अमेरिकाको टेक्सासमा गोली चल्यो– २० को मृत्यु , २६ घाइते

काठमाडौं/एजेन्सी । अमेरिकाको टेक्सासस्थित वालमार्ट स्टोरमा अन्धाधुन्धा गोली चल्दा २० को ज्यान गएको छ, भने २६ जना घाइते भएका छन् । यसै घटनालाई लिएर एक प्रहरी अधिकारीले भने–‘हामीसँग केही हमलाकारी भएको रिपोर्ट छ । अहिले उनीहरुको खोजी कार्य तीब्र भइरहेको छ ।’
त्यहाँका प्रहरी अधिकारीले यसो भनिरहँदा उक्त घटनामा संलग्न तीन जनालाई हिरासतमा लिइएको जानकारी पनि गराइएको छ । यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्–‘टेक्सासमा भयनक गोली चलेको छ । रिपोर्ट धेरै नराम्रो छ । केहीले ज्यानसमेत घुमाएका छन् । राज्य र स्थानीय अधिकारीहरुसँगको साथमा काम गरिरहेको छु । सहयोगका लागि गभर्नरसँग पनि कुरा गरेको छु ।’
एक कर्मचारीले स्थानीय न्युज च्यानललाई जानकारी गराए अनुसार प्रहरी र स्वाट अधिकारीहरुले उक्त क्षेत्रलाई खाली गर्नका लागि अपरेशन सुरु गरिसकेका छन् । प्रहरीले स्थानीय जनतालाई वालमार्ट स्टोरबाट टाढा रहन सल्लाह दिइरहेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #गोली चल्यो
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्