भृकुटीमण्डपमा शुरु भयो डोमेस्टिक टुरिजम मार्ट

काठमाडौं. – पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन उपयुक्त क्षेत्रहरुको पहिचान गरी लगानी गर्नुपर्ने बताएका छन् । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टद्धारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित डोमेस्टिक टुरिजम मार्ट २०१९ (डीटीएम)को शुक्रबार उद्घाटन गर्दै डा. भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम निजी क्षेत्रले नै गर्नुपर् नेसमेत बताए ।
सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गर्दै उनले त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति, कानुनको तर्जुमा गरिदिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकार तत्पर रहेको दाबी गरे । उनले पर्यटन क्षेत्रलाई व्यापारको रुपमा नभई उद्योगको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन जनप्रतिनिधिको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटन प्रवद्र्धन र विकासका लागि योजनाबद्ध तरिकाले सरकारले काम गरिरहेको बताउँदै नकारात्मक प्रचारबाजीको पछि नलाग्न आग्रह गरे । उनले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले दश करोड रुपैयाँ बजेट विनियोजन गरेको र काम अघि बढाइएको जनाउदै केशरमहलमा अभियानको सचिवालय खडा गरिएकोले अब यसको कामले तीब्रता पाउने दाबी समेत गरे ।
आगामी दशैंसम्म भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सुचारु गरिने र अर्को वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसक्ने र अन्य पर्यटकीय पूर्वाधार विकासको कामलाई तीब्रता दिइएकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरु भएरै छाड्ने भनाइ उनको थियो । उनले डीटीएम जस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत, टेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले मुलुकको सम्बृद्धिको आधार नै पर्यटन भएकाले यसको बृद्धिविकासमा सरकारले ठोस योजना बनाएर प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिए ।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी (अबिरल)ले मुलुकभित्र लुकेर रहेका पर्यटकीय सम्भावनाहरुलाई उजागर गर्दै देशैभरी पर्यटनमैत्री वातावरण तयार गर्नका लागि आन्तरिक पर्यटन मेला आयोजना गरिएको बताए । यो मेला मुलुकको पर्यटन प्रवद्र्धनका लागि नयाँ प्रयोग भएको बताउँदै उनले यसलाई आगामी दिनमा थप परिस्कृत गर्दै लैजाने प्रतिबद्धतासमेत जनाए ।
मुलुकमा पर्यटन जागरण सिर्जना गर्ने तथा ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले पहिलो पटक यो मेला आयोजना गरेको हो ।
मेला उद्घाटन समारोहबीच नेपाल नागरिक उडडयन क्षेत्रबाट पहिलो पटक पीएचडीको उपाधी हासिल गर्ने पर्यटन व्यवसायी समेत रहेका लेखनाथ भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो भने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकाललाई डीटीएम विशेष सम्मानबाट सम्मानित गरियो । त्यस्तै पर्यटन सेवा प्रदायक विभिन्न विधाबाट पर्यटन क्षेत्रमा योगदान पुर्याउने पर्यटन व्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरुलाईसमेत सम्मानित गरिएको थियो ।
सो अवसरमा विभिन्न जाति र क्षेत्रको पहिचान झल्किने झाँकी सहितको साँस्कृतिक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु रहेको उक्त मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होटल, होमस्टे, टुरिज्मसँग सम्बन्धित कलेज तथा विभिन्न परिकारसहितको फुड स्टल लगायतका प्रर्दशनीहरु मुख्य आकर्षणको रुपमा राखिएका छन् ।
‘पहिला देश अनि विदेश’ भन्ने मूल नाराका साथ २ दिने मेलालाई २ लाख बढीले अवलोकन गर्ने अपेक्षा रहेको कार्यक्रम संयोजक माधव प्रकाश सुवेदीले बताएका छन् ।
क्याटेगोरी : पर्यटन
ट्याग : #टुरिजम मार्ट
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्