अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पु¥याऊ : काङग्रेस

नेपाली काँग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पु¥याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने काँग्रेसले उल्लेख गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज यहाँ विज्ञप्ति जारी गर्नुहुँदै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गर्नुभएको छ । “गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ
अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ?
आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?” विज्ञप्तिमा भनिएको छ ।
उहाँले नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराउनुभएको छ । प्रवक्ता शर्माले भन्नुभएको छ, “अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुप¥यो सरकार । सुनिन्छ भने सुन्नुप¥यो । बुझिन्छ भने बुझ्नुप¥यो ।
गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ ।”
क्याटेगोरी : विशेष
ट्याग : #काङग्रेस
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्