Techie IT
बिहीबार, साउन २२,२०७७

श्रावण १५ खिर खानेको आफ्नै विषेश महत्व


श्रावण १५ गते खाने खिरको आफ्नै विषेश महत्व छ । नेपाली समाजमा खिरले धार्मिक सांस्कृतिक महत्व बोकेको पाइन्छ । चाँडवाडँमा खिर वनाएर खाने चलन परम्परा देखि चलि आएको अनुमान गर्न सकिन्छ, खिर संग कृषि पेशाजोडिएको छ । खिर र कृषि पेशा एक अर्काका परि पुरक छन्,कृषि पेशा भएन भने खिरको कल्पना पनि गर्न सकिदैन नेपाल कृषि प्रधान देश परापुर्वकाल देखि नै खेतिपाति गर्ने असार महिनाामा धान रोप्ने र साउनको दोश्रो हप्ता सम्म पाखोवारीमा कोेदो रोप्ने भएकोले झरी बादल घाम पानीमा खेतिपातीको कामले किसानहरुले समय समयमा स्वास्थका विभिन्न परिकार बनाई खानाले स्वास्थलाई पनि ध्यान दिएको पाइन्छ ।खिरले स्वास्थ्य लाई समेत फाइदा पु¥याउने भएकोले श्रावण १५ गते अनिवार्य नेपाली समाजमा खिर खाने प्रचलन यथावत् रहेता पनिआजभोलि खिर खाने सामाग्री सवै बजारमा खरिद गरेर खिर खाने गर्दछौ । खिर कृषिसंग जोडिएकोले गाँउ घरमा खिर खाने सामाग्रीआफै तयार गर्ने गरिन्थ्यो । खिरका लागिचाहिने दुध, चामल , चिनी –मसला),नरिवल, छोडा,काजु  मरिच,ल्वाङ्ग, सुकुमेल इत्यादी कृषिउत्पादन संग जोडिएका छन् ।

खिरलाई अध्ययन्न अनुसन्धानगर्ने हो भने नेपालमा कृषिको आफ्नै विषेशता कायम छ । पशुलाई चाहिने घाँस पराल ढुटा, पिठो कृषि उत्पादनबाट मात्र संभव छ । चामल नेपालमा मुख्यखाद्यन्नवालीहो चामलका लागि धान खेतिगर्नु जरुरी छ त्यसै गरि चिनीका लागि उखु खेती मसलाकाला गिनरिवल, छोडा, काजु लगायतका खेतिगर्न जरुरी छ । तर आजहामी खेतिपाती भन्दा पनि विदेशमागएर पसिना बगाउन बाध्यभएका छौ । हामो भौगोलिक धरातल अनुसार विभिन्नवालीहरु लगाउने प्रचलन थियो अहिले दिनानु दिनहोनाहार यूवाहरु विदेशमा पलायनहुनाले कृषि पेशा ठूलो संकटमा पर्न गएको छ गाँउ घरमा पुरै पाखावारी बाझै बसेका छन समथर भुभाग खण्डीकरण भएका छन् । हिजो बावु बाजे साध सधियारमा रहेका जग्गा जोडेर रमाउने गर्दर्थे आज हामी छोरा नातीवावु बाजेले जोडेको जमिन खण्डीकरण गरि विक्री गर्न रमाउन थालेका छौ । हिजो जमिन भएखेति गरेर परिवार पाल्न सजिलो हुन्थो भन्ने भनाई थियो अवस्था व्यवस्था फेरिएको छ । आज त (बास भएगाँस खोजैला ) घर भएकमाएर खाउँलाभन्ने गरिन्छ ।

