नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु

पुकार तिमलसिना
नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु भएको छ । शनिबार पहिलोपल्ट नुवाकोटमा प्याराग्लाइडिङ उडान गरिएको हो ।
शिवपुरी गाउँपालिका–७ मा अवस्थित सूर्यचौर समुद्र सतहबाट १ हजार ९ सय मिटर उचाइमा छ । नेपाल प्याराग्लाइडिङ कम्पनीले दुईवटा प्याराग्लाइडिङ उडाएर परीक्षण उडान गरेको हो ।
सूर्यचौरबाट उडान सुरु गरेर शिवपुरी गाउँपालिका– ८ थानापतिको सतरी फाँटमा झारिएको थियो ।
नुवाकोटको उच्च भूभागमा रहेको सूर्यचौर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।
सूर्यचौरबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, रसुवाको मनोरम दृश्यका साथै लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #सूर्यर्चौर
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्