टोखा केव स्विमिङपुल : गर्मीमा बच्चा देखी बृद्ध सम्मको प्रमुख गन्तब्व

टोखा । जेठ महिनामा पर्याप्त पानी नपरेका कारण काठमाडौं आसपास गर्मी बढेको छ । अधिक गर्मी बढेका कारण शहरका स्विमिङ पुलमा मानिसहरुको भीड लाग्न थालेको छ ।
गर्मीमा पौडीको वयानै गर्न नसकिने मज्जा हुने भएकाले धेरै मानिसहरुको दिन कटाउने थलो स्विमिङ्ग पुललाई बनाउन थालेका छन् । कतिपय युवा साँझ परेपछि दुई घण्टासम्म स्विमिङ खेल्ने गरेको बताउँछन् ।
बढ्दो गर्मीका कारण पौडी पारखी बनेर तीन बर्षका बालकदेखि ६० बर्षीय जेष्ठ नागरिकसम्मलाई एउटै स्विमिङ्ग पुलमा भेट्न सकिन्छ । कतिपयले पौडी शौख र फेसनजस्तो बन्दै गएको अनुभूति सुनाउने गरेका छन् । कोही एकपटकका लागि भनेर पौडी खेल्न गएकाहरु पनि पौडीका अम्मली बनेका छन् ।
‘गर्मीमा एक दिन पौडी खेलिएन भने मलाई छटपटी हुन्छ, रातमा निद्रा नपरेजस्तो अनुभव हुने गरेको छ’ टोखा धापासीका गोपाल भण्डारी आफूलाई लागेको लत सुनाए ।
त्यस्तै टोखा २ का रोशन डंगोल केही दिनयता बढेको गर्मी छल्न स्विमिङ्गको साहारा लिँदै आएका छन् । उनी भन्छन् ‘यो उर्खरमलो गर्मीको सिजनमा पौडी जीवनको दैनिकी बनेको छ । पौडी गर्मी छल्ने उपाय मात्रै नभएर शरीरलाई स्वस्थ्य राख्ने माध्यमसमेतका भएको बताए ।
युवायुवतीको जमात टोखा भुतखेलमा रहेको टोखा केव स्विमिङ्गमा जम्ने गरेका छन् ।
पौडीमा रमाउने ४ वर्ष बालबालिकादेखि ५० वर्षसम्मका भेटिन्छन् । टोखा केवका संचालक प्रसान्त डंगोलका अनुसार त्यहाँ ‘बिदाका दिन १ सय देखि २ सयजना स्विमिङ्ग खेल्न आउँछन् ।
हाल यो बालबालिका देखि युवाको लागि राम्रो गन्तव्य बन्न पुगको छ । फराकीलो क्षेत्रफलमा फैलिएको पार्कभित्र अग्लो स्थानबाट पानीसँगै चिप्लेटी खेल्न पाइने स्पाइसी पुलजस्ता रोमाञ्चक खेलहरू खेल्न सकिन्छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #टोखा केव स्विमिङपुल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्