नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ६८ जना कर्मचारीको माग

काठमाडौं, १८ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ६८ जना कर्मचारीको माग गरेको छ ।
प्राधिकरणले बुधबार गोरखापत्रमा एक सूचना प्रकाशित गरी स्विकृत दरबन्दीमा रिक्त रहेका प्राविधिक पदहरुको लागि दरखास्त माग गरेको हो ।
जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग भएको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।
सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने र मान्यताप्राप्त संस्थाबाट कम्तीमा ६ महिनाको एयर ट्राफिक कन्ट्रोलको तालिम लिएको हुनुपर्नेछ ।
त्यस्तै सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने र सम्बन्धित संस्थाबाट जिवनोद्धार र अग्नी नियन्त्रणको तालिम लिएको हुनुपर्ने प्राधिकरणले बताएको छ।
सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त पेश फारम गरीसक्नुपनेर्् पनि प्राधिकरणले बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नागरिक उड्डयन प्राधिकरण
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्