तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद आजदेखि शुरु भएको छ ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समाविष्ट खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेल समाविष्ट छन् । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी छन् ।
टेबलटेनिस ः टेन्डी र नारायण फाइनलमा
प्रतियोगिताको टेबल टेनिसतर्फ पुरुष सिंगल्समा त्रिभुवन विश्वविद्यालय (टियु) द्वय टेण्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गर्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेण्डीले काठमाडौं विश्वविद्यालय (केयू) का करण राईलाई तथा नारायणले केयू सन्दीप भुर्तेललाई पराजित गर्नुभयो ।
महिला सिंगल्समा केयूकी नम्रता ढकालले टियुकी ज्योति खनाललाई तथा केयूकी रेजशा खोटियाले टियुकी सिजा अर्याललाई हराउँदै फाइनलमा पुग्नुभएको छ ।
भलिबल : टियुका दुवै टोली सेमिफाइनलमा
भलिबलको पुरुष र महिला दुवैमा टियु सेमिफाइनलमा पुगेको छ । पुरुषमा टियुले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई २५–१७, २५–१३ र २६–२४ ले लगातार पराजित ग¥यो ।
महिलामा टियुले केयूलाई २५–२, २५–६ र २५–१३ ले लगातार हरायो । महिलामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पोखरा विश्वविद्यालयलाई २५–२१, २५–१६ र २५–१६ बाट पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको प्रतियोगिताको पुरुषमा केयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । केयूले संस्कृत विश्वविद्यालयलाई २५–१५, २५–१८ र २५–२२ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१०, २५–११ र २५–१४ ले पन्छाए ।
ब्याडमिन्टन ः क्वाटरफाइनल समीकरण पूरा
ब्याडमिन्टनको पुरुष सिंगल्समा टियुका जीवन आचार्य, सुदूरपश्चिमाञ्चलका सनी भट्ट, केयूका विष्णु पाण्डे, पूर्वाञ्चलका सूचक खड्का, कृषिका प्रशान्त भट्ट, सुदूरपश्चिमाञ्चलका मनीष ऐर, पोखराका सिर्जन श्रेष्ठ र टियुका पूर्णबहादुर थापा क्वाटरफाइनलमा पुग्नुभएको छ ।
कीर्तिपुरस्थित टियु हातामा भएको प्रतियोगिताको महिला सिंगल्समा केयूकी शान्ता अर्याल, पूर्वाञ्चलकी अल्का शाह, सुदूरपश्चिमाञ्चलका हेमा जोशी र हेमन्ती भट्ट, केयूकी आस्मा भट्टराई तथा मध्यपश्चिमाञ्चलकी सुस्मिता आचार्य क्वाटरफाइनलमा पुग्नुभएको छ ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्