टोखा महोत्सवको पूर्व तयारी भेला , नगरपालिकाबाट २५ लाख बजेट

टोखा काठमाडौ । सांस्कृतिक संरक्षित क्षेत्र टोखालाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यका साथ आउँदो फागुन २२,२३ र २४ गते दोस्रो टोखा महोत्सव हुने भएको छ । टोखा नगरपालिको आयोजनामा हुने यस महोत्सवमा स्थानिय कला , संस्कृति , परम्परा , कृषि लगायतका उपजहरलाई बिषेश प्राथमिकतामा राखीने भएको छ ।
शनिबार टोखाको सद्भाव बैङ्गेटमा आयोजित भेलामा महोतसवबारे घनिभुत छलफलभउको छ । भेलामा टोखा नगरभित्रका राजनैतिक दल , बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु , जनप्रतिनिधिहरु , बुद्दिजिबि ,पत्रकार लगायतको बाक्लो उपस्थीती रहेको थियो ।
भेलाले ५०१ जनाको मूल आयोजक समिति , ५१ जनाको सचिवालय सदस्य , १४ उपसमिति बनाउने निर्णय गरेको छ ।
मूल आयोजक समितिको संयोजकमा मेयर एवं सह संयोजकमा उपमेयर रहने छ ।
मेलाको ब्यवस्थापनका लागी टोखा नेवार गुठीलाई जिम्मा दिने प्रस्ताव गरिएको छ । नेवार गुठीले पहिलो महोत्सव सफलताका साथ समपन्न गरेको छ ।
टोखा नगरपालिकाबाट २५ लाख बजेट बिनियोजन भएको यो महोत्सवका सफल बनाउनका लागी सबैमा आग्रह नगरप्रमुख प्रकाश अधिकारीले गरेका छन ।
धार्मिक ,सांस्कृतिक , प्राकृतिक रुपले सम्पन्न टोखा प्राचीनतम मौलिक कला संस्कृति, रीतिरिवाज तथा मठमन्दिरहरु तथा यहाँ छरप्रस्त छरिएर रहेका विभिन्न कालखण्डहरुमा कोरिएका शिलापत्र तथा वास्तु प्रस्तर मूर्तिहरुले टोखाको ऐतिहासिकतालाई सबै सामु दर्शाईरहेको छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #टोखा महोत्सव
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्