पदयात्रा पर्यटनलाई लक्षित गरी ‘पोर्टर गाइड’ तालीम

ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन गरिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गण्डकी प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालित ६१ घण्टे तालीममा देशका विभिन्न जिल्लाबाट २०० प्रशिक्षार्थी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालीम लिनेमा झण्डै ८५ प्रतिशत विगत २०÷२५ वर्षदेखि नै पदयात्रा पर्यटन क्षेत्रमा काम गर्दै आएका हुनुहुन्छ । विभिन्न विदेशी राष्ट्रबाट आउने पर्यटकबाट ‘पोर्टर गाईड’को ‘लाइसेन्स’ भएका व्यक्तिको माग हुन थालेसँगै यस किसिमको तालीममा आकर्षण बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
पदयात्रामा जाने पर्यटकका लागि भूगोल, वनस्पतिको पहिचानका साथै भाषा, संस्कृतिलगायतका विविध पक्षमा जानकारी भएका पोर्टर गाइड आवश्यक हुने अवस्थालाई दृष्टिगत गरी प्रशिक्षकको व्यवस्था गरिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछाने, प्रबन्धक सूर्य थपलियासहित विभिन्न क्षेत्रसम्बद्ध १८ विज्ञबाट तालीम प्रदान गरिएको अध्यक्ष भुजेलले बताउनुभयो । यही फागुन ६ गतेदेखि शुरु तालीम १५ गते सकिने छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पोर्टर गाइड
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्