विश्व नेत्रहिन क्रिकेट परिषदमा नयाँ कार्यसमिति चयन

शर्मिला विश्वकर्मा
मंसिर २०७५ काठमाण्डौं । विश्व नेत्रहिन क्रिकेट परिषदको २१ औ साधारण सभा तथा अधिवेशन यही मसिंर २४ गते काठमाण्डौमा सम्पन्न भएको छ । नेत्रहिन क्रिकेट संघ नेपालले अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर सम्पन्न गरेको सो परिषदको २१ औ साधारण सभा तथा अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले गर्नु भएको थियो
यसै क्रममा उहाँले नेत्रहिन क्रिकेट संघ नेपालले क्रिकेट खेलको माध्यमबाट समाजमा जनचेतना जगाउनुका साथै दृष्टिविहन भएका व्यक्तिहरुको क्षमता पहिचान र प्रष्फुटनमा ठुलो योगदान दिएको बताउनु भयो ।
त्यसै गरी नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले बिगत १२ वर्ष देखि नेत्रहीन क्रिकेटका साथै अपांगता खेलकुदको क्षेत्रमा काम गर्दै आइरहेको बताउनु भयो । विश्व नेत्रहिन क्रिकेट परिषदको २१ औ साधारण सभा तथा अधिवेशनले भारतका माहन्तेश जी.के. को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सल्मान बुखारी, दृतिय उपाध्यक्षमा श्रीलंकका चामिण्डा पुष्प कुमारा, महासचिवमा अष्ट्रेलियाका रेमण्ड मोक्स्ली, कोषाध्यक्षमा नेपालका पवन घिमिरे , Global development director मा साउथ अफ्रीकाका अर्मान्ड बम र Director technical पाकिस्तानका महर युसफ हरुन चयन हुनु भएको छ । साथै यस साधारण सभा तथा नयाँ कार्यसमितिले नेत्रहीन महिला क्रिकेट समुहलाई समेत आधिकारिकता प्रदान गर्दै नेपालबाट पहिलो पटक सुरु भएको नेत्रहीन महिला क्रिकेटको समान स्वरूप नेत्रहीन महिला क्रिकेट खेलको विकासमा भएको खेलको महत्वपूर्ण भूमिकालाई कदर गर्दै धन्यबाद ज्ञापान गरिएको थियो ।
यस अधिवेशनमा नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले भारतका जोन डेबिडलाइ पछि पार्दै कोशाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #विश्व नेत्रहिन क्रिकेट
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्