नागार्जुन न्यायिक समितिमा १२ उजुरी दर्ता

नार्गाजुन नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७६÷७७ को सात महिनामा बाह्र उजुरी दर्ता भएका छन् । प्रत्येक वडामा मेलमिलाप केन्द स्थापना गरी सामान्य प्रकृतिको उजुरीलाई वडाबाट नै मिलाउने काम गरेकाले न्यायिक समितिमा उजुरी कम आउने गरेका न्यायिक समितिका संयोजक तथा नगरउपप्रमख सुशीला अधिकारीले बताउनुभयो ।
“गत आर्थिक २०७५÷७६ नगरपालिकाको न्यायिक समितिमा ९१ मुद्दा दर्ता भएको थियो, चालू आवमा नगरपालिकाले न्यायिक समितिकोे कार्यक्षेत्रभित्र पर्ने उजुरीलाई मात्र हेर्ने गरेको छ, न्यायिक समितिमा नपर्ने प्रकृतिका विवादलाई वडामै पठाउने गरेको छौँ”, उपप्रमख अधिकारीले भन्नुभयो । सकेसम्म उजुरी मेलमिलापका माध्यमबाट टङ्ग्याउने गरिएको छ ।
चालू आव २०७६÷७७ मा नगरपालिकाको न्यायिक समितिमा १२ उजुरी दर्ता भएकामा छ जग्गा विवादका रहेका छन् । अधिकांश मुद्दा साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काेले मिचेकोजस्ता उजुरी नगरपालिको न्यायिक समितिमा पर्ने गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै चालू आवमा तीन लेनदेन विवाद, एउटा घरभाडा विवाद र एक गालीगलौज उजुरी परेको छ । गत आवमा नगरपालिकाको न्यायिक समितिमा ९१ उजुरी दर्ता भएका ३५ जग्गा विवादका उजुरी दर्ता भएका थिए ।
त्यस्तै सोही आवमा तीन सम्बन्धविच्छेद, आठ निर्माणकार्य रोक्का, सात सार्वजनिक जग्गा÷सम्पत्ति संरक्षण, तीन वातावरण प्रदूषण, दुई नागरिकता÷नाता प्रमाणित, १० लेनदेन कारोवार विवाद र १८ विविध उजुरी दर्ता भएका थिए । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेका छन् । उपप्रमुख अधिकारीको संयोजकत्वमा रहेको समितिमा दुई कानून व्यवसायी सदस्य छन् । समितिले दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार र बिहीबार इजलास राख्दै आएको छ । यस्तै नगरपालिकाले कार्यविधिसम्बन्धी फारम सेवाग्राहीको हितलाई ध्यान राखी निःशुल्क वितरण गरिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नागार्जुन न्यायिक समिति'
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्