ठिनी–तिलिचो पदमार्ग निर्माण

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ ।
जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एकयाप०को सहयोगमा स्थानीयवासीले ठिनीदेखि नमखुलेक हुँदै नीलगिरि हिमालको फेदीमा पाँच हजार १२० मिटरको उचाइमा रहेको मेसोकोन्दो पार गरेर तिलिचो ताल पुग्ने करीब १५ किलोमिटर लामो पदमार्ग निर्माण गरेका हुन् ।
आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित रु दश लाखबाट नौ किलोमिटर ५०० मिटर र यस वर्ष विनियोजन भएको रु पाँच लाखबाट पाँच किलोमिटर पदमार्ग निर्माणका साथै विभिन्न ठाउँमा सङ्केत चिह्न राखिएको एक्यापका सब इञ्जिनीयर निकेश शेरचनले जानकारी दिनुभयो ।
जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको एक्पापका प्रमुख तुलसी दाहालले बताए ।
प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङ्ग्रा तथा चौरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।
दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त पदमार्गमा पर्यटक आगमन बढाउन सडक सञ्जालले पनि जोड्ने तयारी भएको छ । ठिनी गाउँदेखि दुई किलोमिटर ताङडुङसम्म पुगेको सडकलाई विस्तार गरेर नमखुलेकसम्म पु¥याउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको सांसद चन्द्रमोहन गौचनले बताए ।
पदयात्रामा जाने पर्यटकको सुविधाका लागि ठिनी गाउँका आठ घरमा थकाली होमस्टे सञ्चालन गरिएको स्थानीय जनमुक्ति युवा कल्वका अध्यक्ष नरेन्द्र थकालीले बताए । धर्मशाला र गोठ रहेको नमखुलेकमा भने होटल तथा लज नभएकाले क्याम्पिङ गर्नुपर्छ । होमस्टे र पदयात्राको प्याकेज बनाएर पर्यटकलाई भ्रमणको व्यवस्था मिलाउने तयारी भएको उहाँको भनाइ थियो । यो पदमार्ग भएर मनाङ पनि जान सकिन्छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #ठिनी–तिलिचो पदमार्ग
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्