भूमिहीन भूकम्पपीडितको समस्या समाधान गर्न माग

भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गर्नुभएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आइतबार यहाँ आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नीति, प्रगति, चुनौती र भावी योजना विषयक अन्तक्र्रिया कार्यक्रममा बूढानीलकण्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुखले सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितलाई नक्सापास गर्न समस्या भएको गुनासो राख्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले वन, गुठी, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या कर्मचारी, स्थानीय तह वा कुनै समिति विशेषले समाधान गर्न नसक्ने भएकाले नीतिगत व्यवस्थाको पहल गरिनुपर्ने बताउनुभयो ।
“भूकम्पको चार वर्ष बितिसक्दा पनि लाभग्राही पहिचान हुनै बाँकी हुँदा कति पीडितलाई जोगायौँ भन्ने प्रश्न उठेकाले यसलाई छिटो टुङ्ग्याइनुपर्छ, सम्पदा पुनःनिर्माणमा भइरहेको ढिलाइ पनि अन्त गरिनुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूमिहीनलाई स्थानीय तहले अभिलेख राखेर घर बनाउन अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेकाले त्यस गर्न निर्देशन दिइएको बताउनुभयो । प्राधिकरणको छोटो अवधिमा लालपूर्जा बनाएर घर बनाउने समय नहुने भएकाले तीनै तहका जनप्रतिनिधिको उपस्थितिमा यो व्यवस्थालाई कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो ।
टिआइ नेपालका अध्यक्ष एवं सरकारका पूर्वसचिव खेमराज रेग्मीले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कायम गराउने उद्देश्यले सहजीकरणका लागि भूकम्प अति प्रभावित १४ जिल्लामा विभिन्न गतिविधि गरिएको जानकारी दिनुभयो । पदमा बस्नेले निष्पक्ष भएर काम गर्न नसकेपछि त्यो अभिशाप बन्ने भएकाले सचेत हुन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । सांसद आशाकुमारी विकले पुनःनिर्माणका कामको विकास तथा प्रविधि समितिले अनुगमन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दरराज वैद्यले काठमाडौँमा हालसम्म १२ प्रतिशत भूकम्पपीडितमात्र अनुदान सम्झौता गर्न आएकाले समस्या समाधानका लागि पहल गरिएको बताउनुभयो । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेल र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले भूमिहीन भूकम्पपीडितको बासका लागि नक्सापास गर्ने सम्बन्धमा आवश्यक नीतिगत एवं कानूनी व्यवस्था गरी दिन विकास तथा प्रविधि समिति एवं सरोकार भएका निकायका अधिकारीसँग माग गर्नुभएको थियो । परिपत्रका आधारमा मात्र नक्सापास गर्न समस्या रहेको उहाँहरुको भनाइ थियो । कुन निर्णयका आधारमा दिने, कागजात पाऊँ भनी प्राधिकरणसँग माग गरेको दस्तावेज प्राप्त नभएको महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #भूमिहीन भूकम्पपीडित
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्