बक्सिङ च्याम्पेनशिपमा दोस्रो स्थान हासिल गरेका महर्जन सम्मानित

ललितपुर, २४ असोज – बिगत १८ बर्ष देखी जापानमा रहेर अन्तरास्ट्रिय स्तरका प्रतियोगिता खेल्दै आएका किक बक्सिङ खेलाडी मोहन महर्जन सम्मानित भएका छन् । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाद्वारा संयुक्त रुपमा बुधबार आयोजित एक कार्यक्रम माझ उनी सम्मानित भएका हुन । किक बक्सर महर्जनलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले फुलमाला, खादा र प्रमाणपत्र सहित सम्मानित गरेका छ्न ।
किक बक्सर च्याम्पैन महर्जनलाई सम्मान गरे लगत्तै मेयर चिरीबाबु महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै खेलको माध्यम बाट मोहन महर्जनले अन्तरास्ट्रिय स्तरमा नेपाललाई परिचित गराउदै देशको शिर उच्च पारेको बताए । त्यस्तै, सम्मानित भएका किक बक्सर च्याम्पैन महर्जनले कार्यक्रममा आफ्नो धारणा राख्दै आगामी दिनमा आफुले हासिल गरेको शिप र उपलब्धीलाई नेपालको खेल बिकासमा लगाउने चाहना रहेको बताए ।
ललितपुर स्थित पाटन पुर्खौली घर भएका मोहन महर्जन सन २०००मा अध्ययनका लागि जापान गएका थिए । जापान पुगे लगत्तै उनी किक बक्सिङ खेलमा समर्पित भएर लागेका थिए । महर्जनले २०१७ मा सम्पन्न विश्व स्तरको के- वान वर्ल्ड किक बक्सिङ च्याम्पेनशिपमा दोस्रो स्थान हासिल गरेका थिए । १८ बर्षको क्यारियरमा उनले ४ पटकसम्म अल जापान ग्लोब कराते च्याम्पेनशिपको उपाधी, एम ए किक बक्सिङ सुपर लाइट क्लास जापान च्याम्पेनशिप लगायतका अन्य महत्वपूर्ण उपाधीहरु जितेका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #किक बक्सिङ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्