Techie IT
बिहीबार, साउन २२,२०७७

सुत्केरी गंगाको उद्धार भएपनि, ज्यान बचेन – भिडियो रिपोर्ट सहित


लकडाउनका बेला अस्पतालमा सुत्केरी सेवा सहज छ । तर, जिल्ला अस्पताल संखुवासभाले रिफर गरेको सुत्केरीका परिवारले निजी अस्पतालमा मोटो रकम बुझाउन नसकेपछि ज्यानै गुमाउनु परेको छ ।

नोबेल अस्पताल विराटनगरमा उपचारका लागि रकम नभएपछि फर्काएर जिल्ला अस्पताल संखुवासभा भर्ना भएकी खाँदबारी नगरपालिका ६ पांठाकी ३२ बर्षिया गंगा कार्कीलाई  जिल्ला प्रसासनको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले सेनाको हेलिकप्टरबाट हवाई उद्धार गरेको थियो । तर, उपचारमा निक्कै ढिला भएकाले उनलाई चिकित्सकले बचाउन सकेनन् । उनको थापाथली स्थित प्रसुति गृहमा शुक्रबार राति मृत्यु भयो । उनलाई जिल्ला अस्पताल संखुवासभाले रिफर गरे पछि बिराटनगरको नोवेल अस्पताल लगिएको थियो ।

विराटनगरको नोबेल अस्पतालमा मृत शिसु जन्माए पछि गंगा बोहोस भईन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा २ लाख बढी खर्च त भयो तर होसमा आईनन् । आफन्तले अस्पताललाई तिर्ने पैसा नभएपछि अचेत अवश्थामा घरैमा फर्काएर ल्याए ।

ग्रामीण भेगका गर्भवतीलाई समयमै अस्पताल ल्याउन नसक्दा ज्यान जोखिममा पर्ने गरेको छ । बच्चा गुमाएको ३ दिनपछि कार्कीको पनि मृत्यु भएको हो । प्रसव पीडाले च्यापेपछि कार्की जेष्ठ ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठयरो गरेर बसेको र उच्च रक्तचाप देखिएपछि चिकित्सकले विराटनगर स्थित नोबेल अस्पताल रिफर गरेका थिए । लकडाउनका कारण आवतजावतमा केही समस्या भए पनि गर्भवती अवस्थामै सम्पूर्ण पूर्वतयारी नगरिदा ती सुत्केरी ज्यानै गुमाउनु परेको चिकित्सको भनाई छ ।


क्याटेगोरी : भिडीयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545