले गर्दा युवासंग भएको नया बिचार, सिद्दान्त , योजना राज्यसंग आएर जोडिने छ। राज्यको नेतृत्व तहमा युवाले देश बिकासको लागी गरेको परिकल्पना, नीति तथा योजनाको बहस हुने छ।

युवामा भएको बिचार , ज्ञान, आशा, इच्छाशक्ति, राज्यको कार्ययोजनामा जोड्नसके देशले समृद्धि हासिल गर्न कुनै समय लाग्ने छैन। यस्तै युवालाई देशको अर्थतन्त्रको प्रमुख संसाधन मानिन्छ। अरुको तुलनामा युवा बर्गमा काम गर्ने क्षमता बढी हुन्छ र त्यहि युवा नेतृत्व तहमा पुग्यो भने देशको राज्य व्यवस्था र अर्थतन्त्र सबल बनाउनको निम्ति लाग्दछ।त्यसपछि देश आर्थिक, सामाजिक, राजनीतिक हिसाबले सबल हुदै जाने छ। हाम्रो देशको हरेक क्षेत्र युवा मैत्री हुदै जाने छ।

 

कृषि, पर्यटन, उद्योग जस्ता आर्थिक क्षेत्रमा युवाले अवसर पाउने छन् र देशको अर्थतन्त्रमा युवाको ठुलो भूमिका रहने छ । युवा शक्तिलाई हरेक देशको राजनीतिक, आर्थिक, र सामजिक परिवर्तनहरुको एजेन्ट मानिन्छ। त्यसैले राज्यको समृद्धिको लागि हाम्रो जस्तो विकास तिर लम्किदै गरेको देशमा युवाको नेतृत्व अतिआवस्यक छ।

 

हामी युवा बर्ग अब देशको विकास र समृद्दिको परिकल्पना गरि राज्यको प्रमुख नेतृत्व तहमा आउन जरुरि भएको छ। आशा छ, नेपाली जनताले चाहेको सुशासन, पारदर्शिता,जवाफदेहिता युक्त र भ्रष्टचार रहित राज्य अब युवा बर्गले बनाउने छन् ।

 

अहिले नगरे कहिले गर्नेरु युवाले नगरे कसले गर्ने ?

 


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #राज्यको नेतृत्व तहमा युवा, #विवेक पनेरु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!