शिवपुरीस्थीत बाग्मतीमा पानी बगाउन बनाइएको धाप ड्याम तालमा पर्यटकको घुइँचो
काठमाडौंबाटै मनोरम प्राकृतिक सौन्दर्यको आनन्द लिन पाइने

काठमाडौं । उपत्यकाको उत्तरपूर्वी भागमा एक विशाल पर्वत श्रृखंला रहेको छ, जसको नाम हो ‘शिवपुरी’ । हाइकिङका लागि निकै रुचाइएको शिवपुरीमा राष्ट्रिय निकुञ्ज समेत स्थापित छ । काठमाडौंबाटै मनोरम प्राकृतिक सौन्दर्यको आनन्द लिन पाइने भएकाले पनि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
पछिल्लो समय निकुञ्ज भित्र शिवपुरी धाप बाँध निर्माण गरिएको छ । उक्त (धाप ड्याम) अर्थात् मानव निर्मित विशाल तालले सो क्षेत्रको सोभा बढाएको छ । गोकर्णेश्वर नगरपालिका-१, शिवपुरी डाँडामा निर्मित धाप ड्याम सम्बन्धी फोटो तथा भिडीओले धेरैको ध्यान खिचेको छ । भने पर्यटकहरूको भिड पनि बढ्न थालेको छ ।बर्षादको पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले यो बाँधको निर्माण गरिएको हो । जुन करिब एक वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । वर्षादका चार महिना ड्याममा सञ्चित पानी हिउँदका आठ महिना बाग्मतीमा बगाइन्छ । वार्षिक आठ लाख ५० हजार घनमिटरसम्म पानी संकलन क्षमता रहेको यो बाँध बागमती सुधार आयोजनाले बाँधेको हो ।

धापको मुहानस्थलमा बागमतीको सहायक नदि नागमती नदी रहेको छ । हिउँदयाममा प्रतिसेकेन्ड ४० लिटरका दरले बागमती नदीमा पानी निकासा गराइन्छ । विशेष पूजाआजका दिनमा सोभन्दा बढी पानी निकास हुने आयोजनाले जनाएको छ ।
मिनी फेवातालको संज्ञा दिइएको सो ताल बनाउन नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोग रकम गरी ४५ करोड रुपैंया (भ्याट बाहेक) लगानी रहेको छ ।
मिनी फेवाताल कसरी जाने ?
धाप बाँध पुग्न शिवपुरी-नागार्जुन निकुञ्ज हुँदै जानुपर्छ । काठमाडौंको रत्नपार्कबाट सुन्दरीजल सम्मको बस सजिलै पाउन सकिन्छ । त्यसबाहेक रत्नपार्कबाट-चाबहिल-गोकर्ण-सुन्दरीजल हुँदै धापमा पुग्न सकिन्छ । चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको छ । सुन्दरीजल चेकपोष्टबाट चिसापानीको दुरी २६ किलोमिटर छ । चिसापानी नपुग्दै धापमा पुग्न सकिन्छ ।
सुन्दरीजलबाट करिब ३ किलोमिटर माथि पुगेपछि दुईवटा बाटो रहेका छन् । दायाँतर्फ चिसापानी जाने २२ कि.मी. मुख्य सडक रहेको छ भने बायाँतर्फको सहायक सडकबाट मूलखर्क हुँदै १६ किमीमा ताल पुगिन्छ । तालदेखि करिब ४ कि.मी. माथिको दूरीमा पर्यटकीयस्थल चिसापानी रहेको छ ।
मुख्य सडकबाट दुईपांग्रे र चारपांग्रे दुवै सवारीसाधन जान सक्छन् भने मूलखर्कबाट जाँदा दुइपांग्रे सवारीमात्रै जान सक्छन् । त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ कि दूरी पार गर्नुपर्छ ।

धाप बाँध निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ ।
यो धाप बाँध भर्खरै मात्र निर्माण सम्पन्न भएको हो । तसर्थ यसलाई पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धनगरिएको छैन । जहाँ खाजा, खानका लागि कुनै पनि सुविधा पाइदैन ।
बाँधले पोखराको फेवातालको झल्को दिएको अनुभव अधिकांशको छ । मानव निर्मित विशाल बाँधको सफा, कन्चन पानीले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउँदछ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #breaking, #धाप ड्याम तालमा पर्यटकको घुइँचो
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्