गोगंबुमा अलपत्र परेका १२ जना मजदुरलाई मेयर प्रकाश अधिकारीद्धारा उद्धार , लकडाउन अवधीभर खानेबस्ने ब्यवस्था

काठमाडौ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ जना कामदारलाई टोखा नगरपालिकाले उद्धार गरेको छ ।
दैनिक ज्यालादारी गर्ने शिलशिलामा दोलखाबाट फर्कीएर गोगंबुमा अलपत्र भई बसेकाहरुलाई उद्दार गरिएको हो ।
अन्यन्तै दहीनीय अवस्थामा अलपत्र परेका कालिकोटका मजदुरलाई उद्धार गरिएको टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले बताए ।
उक्त मजदुरहरुले आफु भोकै बसेको , ज्यालादारीबाट प्राप्त रकम बाटैमा सकिएको , घरजाने , खाने अवस्थापनि नभइ भोकै मर्न अवस्था देखीएको हुनाले मानविय उद्धार गरिएको मेयर अधिकारीले बताए।
नगरपालिकाले गाँडीको ब्यवस्था गरि उक्तm मजदुरहरुलाई टोखा नगरपालिकामा अवस्थित तिलिङ्गटार स्कुलमा राखीनुका साथै आवश्यक स्वास्थ परिक्षण गरि लक डाउन अवधिसम्म खाना र बस्ने ब्यवस्था मिलाइने नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
टोखा नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य बस्तु , औषधी ,एम्बुलेन्स लगायतका आवश्यक सामाग्रीका लागी टोखा नगरपालिकाका जनप्रतिनिधिहरु तयारी अवस्थामा रहेको मेयर अधिकारीले बताए ।
उद्धार गरिएको भिडियो हेर्नुहोस
क्याटेगोरी : विशेष
ट्याग : #उद्धार, #प्रकाश अधिकारी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्