Techie IT
बिहीबार, मंसीर १४,२०८०

कोरोना कहर : टोखा नगरपालिकाको २ करोड ५० लाख बजेट


टोखा काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि टोखा नगरपालिकाले २ करोड ५० लाख रुपैया राख्ने निर्णय गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

शुक्रबार बसेको बैठकले टोखा नगरपालिकाका तर्फबाट कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण खर्च यहि कोषबाट बेहोर्ने निर्णय गरिएको हो।

राहत वितरण वडा अध्यक्ष वा निजले तोकेको वडाका प्रतिनिधिको नेतृत्वमा सर्वपक्षीय समिति निर्माण गरि अनुगमन गर्ने निर्णय पनि गरेको छ।

टोखा नगरपालिका विपद व्यवस्थापनमा खट्ने कर्मचारीलाई विशेष भत्ता उपलव्ध गराउने समेत निर्णय गरेको छ।


क्याटेगोरी : विशेष
ट्याग : #कोरोना कहर : टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Mostly Cloudy
6:35 am5:08 pm +0545