Techie IT
शनिबार, कात्तिक ६,२०७८

कोरोना माहामारी : कृषि क्षेत्रको उत्पादन वृद्धि


चिनको वुहान शहरबाट संक्रमण सुरु भएको कोरोना भाइरसले अहिले विश्वभरी माहामारिको रुप लिएको छ। कोरोना भाइरससङ्ग आजबिश्व समाज नै लडिरहेको छ। लकडाउनका कारणले उद्योगधन्दा, कलकारखाना ,होटेल व्यसाय,पर्यटन व्यवसाय,लगायत उत्पादनका सबै ढोका बन्द जस्तै छन। विश्वको अर्थतन्त्र मन्दगतिमा छ। अस्ट्रिया,साउथ कोरिया, भुटान लगायत केही सिमित मुलुकहरुमा लकडाउन खुलेको छ भने केहि देश हरुले खुकुलो बनाइसकेका छन। इटलीले अर्थतन्त्र को भार थेग्ननसकेर बन्दाबन्दी धेरै खुकुलो बनाउनु पर्यो।

करिब ६५ लाखको हाराहारिमा विश्वको जनसंख्या कोरोनाले संक्रमितहुँदा नेपालमा मिति जेष्ठ २०, २०७७ सम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०९९ जना संक्रमित छन र संक्रमणको संख्याअझै बढ्न सक्ने देखिन्छ ।
कोरोना भाइरसको प्रभाव स्वरूप नेपालमा केहीसिमित क्षेत्रकाउद्योग ,कलकारखाना मात्र खुलेको अवस्था छ ।यसर्थ उत्पादनमुलक कामज्यादै कम परिमाणमा भैरहेको छ। कोरोना भारइसको महामारीले अधिकांश क्षेत्रको रोजगारीमा प्रत्यक्ष प्रभावपारिरहेको छ।विश्वभरमै फैलिएको नेपालको वेदैशिक रोजगारी क्षेत्रमापनिनिकै असर पार्ने प्रष्ट संकेत गरेको छ । यसकारण नेपालीहरुको आयमापनिकमिआउने छ जसको प्रत्यक्ष असर उपभोगमा समेत देखिनेछ ।

रेमिट्यान्सले नेपालको भुक्तान सन्तुलनमा समेत असर गर्ने छ । एकातर्फ यो विशालचुनौतीहो भने अर्कोतर्फ यसलाई अवसरको रुपमा प्रयोग गर्न सकिने ठाँउहरु पनि नेपालले पहिल्याउन सक्नुपर्छ। नेपाल एक कृषि प्रधान मुलुकहो ।२०६८ सालको जनगणनाको तथ्यांक अनुसार मुलुकका७५.५प्रतिशत जनसंख्या कृषि पेशामा आवद्ध छन। नेपालमाआफ्नै जमिनहुनेको संख्याकरिब ९० प्रतिशत भन्दा ज्यादा रहेको छ भने २६ लाख ४१ हजार हेक्टर खेतियोग्यजमिन छ ।

विप्रेषण आयबाट नेपालीहरुको आयमापनि वृद्धि हुँदै गयो । आय बढ्दै जाँदा व्यक्तिको उपभोग्य क्षमता पनि बढदै जान्छ, यो अर्थशास्त्रको नियम पनि हो । नेपालमा यस्तै खालको परिपाटीको विकास हुँदै गयो । उपभोगमाआएको वृद्धिलाई पुरा गर्न नेपालभित्रकाउत्पादनले मात्रपुगेन र आयातपनि बढदै जानथाल्यो ।

नेपाल राष्ट्र बैंक तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा बढेको आयातको हिस्सालाई प्रष्ट देखाउँछ । नेपालको कृषिखेती परम्परागत प्रणालीमा आधारित भएता  पनि केही बर्ष यताआधुनिक कृषि प्रणाली लाई प्राथमिकतामा राखी खेती तथा उत्पादन गर्ने कार्यको सुरुवात भैसकेको छ। यद्दपी प्रयाप्तभने छैन।

आधुनिक कृषिऔजार र बीउबिजनको उपलब्धता हरेक नगर र गाउँपालिकामा सरकारी तवरबाट ब्यवस्थापन र सर्वसुलभ बनाइनु पर्दछ। आधुनिक कृषि प्रणालीको माध्यमबाट सत प्रतिशत खेतीयोग्य जमिनलाइ उत्पादनमा प्रयोग गर्न सकेमा आयातलाई न्यूनीकरण र वर्तमान व्यापार घाटा पुर्ती मात्र होइन निर्यात गरि नाफागर्न सकिने कुरा निश्चित छ। कृषि क्षेत्र लाइ प्रोत्साहनगर्ने कार्य नेपाल सरकारले वि.स. १९७८ मा काठमाडौ को चारखालमा कृषिअड्डा बाट सुरु गरेको थियो।

वि. स. १९८२ मा सिहदरबार परिसर भित्र कृषिप्रदर्शन फार्म खुल्यो। २००८ सालमा कृषि बिभाग को स्थापनागरि यसैको मातहतमा कृषि कार्यक्रमहरु संचालन हुन थाले र बिस्तारै कृषि क्षेत्रको बिकासले गतिलिने अवस्थाबन्दै गयो। सरकारले कृषि क्षेत्र लाई प्रोत्साहनगरि दिगो आर्थिक वृद्धि तथा बिकास हासिलगर्ने हेतुले कृषि सम्बन्धिआधुनिक कार्यक्रम ल्याएको छ। उत्पादनका क्षेत्रमाअनुदान,कृषिऔजार सामाग्री ,बीउबिजन, मलखादश्रोत साधनउपलब्ध गराउने काम गरेको छ।

