राष्ट्रिय खेलकूद परिषदमा अनावश्यक राजनीतिकरण नगर्न उपाध्यक्ष तिमिल्सनाको आग्रह

राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सेनाले खेलकूद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणविरुद्ध आफू चुप लागेर नबस्ने बताउनुभएको छ ।
नेप्लिज तेक्वान्दो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकूद विकास समितिको संयुक्त आयोजनामा यहाँ भएको अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा उहाँले खेलकूदसँगको समानान्तर सङ्घ गठन हुनुले कलिला खेलाडीको भविष्य अन्योलतर्फ धकेलिने भएकाले सर्तक रहन सरोकारवालालाई आग्रह गर्नुभयो ।
उपाध्यक्ष तिमिल्सेनाले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयो भने राष्ट्रिय खेलकूद परिषद् बाध्य भएर कारवाही प्रक्रियामा अघि बढ्ने चेतावनीसमेत दिनुभयो । स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने सरकारको अभियानलाई सफल पार्न देशव्यापीरुपमा खेलकूदका कार्यक्रम आयोजना भइरहेको स्मरण गराउनुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #पीताम्बर तिमिल्सेना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्