दक्षिण एसियाली नेटबल च्याम्यिनसिप हुने

नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भाद्र – नेपाल नेटबल संघले दक्षिण एसियाली नेटबल च्याम्यिनसिप गर्ने भएको छ । संघले प्रथम पटक दक्षिण एसियाली यू(१६ नेटवल च्याम्यिनसिप गर्न लागेको हो।
आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघले आईतवार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ ।
लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने लामाले बताए ।
अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् । उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रियाद्धारा ६८ जनावाट ३७ जना र ३७ जनावाट २२ जना छनोट भएका छन् । २२ जनावाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने छ ।
यसअघि स्कुल स्तरिय यू १६, यू २१ र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली यू १६ नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ ।
काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ । कसरी खेलिन्छ नेटवल र ? नेटवल खेल क्यानडावाट सुरु भएको हो विस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो ।
यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके,गोलस्टार,गोल किपर,डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ ।
यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #नेटबल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्