नेपालमा कृषिको व्यवसायीकरण विविधिकरण गुणस्तर उत्पादनका लागि कृषि विकासको पूर्वाधारलाई ध्यानदिनु पर्ने देखिन्छ । कोभिड १९ का कारण विदेशबाट फर्केका यूवाहरुलाई कृषि पेशा प्रति आकर्षण गराउन कृषिमा अनुदान, कृषिका लागिआवश्यक पर्ने सिपप्रविधि विउविजन मलखाद सिंचाईका महत्वपूर्ण पूर्वाधारहरु निमार्ण गर्नु जरुरी छ राज्यले कृषक काउत्पादन लाई समय साक्षेप मूल्यनिर्धारण र बजारीकरणको व्यवस्थामिलाई दिनु आजको आवश्यकताहो । कृषिमा आत्मनिर्भर वन्नकालागि पशुपालन चरिचरनको पनित्यतिकै महत्व छ किसानले उत्पादनगर्ने खाद्य बस्तु र पशुपन्छिको विमागर्नु पर्ने जरुरी देखिन्छ । वास्तविक किसानलाई उसको क्षमताअनुसार कृषि अनुदान दिनु पर्ने नितिनियम बनाउनु जरुरी देखिन्छ ।

अहिले देशमा ३ तहको सरकार स्थापित भएको पनि ३ वर्ष वित्न लागेको छ । सिहदरवार गाँउघरमा भन्ने नारा नारामा मात्र सिमित छ स्थानिय तहमारहेको कृषि शाखामा ना.प्र.स.प्रा स तहका कर्मचारी मात्रकार्यरत रहेका छन् नतत्यहावागवानाी, माटो, मत्स्य, वाली संरक्षण अधिकृतको उपस्थीत देखिदैन पशु शाखाको पनिअवस्थात्यस्तै देखिन्छ एक,दुई जनामात्र कर्मचारी कार्यरत छन् ।स्थानिय तहले आज सम्मपनि कृषि र पशु पालनगर्ने व्यवस्थाको लागि कुनै पनि नीतिनियम बनाएको पाइदैन स्थानियतहको कृषिको आधुनिकरण व्यवसायिकरण गर्ने योजना तथा निति नियम बनाउनु आजको आवश्यकताहो ।

स्थानिय सरकार संचालन ऐन २०७४ ले स्थानियतह लाई आफ्नो क्षेत्रमा कृषिपशु पालन क्षेत्रमा योजनाबनाई कार्यन्वयनगर्ने अधिकार प्रदान गरेको छ तर स्थानियतहमाआज सम्म कृषि र किसानकालागिकुनै पनिनितिनियमनबन्नु किसानका लागि दुखदअवस्थाहो । किसानले पाउने अनुदान कार्यन्वयन प्रकृया नीतिनियम बनाई कार्यन्वयनले प्रभावकारी दङ्गले संचालनगर्न सहयोग पु¥याउने देखिन्छ । हालको कृषि अवस्थाबाट फड्को मार्नको लागि कृषिमा व्यापक सुधार गर्न जरुरी देखिन्छ । हाल सम्मको अवस्था हेर्दा सानाकिसान भुमिहिनमहिला पछाडी पारिएका वर्ग किसानहरुले राज्यबाट वितरण भएका कृषि अनुदान प्राप्त गर्न सकेका छैन्न पहुँचवाला ठुलो किसानले मात्र अनुदान पाएको देखिन्छ । आज तिनै सानाकिसान भुमिहिन,महिला पछाडी पारीएकावर्ग किसान जलवायु परिवर्तन संगै बढ्दो प्राकृतिक प्रकोप बाढी पहिरो डुवानबाट जोखिम रहेका छन् । स्थानियतहले संकट ग्रस्थ क्षेत्रको पहिचान रोकथामर क्षतिभएको राहत कोषको व्यवस्था वनबाट समाधान गर्ने परिवाटीको विकास गर्नु पर्ने आजको आवश्यकता हो ।

आम नेपालीको धार्मिक सांस्कृतिकसंग जोडिएको कृषि पेशालाई सम्मानित बनाउन सकिएन भने हाम्रा परम्परागत चाँडबाँड औपचारीकतामा सिमितहुन पुग्दछन् । भावि पुस्ताले बजारबाटखरिद गरेर ल्याएको खिर खाएर श्रावण १५ मनाउने दिन नआउलाभन्न सकिदैन । समयमा नै सोच परिवर्तन गरि कृषि पेशालाई दिगो र भरपर्दाे बनाई संस्कृतिको जगेर्ना गर्न सबै तह र तप्काबाट आजैबाट प्रण गरौं।

जय कृषि जय किसान

रामहरी शर्मा
सचिव, राष्ट्रिय कृषक समूह महासंघ नेपाल

 


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #रामहरी शर्मा, #श्रावण १५ खिर


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545