Techie IT
सोमबार, कात्तिक १,२०७८

टोखा , तारकेश्वरका किसानहरुलाई गहुँ भित्र्याउने चटारो (फोटोफिचर)


काठमाडौ । धानपछिको मुख्य अन्नबाली हो गहुँ । टोखा , तारकेश्वरनगरपालिकाका किसानहरुलाई अहिले गहुँ भित्र्याउने चटारो छ ।  धेरै क्षेत्रमा घर निर्माण भएर खेतीयोग्य जमिन हराए पनि कतिपय क्षेत्रमा अहिले पनि धेरै गहुँ खेती गरिन्छ । कात्तिक, मंसिर महिनामा धान काटेपछि खेतमा लगाइएको गहुँ अहिले भित्र्याउने बेला भएको छ ।

किसानहरु परम्परागत तरिकाले नै गहुँ चुटेर भित्र्याउने गरिरहेको भए थेचर मेसीनबाट सहज हुने हुँदा किसानहरु आकर्षित छन् ।

गहुँ पाकेर पहेलपुर भएका छन् । किसानलाई कोरोना त्रासभन्दा गहुँ बाली भित्र्याउने चिन्ता छ । यतिबेला गहुँ काट्ने, माड्ने र भित्र्याउने बेला हो।गहुँ काट्ने सिजनमा दिनहुँजसो पानी पर्न थालेपछि भने किसान चिन्तित छन्।

मौसममा आएको खराबीका कारण किसानलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । प्रायःजसो केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकलाई पाकेको अन्नबाली भित्र्याउन समस्या भएको हो ।

एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएको तारकेश्वरका कृषक शालिकराम श्रेष्ठ बताउछन । उहाँ भन्छन, “कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन झार्न पाएका छैनन् । उनीहरुजस्तै  सबै किसानको उस्तै समस्या हो, पाकेको गहुँ खेतमै कुहिने अवस्था छ ।”

 

 

 

 

 


क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वरका किसानहरु


तपाईको कमेन्ट लेख्नुहोस्