Techie IT
सोमबार, असोज ८,२०८०

पोर्चुगल नकअाउट चरण नजिक, मोरोक्को बाहिरियो


क्रिस्टियानो रोनाल्डोले इतिहास रचेको खेलमा मोरक्कोलार्इ १-० गोलअन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपको नकअाउट चरण नजिक पुगेको छ भने पराजित मोरोक्को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।
पोर्चुगलको जितमा रोनाल्डोले निर्णायक गोल गरेका थिए। जोए माउटिन्होको कर्नरमा उनले ६ यार्ड टाढाबाट गोल गर्दै पोर्चुगलका लागि विजयी गोल गरेका थिए।

रुस विश्वकपमा यो उनको चौथो गोल हो। यसअघि अाफ्नो उद्घाटन खेलमा स्पेनविरुद्ध उनले ह्याट्रिक गरेका थिए।

यस खेलमा गोलसँगै रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन्।

मोरोक्कोविरुद्धको हेडर अन्तराष्ट्रिय खेलमा रोनाल्डोले गरेको ८५अौै गोल हो। यसअघि हंगेरीका फेरिनिक पुस्कासले ८९ खेलमा ८४ गोल गर्दै सर्बाधिक गोल गर्ने युरोपियन खेलाडी थिए।

यस्तै रोनाल्डोले यसविश्वकपमा दायाँ, बायाँ खुट्टाले र हेडरमार्फत गोल गरेका छन्। यसअघि १९६६ मा जोसे टोरिसले पोर्चुगलका लागि दुबै खुट्टा र हेडरमार्फत गोल गरेका थिए।


क्याटेगोरी : खेलकुद
ट्याग : #पोर्चुगल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:53 am5:57 pm +0545