पर्यटन बोर्डद्धारा सिंगापुरमा पर्यटन प्रवर्द्धन कार्यक्रम

नेसनल एशोसिएसन अफ ट्राभल एजेन्ट्स (नाटाज), सिंगापुरद्धारा सन २०१९, अगष्ट २ देखि ४ तारिकसम्म सिंगापुरमा आयोजित नाटाज होलिडे २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै नेपाल पर्यटन बोर्डले नीजि क्षेत्रका ट्राभल एण्ड टुर कम्पनीहरु सहित सहभागिता जनाएको छ ।
उक्त कार्यक्रममा १०६ प्रदर्शनीकर्ता कम्पनीहरुका कुल ९०८ वटा स्टलहरु रहेका थिए । हवाई तथा पानीजहाज कम्पनीहरु, होटल/ रिसोर्टहरु, ट्राभल एजेन्ट तथा ट्राभलसंग सम्बन्धित कम्पनीहरु एबं नेपाल पर्यटन बोर्ड लगायत १४ वटा राष्ट्रिय पर्यटन संस्थाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
नेपालको नीजि क्षेत्रको तर्फबाट Himalayan Windows Pvt. Ltd, Direct Nepal Travels and Tours, Shuang Qi Tours Pvt. Ltd र Thai Nepal Travels and Treks Pvt. Ltd. को सहभागीता रहेको थियो ।
नेपालको स्टलमा विभिन्न नेपाली पर्यटन गन्तब्यहरु, उपजहरु, आकर्षकहरु, ट्राभल एण्ड टूर प्याकेजहरु र पर्यटन गतिविधिहरुको बारेमा अडियो भिडियो मार्फत समेत जानकारी गराइएको थियो ।

साथै, जिज्ञासु स्टल भिजिटर्सहरुका नेपाल सम्बन्धि विभिन्न चासोहरुका विषयहरुमा जानकारी गराइएको थियो । बोर्डको समन्वयमा सिंगापुरमा रहेका नेपाली समुदायको सहयोगमा आयोजकको मुल स्टेजमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
सो कार्यक्रममा नेपालको पर्यटन सम्बन्धि छोटो हाजिरीजवाफ (क्विज) प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा मधुसुदन पटेल र मानार्थ पर्यटन प्रवर्द्धन प्रतिनिधि , नारायण बहादुर श्रेष्ठ दिपकले कार्यक्रमको अवलोकन समेत गर्दै सहभागि हुनु भएको थियो ।
सिंगापुरमा बसोबास गर्ने आप्रवासी नेपालीहरुले समेत कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा प्रदर्शनीमा राखिएको फोटो बुथ सेवाले विदेशी अवलोकनकर्ताहरुलाई सगरमाथासंगको फोटो खिचि उपलब्ध गराएको थियो ।
कार्यक्रम अवधिभर नेपालको पर्यटन प्रवर्द्धन एवं नेपाल भ्रमण बर्ष २०२० को समेत प्रवर्द्धन गरिएको थियो ।
सिंगापुर अन्तरराष्ट्रिय रुपमा ख्यातिप्राप्त पर्यटकीय गन्तब्य एवं ट्रान्जिट प्वाइन्ट समेत रहेको हुदा नेपालका पर्यटन ब्यवशायीहरुले अन्तरराष्ट्रिय स्तरका पर्यटन व्यवशायीहरुसंग समेत नेटवर्किङ गरेका थिए । साथै, नेपाल पर्यटन बोर्डको स्टलले विदेशी सञ्चार माध्यमहरु मार्फत समेत पर्यटन प्रवर्द्धन गर्नुका साथै सम्पूर्ण कार्यक्रममा नेपाली सहभागिताको समन्वय गर्दै नेपालको पर्यटनसंग सम्बन्धित सुचना र सामाग्रीहरु उपलब्ध गराइएको थियो ।
यस कार्यक्रममा नेपाली सहभागिताको सम्पूर्ण संयोजन र समन्वय नेपाल पर्यटन बोर्डका प्रबन्धक श्री सन्तोष कुमार घिमिरे र अधिकृत श्री सिद्धार्थ बिश्वकर्माले गर्नुभएको थियो ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्