यल कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियोगिता सन्चालनमा

ललितपुर, १३ कार्तिक – पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता –२०७५ सन्चालनमा आएको छ । प्रतियोगिता शनिबार देखि शंखमुल प्लानिङ्गमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले गरेका थिए । प्रतियोगितामा पुरुष युगल, भेट्रानस युगल, मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा भइेरहेको कुरा ईलेभेन स्टार क्लबका उपाध्यक्ष राजेश तण्डुकारले बताए ।
प्रतियोगितामा पुरुष युगलमा ५३ जोडी, भेट्रान्स जोडीमा ११, मिक्स जोडी तर्फ १६ र यु – १५ मा २८ जोडीले सहभागिता जनाएको तण्डुकारले जानकारी गराए ।
उपाध्यक्ष राजेश तण्डुकारले बताए अनुसार करिव १२ लाख ६० हजार अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने उनले बताएका छन् l
क्याटेगोरी : खेलकुद
ट्याग : #यल कप रनिङ्ग
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्