‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न नाट्टाको माग

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’ स्थापना गर्न माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बिहीबार भेटेर पर्यटन क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशमा ‘पर्यटन विश्वविद्यालय’ आवश्यक रहेको बताएको हो ।
नाट्टाले एकमात्र विदेशी मुद्रा आर्जन गर्ने क्षेत्र पर्यटन भएकाले यसको विकास र विस्तारका लागि मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको हो । नाट्टाले तिब्बत, मानसरोवर, कैलाश जाने यात्रुको भुक्तानी अमेरिकी डलरमा लिन पाउने व्यवस्था मिलाउनुपर्ने, पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा मान्यता दिनुपर्ने, बन्द, हड्तालमा निर्वाध रूपमा पर्यटक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने, त्रिभुवन विमानस्थलमा हुने एयर ट्राफिक कम गर्ने व्यवस्था गर्न माग गरेको छ ।
यस्तै, वैकल्पिक विमानस्थल चाँडो सञ्चालन गर्नुपर्ने, पर्यटक बसपार्क निर्माण गर्नुपर्ने, पर्यटकलाई अनलाइन भिसाको व्यवस्था मिलाउनुपर्ने, छ न्यारोबडी र चार वाइडबडी विमान भित्र्याउनुपर्ने, हवाई सेवा पार्किङलाई सहज बनाउनुपर्ने लगायतका मागसमेत नाट्टाले राखेको छ ।
नाट्टाका अध्यक्ष सिएन पाण्डेले नेपाल भ्रमण वर्ष सफल बनाउन आफूहरुले राखेका मागलाई पूरा गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “हामीहरुले राखेका माग पूरा भए पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी धेरै मात्रामा भित्रिन्छ”, उहाँले भन्नुभयो । भेटपछि मन्त्रालयका सचिव सापकोटाले नेपाल भ्रमण वर्षमा धेरै विदेशी पर्यटक भित्र्याउनका लागि चाहिने पूर्वाधार र नीतिगत निर्णय पूरा गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “निजी क्षेत्रको सहयोगविना नेपालको पर्यटन क्षेत्रको विकास सम्भव छैन”, उहाँले भन्नुभयो ।
नेपाल भ्रमण वर्षलाई सफल पार्न नाट्टाले विभिन्न कार्यक्रम अगाडि सारेर अगाडि बढेको नाट्टाका महासचिव रमेश थापाले जानकारी दिनुभयो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #नाट्टा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्