लक डाउनले पनि छोयन तारकेश्वरमा डाँडामास्ने काम

बैशाख ११ , तारकेश्वर काठमाडौ । यतीबेला कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि बिश्वभर लक डाउनको अवस्था छ । लक डाउनका कारण , खाध्यान्न पसल , स्कुल , ब्यापार ब्यवसाय चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । लक डाउनकै कारण देशका राष्ट्रिय गौरवका आयोजना समेत बन्द छन ।
तर काठमाडौको तारकेश्वरमा जग्गा प्लटिङ्ग गर्ने , सार्बजनिक डाँडामास्न लकडाउनले कुनै प्रभाव पारेको छैन । बिशेष गरि तारकेश्वरको २ नं वडामा अवस्थित देवीथान र साङ्गलाका केही प्लटिङ्गहरुमा खुलेआम डोजर चलिरहेका छन ।
कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि सरकारले सामाजिक दुरी कायम गर्नेको लागी कडाईका साथ लागु गरेता पनि तारकेश्वरको २ नं वडामा अवस्थित देवीथानको प्लटिङ्गमा ३० जना भन्दा बढी कामदार एकै ठाउँमा जम्मा भई काम गरि रहेका छन , न त उनीहरुसंग माक्र्स पन्जा नै छ न त सुरक्षा कवज नै , सरकारलाई चुनौती दिने गरि यस्तो हर्कत हुँदा समेत तारकेश्वर नगर र प्रहरी प्रशासन मौन छ ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वरमा डाँडामास्ने काम
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्