सरकारले उपलब्ध गराएका अनुदानलाई सहि प्रयोग साथै पर्याप्त मुल्यांकन र अनुगमानगर्दै लगेमा सकारात्मक नतिजाहरु देखिन थाल्नेछन र फल स्वरूप उत्पादकत्व वृद्धि पनिनिश्चित नै छ। उत्पादित बस्तु तथा सेवाको उचितबजार ब्यबस्थापनगर्न सकेमा कोरोना माहामारी बाट भएको घाटा लाई पुर्ती गर्न मद्दत मिल्नेछ।

वर्षेनी नेपालबाट कृषि कच्चापदार्थ अरबौ रुपैयाँ को निर्यात हुने गर्छ। तर निर्यात भन्दाआयात सामाग्री दोब्बर छ यसले बजेट घाटा हुने हुँदा आन्तरिक उत्पादन, आन्तरिक कच्चापदार्थ प्रसोधन, ठुला ठुला प्रसोधन केन्द्र को स्थापनागरि आन्तरिक उत्पादन बढाउन सके निर्यातमा वृद्धि हुन्छ र बजेट घाटा पुर्ती मात्रहोइन ठूलो परिमाणमा नाफाआर्जन गर्ने निश्चित छ। नेपाल रास्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५र०७६ मा वस्तु निर्यात १९.४ प्रतिशत ले वृद्धि भएको छ।

गन्तव्यको आधारमा गतआर्थिक बर्षमा भारत तर्फ ३४.३ प्रतिशत ,चीनतर्फ १३.४ प्रतिशत र अन्यमुलुक तर्फ ०.२ प्रतिशत ले वृद्धि भएको देखिन्छ । आर्थिक बर्ष २०७५र०७६ माकुल बस्तु आयात १२.३ प्रतिशतले थपभइ १४ खर्व १८ अर्व ५४ करोड पुगेको देखिन्छ । अघिल्लो वर्ष आयात बढेर २५.८ प्रतिशत पुगेको थियो। आर्थिक वर्ष २०७६र०७७मानिर्यात केही प्रतिशतले बढेको भएतापनी कुलव्यापार घाटा भने बढेको देखिन्छ। कोरोनाको माहामरीले उत्पादन क्षेत्रमा भएको कमिका कारणले ब्यापार घाटा थप बढ्ने निश्चितै छ।

अब सरकारको ध्यान पुर्ण रुपले कृषि क्षेत्रमा जानजरुरि छ। कृषिको उत्पादनमा वृद्धि ल्याउनु आजको आवश्यकता पुष्टी भैसकेको छ। कृषि क्षेत्रको उत्पादन साबिकको उत्पादन भन्दा दोब्बर बनाइ आन्तरिक मागको पुर्ती गरि निर्यात गर्न सक्षम मुलुक बनाउन सकिन्छ । कृषि अर्थतन्त्रलाई आधुनिकीकरण ,विविधीकरण ,व्यावसायिकरण र यान्त्रिकरण गरि कृषिमाआधारित उद्योग विकास गर्दै कृषिलाई आत्मनिर्भर बनाउन कृषि सङ्ग अन्तरसम्बन्धित क्षेत्रहरुको निम्ति विगतको जति (२.२ प्रतिशत) बजेट पर्याप्त छैन त्यसलाइ वृद्धि गरि कम्तिमा १० प्रतिशतबिनियोजन गर्ने आवश्यकता देखिन्छ ।

कृषि पेशामा आवद्ध हुने हरुको संख्या यस माहामारीको कारणले पक्कै पनि बढ्ने छ । वैदैशिक रोजगारीबाट फर्कनेहरु, शहरी मजदुरहरु तथापर्यटन क्षेत्रमा संलग्न रहेका श्रमिकहरुले नयाँ रोजगारीको क्षेत्र तत्कालपाउने सम्भावना पनि कम छ । यस्तो अवस्थामा ति श्रमशक्ति कुनै न कुनै हिसावले कृषि पेशामालाग्ने अवस्थाआउन सक्छ ।

सरकारले यसलाई अवसरको रुपमा लिँदै कृषि पेशा व्यवसायमा लाग्नचाहानेहरुलाई प्रोत्साहितगर्ने र बजेटमा उल्लेख भएका कुराहरु कार्यान्वयनको तहमा लैजानु पर्छ । जस्तै, रसायनिक मलमा दिइएको ११ अर्बको अनुदानले किसानलाई टेवापुर्याउने देखिन्छ । राज्यले दिने यस्ता अनुदानले कृषि उपादकत्वमा समेत बृद्धि ल्याउन महत्व पूर्ण भूमिका खेल्नसक्छ ।

भुमि वैंकको स्थापनाले जमिनको अभाव भएका तर कृषिकर्म गर्न चाहनेहरु लाई सजिलो बनाउसक्छ र जमिन बाँझो बस्ने सम्भावना पनिकम रहन्छ । जमिनलाई चक्लाबन्दी गरेर कृषि प्रणालीलाई व्यवस्थित गरी उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।

कृषि उत्पादनलाई बजारीकरण गरी किसानलाइ नाफाको सुनिश्चितता दिनको लागि सरकारले ठोस नीति तथा कार्यक्रमबनाउनु पर्छ। साथै आधुनिकता र प्रविधिको उच्चतमप्रयोग गर्दै अगाडी बढ्ने हो भने नेपालमा कृषि क्षेत्रले फड्को मार्न धेरै समय लाग्नेछैन ।

झपिन्द्र कुमार खत्री, अनेरास्ववियू केन्द्रीय कमिटि


क्याटेगोरी : ब्रेकिंग न्युज, विचार/बहस
ट्याग : #कृषि क्षेत्रको उत्पादन वृद्धि, #झापिन्द्र कुमार खत्री


तपाईको कमेन्ट लेख्नुहोस्