खोलाले जीप बगाउँदा एक जनाको मृत्यु

दोलखा,भदौ २०- दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो ।
जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिनुभयो । घाइतेको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर १० मिटर तल पुर्याएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #खोलाले जीप बगाउँदा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्