शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० केजीको घण्टी

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० केजीको घण्टी राखिएको छ । दोलखा र रामेछापको सिमाना शैलुङ गाउँपालिकाको वडा नं ८ मा पर्ने शैलुङमा गाउँपालिकाको रु पाँच लाख ५० हजारमा घण्टी राखिएको गाउँपालिकाले जनाएको छ । प्राकृतिकरूपमा सुन्दर रहेको १०० साना–साना पहाडको थुम्का मिलेर बनेको शैलुङडाँडाको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले निर्माण गरिरहेको विभिन्न पूर्वधारअन्तर्गत जिल्लाकै सबैभन्दा ठूलो घण्टी राखिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताउनुभयो ।
आवश्यक पुर्वाधार नहुँदा र प्रचारप्रसारको अभाव रहेपनि हाल शैलुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । गाउँपालिकाले शैलुङको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापानीबाट शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरेको छ ।
शैलुङको पर्यटन प्रवद्र्धनले सिङ्गो गाउँपालिकाकै आर्थिक तथा समग्र क्षेत्रमा विकास गराउन सकिने हुँदा विशेष प्राथमिकतामा राखी प्रचार र पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष दुलालले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको शैलुङडाँडा हिउँले सेताम्य बनेपछि पर्याटकको चहलपहल बढ्ने गरेको वडाध्यक्ष रामेश्वर उप्रेतीले बताउनुभयो ।
राजधानी काठमाडाँैबाट मुडे र चरिकोट हुँदै सहजै शैलुङ पुग्न सकिन्छ । राजधानी काठमाडाँैबाट १२५ किलोमिटरको दूरीमा मुडे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । ङडाँडाबाट शैलुङको सय थुम्का, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला साथै दोलखा रामेछाप र सिन्धुपाल्चोको विभिन्न रमणीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #शैलुङडाँडामा २५० केजीको घण्टी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्