सिन्धुपाल्चोकमा ग्रासरुट फुटबलको आयोजना

भुपेन्द्र भण्डारी
तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ८ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले जानकारी दिए ।
‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । “सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान शुरु गरेका आयोजको भनाई छ ।
लामसाघुको बसन्तपुर खेल मैदानमा आयोजना गरिएको सो प्रतियोगीतामा मेलम्चीबाट १०० जना , लामोसाघुबाट २०० जना र चौताराको २०० जना खेलाडीहरुको उपस्थीती रहेको थियो ।
जिल्लाको १२ वटौ स्थानिय तहसम्म सो प्रतियोगिता गर्ने योजना रहेको सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष मन कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमा प्रदेश नं ३ का सभासद सरेश नेपाल र सिन्धुपाल्चोक उधोग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले सिन्धुपाल्चोकको खेलकुद श्रेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #ग्रासरुट फुटबल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्