कोरोनाबाट नगरबासीहरुलाई जोगाउन टोखा नगरपालिकाद्धारा ६ ठाउँमा हेल्थ डेस्क स्थापना

टोखा काठमाडौ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीहरुलाई जोगाउन टोखा नगरपालिकाले ६ ठाउँमा हेल्थ डेस्क स्थापना गरेको छ ।
टोखा नगरपालिकाले वडा नं ९ को सामुदायिक भवनमा , वडा नं ८ को भुवनेश्वर मन्दिर परिषर, वडा नं ३ को सुर्यदर्शन हाइट र टोखा मुलबजारमा रहेको ३ नं वडा कार्यालयमा हेल्थ डेस्क स्थापना गरी नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गरिएको मेयर प्रकाश अधिकारीले बताए ।
टोखा नगरपालिकाले विदेशबाट नगरपालिका क्षेत्रभित्र आएका एक सय २१ जना नागरिकको टेष्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
यसका साथै नगरपालिकाले बिपन्न बर्गका व्यक्तिहरुलाई खाना खुवाउने कार्य गरिरहेको र सद्भाव पार्टी प्यालेसमा निशुल्क खाना खुवाउने कार्य गरिरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखा नगरपालिका, #हेल्थ डेस्क
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्