ककनी र चिम्टेश्वरमा पर्यटकीय हिल स्टेशन बन्दै

प्रदेश ३ सरकारले नुवाकोटको ककनी सहित प्रदेश ३ भित्रका विभिन्न १० स्टेशनमा यो वर्षदेखि हिल स्टेशन निर्माण गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने योजना अगाडी सारेको छ ।
नेपालको पर्यटकीय स्थललाई प्रचार प्रसार गर्ने र त्यसमार्फत आर्थिक उपार्जन गर्नै उदेश्यले प्रदेश ३ सरकारले नेपालमा नै पहिलो पटक पहाडी क्षेत्रहरुमा हिल स्टेशन निर्माण गर्न लागेको छ । प्रदेश ३ सरकारको गौरवको योजनाको रुपमा पहाडी क्षेत्रका हिल स्टेशन निर्माण गर्न सुरु गरेको हो ।
प्रदेश सरकारको उद्योग,पर्यटन, वन तथा वातवरण मन्त्रालयले नुवाकोटको प्रसिद्ध पर्यटकिय स्थल ककनी , चिम्टेश्वर लगायत प्रदेश ३ का १० स्थानमा पर्यटकहरुलाई आकर्षण गर्नका लागि हिल स्टेशन निर्माण गर्न लागेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिए ।
ककनी बाहेक चिम्टेश्वर, मुडे, सोम्दाङग, रुबी भ्याली, चित्लाङग, कुलेखानी, शिवालय र सिन्धुलीगढीलाई हिल स्टेशनको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा मन्त्रालयबाट बजेट विनीयोजन गरेको मन्त्री नेपालले जानकारी दिए ।
के के निर्माण हुने छ हिल स्टेशनमा
हिल स्टेशन मल्टीप्रपोज हुने गरी निर्माण गर्नका लागि प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन समेत तयार पारेर कार्य समेत प्रारम्भ गरिसकेको छ ।
हिल स्टेशनमा आर्कषक बगैचा, भ्यु टावर,कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना निर्माण गरिने मन्त्रालयका वन अधिकृत नवराज पुडासैनीले जानकारी दिए ।
क्याटेगोरी : पर्यटन
ट्याग : #ककनी, #पर्यटकीय हिल स्टेशन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्